मृत्यु भर्सेज म र हामीहरू


हे निर्दयी मृत्यु,                                                                        


यो अकल्पनीय क्षण सायद कतै बर्सदैन होला
यो कठोर बज्र सायद कतै बज्रदैन होला
थोकमा लागेको यो चोट विगत कहिल्यै हुँदैन होला
नियतिको यो मूल्य सायद आँसुले चुकाउन सक्दैन होला

पशुपतिको आर्यघाटमा मेरी आमा यसरी आलापविलाप गर्दै रोएको मैले देख्नुपर्छ भनेर मैले सपनामा पनि कल्पना गरेकी थिइनँ । मेरी आमा मात्र नभई सम्पूर्ण मेरा आफन्तहरू यसरी भावविहल भएर रुने दिन आउँछ भनेर मैले कहिल्यै कल्पना गरेकी थिइनँ । मेरी जेठी भाउजू आफ्नो पति परमेश्वरको मृत्युमा यसरी हातखुट्टा फ्याकेर विलाप गर्दै रुनुहोला भन्ने कसैको पनि कल्पनाको सीमारेखाभन्दा धेरै टाढा थियो किनभने हामी सुनसरीका बासिन्दा यो सम्भावनाको सुइको समेत नहुनु स्वभाविक थियो । तर अहिले मेरा अति भलादमी, मिलनसार र आमाबुबाका आज्ञाकारी छोराको भौतिक शरीर आर्यघाटमा जलेर खरानी हुँदैछ । म कसरी विश्वास गरुँ ? यो हृदयविदारक दृश्य देखेर सायद विधाता पनि रुँदो होला ! हे मृत्यु तिमी कति कठोर रहेछौ ! जन्मपछि तिमी अकाट्य हौ तर पनि यो अकल्पनीय र असोचनीय सत्यभन्दा धेरै टाढा थियो ।

हे मृत्यु ! तिमीले आज मेरो दाजुलाई हामी सबैबाट खोसेर लगेका छौ । यो संसारबाट उहाँको अस्तित्व समाप्त पार्दै छौ । म कसरी सत्यलाई स्वीकार्न सक्छु र ? यो एउटा दुःस्वप्न भइदिए हुने नि ? तर यो अयथार्थभन्दा धेरै भन्दा टाढा थियो ।



दाजूभाइ मध्ये सबैभन्दा असल, सबैका प्रिय आमाबुबाका रोज्जा छोरा, ईश्वरप्रति परमभक्त भएकी मेरी भाउजूको पति परमेश्वरको अकल्पनीय निधनमा मेरी आमा विलाप गर्दै भन्दै हुनुहुन्थ्यो – “अब उप्रान्त ईश्वरलाई कसैले पूजा नगर्नू । मेरो यति प्रिय छोरालाई अकालमा नै मबाट चुडाएर लग्यो मेरो सर्वस्व लुट्यो ।” भगवानप्रति ठूलो आस्था र विश्वास राख्ने मेरी आमा साइली छोरीको घरमा पूजा लगाउने भनेर बुबासहित काठमाडौँ आउनुभएको थियो केहीदिन अघि । तर ईश्वरले मेरी आमाको तीनदिनदेखिको प्रार्थना सुन्ने फुर्सद नै भएन । त्यसैले नियतिले यति ठूलो खलनायक भई मुटु आघात पार्ने खेल खेल्दा पनि उनी मर्कदर्शक बनेर हेरिरहेँ । आमाको विलाप सुनेर मेरो मुटु हल्लियो मस्तिष्कमा वेदनाको हजारौँ किरणहरू झिल्का बनेर उड्न थाले । आजीवन ईश्वरप्रति आस्था राख्ने मेरी आमा बारम्बार लामो यात्रा हिँड्दा होस वा घरमा वस्दा पनि ईश्वरको पूजा गरिरहनु भन्ने उपदेश दिईरहनु हुन्थ्यो । यस्ती आस्तिक मेरी आमाले ईश्वरलाई गाली गर्नुहुँदा मेरो मुटुको नशा चुटिएझै भयो । म सोच्ने र सम्झने अवस्थामा थिइनँ । आमालाई अँगालो हालेर रोएको थाहा भयो, त्यसपछि के भयो मलाई थाहा भएन । मेरो सुन्ने शक्ति क्षिण हुँदै गएको थियो । अचानक मेरा खुट्टा लुला भएर उभिन नसक्ने भएँ । केमा हो टाउको बजारिएको मात्र थाहा पाएँ । हातखुट्टाहरू र आँखाहरू मेरा हुकुम मान्न तिरस्कार गरिरहेका थिएँ । म भुइँमा पछारिएँछु । मानिसहरू कताकता कराएको सुन्छु तर आँखा मरे उघ्रेनन् । निकै पछि अरुले हातखुट्टा उचालेर माडिदिएको थाहा पाएँ । टाउकामा पानी छिट्तै थिए । मुश्किलले धमिलो धमिलो देख्न थालेँ । म बेहोशमा फेरि कराउन थालेँ “मेरो दाजुसँगै मलाई मर्न देओ । मेरो दाजुको मुख हेर्न देओ ।” मलाई घिसार्दै दाजुभए ठाउँमा लगे । दाजुको मुखमा मेरो हात समाएर पानी हाली दिए । दाजुको पहेलो अनुहारमा रहरलाग्दो जुगाबाहेक अरु मैले केही देखिनँ । मलाई घिसार्दै त्यहाँबाट टाढा पु¥याए । पशुपतिको आर्यघाटमा कोलाहल मच्चिएको थियो । समयको निकुशताले हाम्रो परिवारमाथि ठूलो बज्र हानेको थियो । हामी निरीह भई सब सहन बाध्य थियौँ ।

यो आर्यघाटमा म निकै पटक आएकी छु । मलाई सबैभन्दा हृदयविदारक क्षण शारदा अधिकारको मृत्युको समय भएको थियो । तर अरुको मृत्युमा संवेदनशील हुनु र अफूलाई नै पर्नुमा धेरै फरक हुँदो रहेछ । अरुप्रति संवेदनशीलता केही क्षणको लागि हुँदोरहेछ । घरको भित्तामा लगाइएको रंगजस्तो केही समय रहन्छ फेरि उडेर गई जान्छ । तर आफूलाई पर्दा मन र मस्तिष्क लाई संवेदनशीलताले हथकडी लगाएर बाधिराख्दो रहेछ अनि वेदनामय जेलमा लगेर थुन्दोरहेछ कहिल्यै नउम्कनेगरी । प्रत्येक पल हृदयलाई गहिरो तलाउमा लगेर डुबाइरहन्छ निस्सासिनेगरी । जीवनले जतिसुकै उन्मुक्ति खोज्दा पनि उही सम्झनाका छालले वल्लो किनार र पल्लो किनारा पछारिरहन्छ । कुनै पनि कुरा आफूले भोग्नु र अरुको भोगाइमा अनुभूतिको काल्पनिक लेपन लगाउनु आकाश जमिनको फरक पर्दोरहेछ । हाम्रो परिवारमा हाम्रा दुई आमाका दसजना सन्तानका परिवारमा अहिलेसम्म यस्तो दुर्नियतिको घटनाको सानो झिल्को सम्म पनि भोग्नुपरेको थिएन । विमारसम्म पनि कहिल्यै नपरेको दाजुको लागि यस्तो सम्भावनाको एक अँश पनि हामीले सोचेका थिएनौँ । तर अहिले नियतिले खुद्रामा नभई थोकमा नै ठूलो चोट हामीलाई दिएको थियो । जुन चोट असहय र पीडादायी थियो ।

हे मृत्यु ! मैले जीवनमा मेरा बुबाआमाको चित्त कहिल्यै दुखाइनँ । किनकी म आमाबुबालाई दुःिखत भएको देख्न सक्दिनथेँ । त्यसैले पनि मैले आमाबुबाको खुसीका लागि आफ्नै जीवनसँग धेरै कुराको सम्झौता गरकी छु । तर आज ईश्वरले मेरा बुबाआमालाई पुत्रशोकको यति कठोर बिडम्बनाको भारी बोकायो । यति कठोर सजाय दियो । जुन सजाय आधा हिस्सा बनेर मेरो भागमा आएको थियो । दाजुको मृत्युपश्चात मेरो मस्तिष्कमा धेरै नकरात्मक असर प¥यो । म जीवनको सबै कुराबाट मुक्ति लिन चाहन्थेँ । वास्तवमा पहिलापहिला यस्तै वैराग्य, वितृष्णा, निराशा र कुण्ठाले मनलाई जलाउँदा आत्महत्याको सजिलो बाटो मस्तिष्कमा उम्रने गर्दथ्यो । यस्तो विचार मलाई धेरै चोटि आइसकेको थियो । तर अहिले त किन हो तिमीलाई नै म ुश्राप दिन चाहन्थेँ । अहिले तिम्रो नै यो संसारबाट मृत्यु होस् भन्न चाहन्थेँ । दाजुलाई तिमीले गरको प्रेम देखेर म जीवनप्रति मोहित बनेकी थिएँ । मेरो दाजु तीन दिनदेखि आइसियुमा तिमीसँग लडिरहनुभयो । अन्तिममा तिमीसँग उहाँ पराजय हुनुभयो । ब्रेसस्टोक भएर उहाँ अचानक बाटोमा लड्नु भएको थियो । त्यसपछि बेहोशको बेहोश आँखा नखोली यस संसारबाट बिदा हुनुभयो । तिमी कति कठोर र क्रुर रहेछौ । भर्खर बनाएको बजारको दुईतले घर, श्रीमतीको माया, छोराछोरीप्रतिको दायित्व, आमाबुबाको स्नेह र सम्पूर्ण दाजुभाई, दिदीबहिनी र आफन्तको शुभचिन्तन केहीकोे अगाडि तिमी गल्न सकेन । मैले यस्तै संस्मरणमा समाजसेवी बिष्णु गौतमका दूई छोराको मृत्यु भएको घटनालाई सबिस्तार आफू भावुकभई लेखकी थिएँ । तर अरु प्रतिको संवेदना असिनाझै हुँदोरहछ । केही क्षणमा बिलाएर जाने । आफूलाई पर्दा आँधीवेरी आएजस्तो हुँदोरहेछ । आफ्नो भाग्यमा ठूलो बज्र परेर आफूलाई हजारौँ मनको बोधले थिचेजस्तो हुँदुोरहेछ । संसार रित्तो भएझैँ, आफ्नै छातीबाट मुटु झिकेर अरु कसैले नचाइरहेको तर आफू चाहिँ निरीह, लाचार र विवश भई नियतिको निरकुशतामा आँसु बगाउन सिवाय अरु केहीगर्न नसकिदो रहेछ । सम्पूर्ण सम्झनाहरू आत्मामा लिउन लागेर टास्सिझैँ हुन्छ । जति नै उखेलेर फ्याक्न खोज्दा पनि नफ्याकिने स्मृतिबिम्बहरू छाया बनेर आफनै शरीर भरी सल्बलाउँदो रहेछ । मानौँ आफै जीवनदेखि हारेर दुर्भाग्यको कमारो भई लुरुलुरु उसैको पछिपछि जीवन दौडेझैँ लाग्दोरहेछ । अनेकौँ अनुभूति र सोचाइले मनलाई जनि नै विरेचन पारुभन्दा पनि अझ बढी वेदनाको गहिरो खाडलमा भासिदो रहेछ । सम्झनाको ढुकढूकीले बारम्बार स्मृतिबिम्बहरु आँखामा उघार्दा मस्तिष्क नै विक्षिप्त भएझैँ लाग्दो रहेछ । कसरी हराउन सक्छ यति लामो सम्झनाका कोशेलीहरू जुन हरदम जीवनले पोको पारेर बोकेर हिँडिरहेको हुन्छ । जुन विना जीवनको आधा काल खण्ड नै अधुरो हुन जान्छ । कहाँ बिर्सन सकिन्छ र भावनासँग खेलेका ती आकृति र बिम्बहरू जो सधैँ आँखा अगाडि झलझली नाचिरहदो रहेछ । विश्वास नै अविस्वास भएझैँ । सत्य नै असत्य भएझैँ ।

हे निर्दयी मृत्यु, तिमीलाई हाम्रो आलापविलाप, प्रार्थना, आँसु केहीले जलाउन सकेन । बरु उल्टै तिमीले दाजुको कोमल शरीर जलाएर क्षणभरमा नै खाग बनायौ । तिम्रो यो निर्दयीपना माथि मलाई प्रश्न गर्न मन लाग्यो । के तिमीे मेरो दाजुको एकाउन्न वर्षको लामो इतिहास जलाउन सक्छौ ? हामी दाजु बहिनी बीच लामो इतिहास थियो । त्यो बेला दाजुको भर्खर बिहे भएको थियो । दाजुको विहेमा हामी रमाईरमाई जन्ती गएका थियौ । दाजु काठमाडौँमा शंकरदेव क्याम्पसमा विएको अन्तिम वर्षको छात्र हुनुहुन्थ्यो । भाउजूलाई विवाह गरेर घरमा छोडेर आउनुभएको थियो । भाउजू र म खुबै मिल्थ्यौ । दाजु भाउजूलाई प्रणयपरक पत्र गीतहरूले भरिएको पठाउनुहुन्थ्यो । भाउजूलाई गीतहरू त्यति आउँदैनथ्यो । भाउजू सबै पत्र मलाई देखाउनु हुन्थ्योर प्रतिउत्तर लेखिमाग्नु हुन्थ्यो । म दाजुले थाहा पाउनु होला भनी डराईडराई गीतहरूले भरिएको प्रणयपरक पत्रहरू अझ चित्रसमेत कोरेर पठाउथेँ । भाउजू र म नङ मासुजस्तै थियौ । नन्दभाउजू दोस्तीको नमूना नै थियौँ । ती रमाइला क्षणहरू के तिमी सजिलै जलाउन सक्छौ ? त्यसपछि पनि इटहरीमा दाजुभाउजु र हामी वल्लोघर र पल्लोघर भएर वर्षौदेखि बस्दै आएका थियौँ । हामी र हाम्रा छोराछोरीबीच बाहिरको भन्ने थिएन एउटै भान्साजस्तो थियो । म जागिरे दाजुभाउजूले मेरा पछिल्ला छोरा र छोरी जन्मेपछि हुर्काइदिनुभयो । म पनि उहाँहरुलाई आफनै किसिमको सहयोग गर्दथे । दाजुको छोराछोरीको स्कुलीय पढाइ म जिम्मा लिइदिन्थेँ । म हरदम पढाइमा व्यस्त रहनुपर्ने दाजुभाउजूले नै पर्दा सबै गरिदिनुहुन्थ्यो । के ती इतिहासका पाना तिमी सजिलै जलाउन सक्छौ ?

दाजुभाउजूको जोडी कति सुहाएको थियो । गाउँघर आफन्तकोमा केही कार्य हुँदा दाजुभाउजू नै दुवै कस्सिएर काम सघाउन लाग्नुहुन्थ्यो । कुनै पनि काम गर्न दाजु कहिल्यै पछि सर्नु हुन्नथ्यो । फिल्मको कुनै हिरोझै दाजु जस्तोसुकै पहिरन पनि सुहाउँथ्यो । बोल्दा उखानटुक्का मिलाउँदै नहसाई कहिल्यै नबोल्ने दाजुभाउजूलाई जिस्काउँन पनि एक नम्बरमा पर्नुहुन्थ्यो । भाउजूपनि दाजुको कुरामा कहिल्यै असहमति जनाउनुहुन्नथ्यो । दाजूसँग बितेको यति लामो समय के तिमी जलाउन सक्छौ र्? तिमीलाई सोध्न मन लाग्यो ।

तीनदिन अघि दाजुलाई आइसियुमा राखिएको थियो । ब्रेनमा भित्रपटिको नशा चुँडिएको र हल्का होश आएमा अप्रेशन गर्ने डाक्टरहरूले सल्लाह दिएका थिए । पछि ब्रेनबाट पानी निकाल्नुपर्ने भन्नेकुरा डाक्टरहरूले गरे । यसको लागि मन्जुरनामा दिुनपर्ने रहेछ । हामीले दियौँ । तर पछि होश न आइ दाजुको ब्रेनडेथ भएको समाचार डाक्टरले दिए ा नयाँ वर्षको दिन ब्रेनडेथ भएको समाचार डाक्टरले दिए । दाजुलाई भेन्टिलेटरमा राखिएको थियो । यो समाचार बुबाआमालाई कसरी दिने होला ? हामी छोरीजुवाईँहरुलाई ठूलो आपत परेको थियो । बुबाआमालाई बहिनीकोबाट ल्याएर मेरै घरमा राखिएको थियो । दिनभर हामी तनावमा रह्यौँ । आमाबुबालाई यो समाचार कसरी दिने भनेर । समय निर्दयी भएर हामी माथि ठूलो अत्याचार गरेको थियो । बहत्तर वर्ष पुग्नुभएको मुटुको रोगी बुबालाई छोराको मृत्यु खबर कसरी सुनाउने ? जीवनमा यति ठूलो पीडादायी क्षण आउँदो रहेछ भनेर मैले कहिल्यै कल्पना पनि गरेकी थिइनँ । हामीले काठमाडौँमा नै रहनुभएको काका, मामाहरूलाई आइसियुमा रहेको छोरालाई जे पनि हुनसक्छ भनेर भनेर सम्झाउन लगायौँ । मीनाबहिनीको जेठाजु डा.रंग बस्नेत जो दाजुको बिमारताका हस्पिटलमा डाक्टर बसन्त पन्तसँग सम्पर्कमा रहनुभएको थियो उहाँलाई पनि आमाबुबालाई सम्झाउन बोलायौँ । दिनभर घरमा यति ठूलो तनाव भयो सायद यो शब्दमा व्यक्त गर्न पनि कठिन हुन्छ । यही घर थियो जहाँ एकवर्षअघि छोरीको विबाहमा दाजुभाउजू आएर रमाइरमाइ काम सघाउनुभएको थियो । घरभरि आफन्तले भरिएको थियो । चारैतिर खुसीयाली थियो । हाँसो र रौनक घरको कुनाकुनामा च्याउ उम्रेझै लाग्दथे । तर आज यही घर हो जहाँ प्रत्येक कोठाचोठाबाट रोदन र विलापले आफ्नो तानाशाही साम्राज्य फैलाइरहेको थियो । मानिसको जीवनमा कस्तो कस्तो समय आउँदोरहेछ ‘भगवान तिम्रो लीला पनि कस्तो अपरम्पार रहेछ ।’ दाजुको मृत्युको घटनापछि पनि अरु कुनै घटना घट्ने होकि म त्रसिद हुँदै इश्वरको कामना गर्दथे । बुबा मुटुको बिमारी हुनुहुन्छ, कसरी सहनु हुन्छ होला ? म बारम्बार ईश्वरसँग प्रार्थना गर्दथे । नयाँ वर्षको दिन भएको हुनाले दाजुको मृत्युको खबर नदिने भोलिपल्ट भेन्टिलेटरबाट निकालेर दिने सल्लाह भएको थियो । ‘हे भगवान् भोलिको बिहानको समय कस्तो होला ?’ म कल्पना पनि गर्न सक्दिनथेँ । रातभर निद्रा लागेन । भाउजू र हामी अरु आफन्त सँगै सुतेका थियौँ । भाउजू राति उठेर एक्कासि रोएको रोयै गर्नुभयो । हामीले झुटो आश्वासन दिँदै राखेका थियाँै । अब त मसँग झुठो बोल्ने शक्ति पनि थिएन । मलाई लाग्थ्यो भोलिको बिहान कहिल्यै नआएपनि हुने नि हे प्रभु ? तर समय आफनै गतिमा हिँडिरह्यो । रात निकै बितुन्जेल भाउजू रोइरहनुभयो । समयले बिहानको आभास दियो । पल्लोकोठामा आमा विलाप गर्दै रुदैहुनुहुन्थ्यो –“राति मेरो छोरा यही छेउमा आएर नबोली हिँड्यो । मेरो छोरा छैन तिमीहरू मलाई ढाटिरहेका छौ ।” आमाले यसो भन्दा मेरो भक्कानो फुटेर आयो । अब केही समयपछि अस्पताल जानेले मृत्युको खबर पठाउँदा के होला ? मलाई थामिनसक्नुभयो । आमालाई सान्त्वाना दिने शब्द मसँग थिएन । म आमालाई के भनेर सम्झाऊ ? आफैले आफैलाई सम्हाल्न सकेको थिइनँ । औषधिको नाममा सन्चो र भिक्सबाहेक केही प्रयोग गर्नु नपरेको छोरा एक्कासि यो संसारमा छैन भन्दा कुन आमाको छाति चिरिदैन होला ?
हे निर्दयी मृत्यु, तिमीले यति ठूलो तान्डव नृत्य रचाई हाम्रो घरमा एउटा आतंक र विरहको ज्वालामूखि फुटाइरहेको थियौ । कतै थामिनसक्नु थियो । हेर्दाहेदैँ केही समयमा सब वेदना पीडाको भेल बनाएर बगायौ । सबैको हालत दयनीय र पीडादायी थियो । घरमा कोलाहल मच्चिएको थियो । केहीसमयमा सबै सकिएको आभास भयो मलाई । भाउजू आमाबुबालाई अरु आफन्तले अस्पताल लगे । मेरो सानो छोरीको अवस्था पनि नाजुक थियो । ऊ यो सब सहन सकिरहेकी थिइनँ । ऊ मानसिक रोग ीबनेकी थिई । उसको अगाडिपनि मैले आफूलाई सामान्य राख्नुपर्ने बाध्यता थियो । मभित्र अनेकौँ पीडादायी अनुभूतिले अनेकौँ आकार लिँदै बिलाउँदै गर्दै थियो । मानिसले जीवनमा भोग्ने सबैभन्दा पीडादायी क्षण तिमी नै रहेछौ । यो एउटा ठूलो बिडम्बना रहेछ । हामी जन्मेदेखि नै सर्वप्रथम तिमीसँग नै लडिरहे्का हुन्छौँ । तिमी भर्सेज हामी र हाम्रो लामो जीवन यसैमा बितिरहेको हुन्छ । जन्मपछि मृत्यु अकाट्य हो तर अल्पायुको मृत्यु कल्पनाभन्दा धेरै बाहिर हुन्छ । हाम्रो जीवन प्रत्येक पल तिमीसँग जीवनभर लडिरहेको हुन्छ । जीवनको मैदानमा तिम्रो र हाम्रो सघर्षको युद्ध चलिरहेको हुन्छ । तिमी आफ्नो पोस्टमा गोल गर्न लागिपरेको हुन्छौ । हामी भने तिमीबाट छलिँदै भाग्दै जोगिइरहेका हुन्छौ तर थाहा हुन्न कुनै दिन मिनेट वा सेकेन्डमा हेर्दाहेदैँ हाम्रो जीवनलाई तिमी आफ्नो पोस्टमा लगेर गोल गरिसकेको हुन्छौ । अनि निर्विकल्प हामी यसरी नै शून्यमा हराउन बाध्य हुदाँ रहेछौँ ।
हे मृत्यु तिमीलाई मेरो एउटै निवेदन यो छ कि शकुनीले पासामा छकाएझै हाम्रो जीवनलाई छकाएर आफ्नो पोष्टमा गोल गरी जीतको गर्व कहिल्यै नगर है ।
उही पीडित आत्मा

कुवैतमा काम गर्ने एउटी कामुक नारीको आत्मा कथा



जिवन लामो छ कामुक बनेर यौनप्यासि बन्दैमा जीन्दगीको मजा नहुँदो रहेछ: कल्पना श्रेष्ठ


कुरा सन् २००७ देखि अहिले सम्मको हो। मेरो नाम कल्पना श्रेष्ठ हो अर्थात् स्कुल पढदाको नाम चीन कुमारी श्रेष्ठ हो । धादिंङग जिल्लाको बिकट गाँउ जोगीमारा गाविस ७ मा हो, मेरो घर। म मध्यम परिवारमा कृष्ण लाल श्रेष्ठको ठुली छोरीको रुपमा आज भन्दा २७ वर्ष पहिला जन्म लिएकी थिए । मेरो बाल्यकाल आमा बाबाको लाड प्यारमा बितेको थियो । त्यसैले होला म पुल्पुलिएकी थिए, बच्चा देखीनै चुलबुले र हठीस्वभावकी भएकीले मैले चाहे पछी हर कुरा मेरा बा आमाले पुरा गरि दिनुहुन्थ्यो ।

बुद्दी बिग्रिएर भनौ या त उन्मत्त भएर आफुभन्दा नाजुक अबस्थाको केटासंग पिरती गाँस्न पुगे । सन् २००४ तिर उसको र मेरो बिबाह त भयो तर गरिविको कारण मेरो आमा बाबासंग टाढा हुन पुगें । हामी दुईबाट एक सन्तान पनि भयो । झन भारी माथि सुपारी भने झैँ अर्को बोझ थपियो । त्यसपछि त के पैसाको लागि जिबन गुजर्नको लागि केहि बाँकी राखिन, मेरो आफ्नै शरिर समेत बेच्न थाले । केहि समयपछि हामी दुवै जना काठमाडौको नरदेविमा सानो पसलमा काम गरेर बस्यौ । त्यहाँको कामबाट प्राप्त पैसाले पनि जिबन धान्न सकिएन । मेरो बाहिरी यौन सम्पर्क र जागिरले परिवार चल्न नसकेपछी म बाहिरी देश नै जाने निधो गरे । अनि फेरी तीनै जना गाँउ गयौ, मैले केहि समय पहिले नारायणघाटको स्यानु भन्ने एजेन्टकोमा गएर विदेश जाने निधो गरे । अनि धादिंङ गएर हतार हतार पास पोर्ट बनाए । लग भाग ४० दिन पछी भिसा आयो । कुवेतको भिसा हात लागेपछी मैले उसलाई सोधे - 'काम कस्तो हुन्छ, पैसा कत्ति हुन्छ?' उसले मलाई भन्यो "१५ हजार्" तलब हुन्छ । एक परिवारको ३-४ जना भन्दा बढि बच्चा हुदैन र ८-१० घण्टा कम गरेपछी सुतेर बस्न पाइन्छ ।

त्यो कुरा सुनेपछी म ४० हजार पैसा ऋण खोजेर कुबेत तिर हिडने पक्का भए । २००७ को पहिलो हप्ता मेरो मनले साटेको जिबन साथी मदन कुमार श्रेष्ठ, पियारो मुटुको टुक्रा साइरस उ त्यती बेला जम्मा ३ वर्ष को थियो । उनीहरुलाई छाडेर धेरै पैसा कमाएर परिवार सुखमा बस्ने सपना बोकी भोलिपल्ट भालेको डाकमा गाँउको देवर सुवाससंग दिल्ली हिडे । दिल्लीमा गएर सात दिन बसेपछी बल्ल कुवेतको लागि जहाज छाड्ने निधो भयो । जब जहाज छाड्ने बेलामा गाँउ घर बाबा आमा परिवारका सम्झना आयो, झनै मुटुको टुक्रा छोराको यादले सतायो । मुटु दरो बनाए ३ साल पछी ४, ५ लाख रुपिया लिएर मेरो छोरा मेरो जिबन साथीसंग बस्छु भनेर जहाज चढे ।

जब कुवेतको एयरपोर्टमा आए सायद म एक्लै नेपाली थिए होला । त्यस जहाजमा सेतो कपडा लगाएको मान्छे मेरो नजिकै आयो, त्यो मेरो मालिक रहेछ, उसले लगाएको दिसदासा रहेछ पछी थाहा पाए । मलाई लिन आएको मालिक रहेछ, मेरो नजिकै आएर व्वाट इस यौर नेम भनेर सोध्यो । मैले उत्तर दिए मै नेम इज चीन कुमारी त्यस पछी कम कम भनेर पजेरोमा राखेर लग्यो । मलाई घरमा लागेपछी ५ तेले बिल्डिंग देखायो यहाँको कोठा टोइलेट बाथ रूम जम्मै साफ गर्नु पर्छ भन्यो त्यतीबेला नै मेरो हंसले ठाउँ छोड्यो । यत्रो काम कसरी गर्ने ८ घण्टा काम गर्ने सुरमा आएको मान्छे २२, २३ घण्टा काम गर्नु पर्नेभयो ।

पहिले पहिले त मन दरो बनाएर काम गर्न थाले तर भाषा नजानेको कारण कहिले घर मालिक त कहिले पाहुनाको यौन सोसन हुन् थाले, यौन शोषणमा म आफै यौनपिपासु भएको कारण त्यती गार्हो परेन । त्यस घरमा टेलीफोन भने चलाउनु पाईदो रहेछ । २ महिना पछी फोन किने अनि नेपाली दाई भाईको खोजीमा लागे त्यतिकैमा पूर्व तिरको दाईको नम्बर हात लग्यो । १ दिन २ दिन गर्दै हामी दुई को माया गाढा भयो । अब मेरो सपना यती रह्यो, घरमा १ लाख रुपियाँ भने पठाए ।

त्यतिनै बेला कुवैतमा भिभा फोन साथीबाट लिए र फ्री कल शुरु भयो सुनमा सुगन्ध भने झैँ । म चनाखो केटि भएको कारण कुवेतिलाई पहिले नै यहाँ मेरो श्रीमान छ, भनेको थिए त्यसपछि के थियो र मलाई यौन सम्बन्धको गार्हो परेन जति बेला चाहिए पनि उनी आउथे ।

यसरी दिन बित्दै थियो । हामी दुबैको चाहना अनुसारनै हामी नेपाल जाने २ महिना छुट्टी बिताउने निधोले काठमाण्डौं पुग्यौं अनि २ महिना बिताएर फर्कियौं । म आएर कुवेतीको घरमा बस्न नसक्ने अवस्था भएको कारण मलाई बाहिर उसले अरुसंग ऋण खोजेर निकाले । निकालेपछि म उनीसंग २,३ महिना मात्र बसे । म मा यौनको तृसना उसको सम्बन्धले मात्र पुगेन त्यसैले म कहिले सिरियाली, कहिले बंगाली, कहिले म्रि्री र कहिले अमेरिकनको सम्बन्धमा बचेको छु ।

मेरो घर परिवारका सारा कुरा भुलेर म त्यसै भौतारी रहेको छु । आज मेरो सारा सपना यौन तृसनाको कारणले गन्तव्यहीन भएको छ । यौनको जोसको कारण कुवेतमा रहने नेपाली दिदि बहिनिहरुको मेरो जस्तो हालत नबनोस । आफ्नो उदेश्य, आफ्नो परिवार र पारिवारिक धरातल जिवन साथीलाई कहिल्यै नविर्सनु होला । यो मैले भनेकी होईन मेरो अनुभवले भनेको हो । जिवन लामो छ कामुक बनेर यौनप्यासि बन्दैमा जीन्दगीको मजा नहुँदो रहेछ त्यो -णिाक मात्र रहेछ, समयमै होस पुर्‍याउँनुहोला

सम्बन्ध बिच्छेद



जब म त्यस रात घर पुगेँ, मेरी श्रीमती खान पस्किन तरखर गर्दै थिइन् | तिनको हात समात्दै मैले भनें: "तिमिसित एउटा कुरा गर्नु छ्"| तिनी बसिन र चुपचाप खान थालिन् | मैले तिनको आँखामा उदासीपन महसुस गरें | अचानक मेरो वाक्य बन्द भयो | तर जे कुरा मैले धेरै दिनदेखि सोचिरहेको थिएँ, त्यो भन्न जरुरी थियो - म तिनिसँग सम्बन्ध बिच्छेद गर्न गैरहेको थिएँ | मैले आफ्नो कुरा संयमका साथ राखेँ | मेरो कुराबाट तिनी बिस्मयचकित् भएको पाइन, बरु नम्र भएर सोधी: किन? मैले तिनको प्रश्नलाई टार्न खोजेँ | तिनी रिसाइन र चप्स्टिक हुर्याएर मलाई 'नामर्द' भन्दै चिच्याइन | त्यस रात हामी दुवैबिच कुराकानी भएन,तिनी रुइरहेकी थिइन् | हाम्रो बैबाहिक सम्बन्धमा के त्यस्तो खोट देखापर्‍यो भन्ने कुरा तिनले जान्न चाहनु स्वभाविकै कुरो हो | तर मसंग तिनलाई दिने त्यस्तो सन्तोषजनक जवाफ थिएन | जेन भन्ने महिलाले मेरो हृदय जितिसकेको थियो र मैले मेरो श्रीमतीलाई माया गर्न छोडिसकेको थिएँ | तिनिप्रति दया जागेर आयो |


गह्रुगो अपराधबोधकासाथ मैले एउटा सम्बन्ध्-बिच्छेदको सम्झौता पत्र तयार पारेँ, जसानुसार हाम्रो घर, गाडी र मेरो कम्पनीको ३०% शेयरमा तिनलाई हकदार बनाएँ | तिनले त्यो सम्झौता-पत्रमा एक नजर दिइन र फाडेर च्यातच्युत पारीन | दश दश बर्षसम्म एउटै छानामुनी बसेकी ती महिला अब अजनवी भैसकेको थियो |यस घरमा आएर तिनको आफ्नो समय, शिप, शक्ति र यौवन बित्थामा खेर गएकोमा म अत्यन्तै दुखित थिएँ | तर मैले जे निर्णय गरेँ, त्यसबाट पनि म बिमुख उन चहिरहेको थिइन, कारण म जेनलाई असाध्यै माया गर्थेँ | अन्तत मैले अपेक्षा गरे अनुरुप तिनी डाँको छोडेर रुन थालिन् |साँच्चै भन्नु हो भने तिनको रुवाइले मलाई केही सान्त्वना दिलायो | अनि धरै दिनदेखि मनमा सँगालिराखेको सम्बन्ध्-बिच्छेद गर्ने बिचार अहिले आएर ठोस् र स्पष्ट भएजस्तो लाग्यो |


अर्को दिन जब म राती अबेर घर पुगेँ, तिनी टेबलमाथि केही लेखिरहेकी थिइन | मैले बेलुकीको खाना खाएको थिइन, तर त्यसदिन जेनसंग गजब रमाइलो दिन बिताएकोले गर्दा म थकित थिएँ र सिधै ओछ्यानमा गएर पल्टेँ | जब म बिउँझे, तिनी अझै लेख्दै थिइन | मैले वास्ता गरिन र अर्कोतर्फ फर्केर फेरी सुतेँ | भोलिपल्ट तिनले सम्बन्ध्-बिच्छेदका शर्तहरु मेरो सामु तेर्स्याइन- सम्बन्ध्-बिच्छेद गर्नुअघि १ महिनाको अग्रिम सुचना दिनुपर्ने बाहेक तिनले म बाट कुनै हकदावी गरिन | त्यो एक महिनाभित्र हामी दुवैले सकेसम्म सँधैको जस्तो पारिवारिक माहौल कायम गराउनु पर्ने तिनको अनुरोध थियो, कारण १ महिनापछि हाम्रो छोराको जांच थियो र हाम्रो तनावपुर्ण सम्बन्धले उसलाई नराम्रो असर नपरोस भन्ने तिनको चाहना थियो | यो बाहेक तिनको एउटा अनौठो शर्त थियो: हाम्रो बिहे भएको बेला कसरी मैले तिनलाई बोकेर सुहागरात मनाउने कोठामा लगेको थिएँ,त्यो सँस्मरण गर्न भनिएको थियो| अनि त्यो एक महिनाभरी बिहेताका झैँ तिनलाई शयन कक्षबाट घरको बाहिरी ढोकासम्म बोकेर लानुपर्ने तिनको अनुरोध थियो| कतै पगली त भइनन् ?! एकछिन त म अकमक परेँ | हाम्रा अन्तिम दिनहरु राम्ररी बितोस भन्नाका खातिर मैले तिनको अनौठो प्रस्ताव स्वीकार गरेँ | मैले जेनलाई मेरी श्रीमतीको शर्तहरुबारे बताउँदा तिनी जोडले हांसेर तिरस्कार गर्दै भनेकी थिइन: जस्तोसुकै चलाखी अपनाए पनि त्यल्ले सम्बन्ध्-बिच्छेद नगरि धरै पाउँदिन |


हाम्रो सम्बन्ध्-बिच्छेदको कुरो भएदेखी श्रीमती र म बिच शारिरीक सम्बन्ध भएको थिएन | उनको अनुरोध बमोजिम पहिलो दिन जब मैले तिनलाई बोकेँ, हामी दुवैलाई कस्तो कस्तो अप्ठ्यारो महसुस भएको थियो | ड्याडिले मम्मीलाइ बोक्नुभयो भनेर छोरो हाम्रो पछाडि ताली पिटदै थियो | छोराले त्यसो भन्दा मैले नजानिन्दो पिडा महसुस गरेँ | श्रीमतीलाई बोकेर शयन्-कक्षदेखी बैठक कोठा हुँदै मुलढोकासम्म करीब १० मिटर म हिँडे हुँला | मैले तिनलाई बोकिरहेको बेलामा तिनले आँखा बन्द गरेर मधुर स्वरमा भनिन: हाम्रो सम्बन्ध-बिच्छेदबारे छोरालाई नभन है | मैले दुखी भएर स्वीकृतिसुचक टाउको हल्लाएँ | तिनी काममा जान बस बिसौनितिर लागिन भने,म एक्लै गाडी हाँकेर अफिस गएँ |दोस्रो दिनको बोकाइमा हामी दुवैले केही सजिलो अनुभव गर्यौँ, तिनले टाउको मेरो छातीमाथि राखिन, तिनको ब्लाउजबाट मिठो अत्तरको सुगन्ध आइरहेको थियो | तिनको मुहारलाई राम्ररी नियालेर हेरेँ,तिनी अब पहिले जस्तो जवान थिइनन,निधार र आँखाका छेउछाउ हल्का चाउरीहरु देखेँ, केश पनि कहीं कहीँ फुलेको थियो|वैवाहिक जीवनले नै तिनलाई यस्तो तुल्याएको थियो|म आँफैले पो तिनलाई वास्ता नगरेको निकै भएछ |


चौथो दिन जब मैले तिनलाई बोकेँ, एक किसिमको आत्मियता मैले महसुस गरेँ | यिनी तिनै महिला थिइन,जसले बिगत दश बर्षादेखी मलाई साथ दिँदै आएकी थिइन | पाँचौ र छैठौँ दिन पनि त्यो आत्मियता झन झन प्रगाढ हुँदै गएको मैले पाएँ | जती जती समय बित्दै गयो, तिनलाई बोक्न झन झन सजिलो हुँदै गयो | शायद प्रत्येक दिनको बोकाइले म बलियो पो हुँदै गएँ की ! एक बिहान तिनी लुगा छान्दै थिइन,चार पाँच चोटि लुगा फेरिसकेपछी लामो सुस्केरा हालेर भनिन: मेरा सबै लुगाहरु खुकुलो भैसके, कुनैपनि जीउमा मिल्दैन | मैले ध्यान दिएर तिनलाई हेरेँ, कस्ती दुब्ली भईछे, त्यसैले पो होला मलाई बोक्न सजिलो भएको ! आफ्नो मनभित्र अथाह् पीडा, ब्यथालाई लुकाएर तिनी बाँचेकी रहिछिन भन्ने कुराले मलाई अत्यधिक पीडाबोध भयो | एकाएक अर्धचेतनमा मैले तिनको शिर छोएँ | त्यति नै बेला छोरो करायो: मम्मीलाइ बोकेर बाहिर लाने बेला भएन र ? उसको बाबुले आमालाई बोक्ने काम दिनचर्या जस्तो ठानिसकेको थियो मेरो छोरोले | मेरी श्रीमतीले छोरोलाई नजिक आउन साउती गरिन र बेस्कन अंगालो हालिन | आफ्नो अडानमा बिचलन नआओस भन्ना खातिर मैले टाउको अन्तै मोडेँ | शयन-कक्ष, बैठक कोठा, हलवे हुँदै म श्रीमतीलाइ बोकेर पाइला चाल्दै थिएँ, तिनको हातहरु मेरो घाँटिमा आरामसंग बेरिएका थिए,हाम्रो विवाह् अवसरमा झै मैले तिनको शरीरलाई बेस्मारी च्यापेको थिएँ |


तिनको हलुँगो वजन देखेर म चिन्तित थिएँ | अन्तिम दिन जब मैले तिनलाई बोकेँ,किन किन मैले पाइला चाल्न सकिरहेको थिइन | छोरो स्कुल गैसकेको थियो | मैले तिनलाई बेस्मारी च्यापेर भनेँ: हामी दुई बीचको आत्मीय सम्बन्धमा कमी भएको त मलाई हेक्कै भएन | म काममा हिँडे,अफिस पुगेपछी गाडीमा चाबी नै नलगाइ सरासर उक्लेँ | केही बेरको ढिलाइले मेरो मन परिवर्तन होला भन्ने मलाई डर थियो | माथ्लो तल्लामा उक्लेपछी जेनले ढोका खोली दिइन | आफु सम्बन्ध-बिच्छेद नगर्ने निर्णयमा पुगेको कुरा जेनलाई बताएँ | जेनले छक्क परेर मतिर हेरिन र मेरो निधार छामिन | तिमीलाई जरो आएको छ ? तिनले सोधिन | निधारबाट तिनको हात हटाउँदै मैले फेरी दोहोर्याएँ: म सम्बन्ध-बिच्छेद नगर्ने भएँ, हाम्रो वैवाहिक जीवन यसरी रसहीन हुनाको कारण हामीले एकार्कालाई माया नगरेर भएको होइन रहेछ,जिन्दगीका झिना मसिना कुराहरुलाई महत्वहीन ठानेकाले नै यस्तो भएको रहेछ | विहेको अवसरमा मेरी श्रीमतीलाई मैले बोकेर घरभित्र भित्र्याए झै जिन्दगीको अन्तिम क्षणसम्म पनि त्यही भावना राख्नु पर्ने रहेछ भनेर म अहिले महसुस गर्दैछु | जेन जुरुक्क उठिन,बेस्कन मेरो गाला चडकाएर ढोका ड्याम्म थुनेर डाँको छोडेर रुन थालिन | म गाडी चढेर घरतर्फ लागेँ | बाटोमा फुल पसलमा रोकिएर एउटा फुलको गुच्छा किन्न लाग्दा फुल पसल्नीले सोधी: कार्डमा के लेखिदिउँ ? कार्ड तिनको हातबाट लिएर मैले मुस्काएर लेखेँ - जीवनको अन्तिम घडीसम्म प्रत्येक बिहान म तिमीलाई बोक्नेछु!!!


हातमा फुल, मुहारमा मुस्कान लिएर हतार हतार त्यस साँझ म घर पुगेँ | दगुर्दै भर्र्याङ् उक्लेँ | यसरी हतारिएको त मेरी श्रीमतीलाई मृतावस्थामा फेला पार्नु पो रहेछ | म जेनको प्रेममा यसरी डुबुल्किएको थिएँ कि मेरी श्रीमती महिनौँ देखी क्यान्सरको बिरामी भएको कुरो समेत मैले थाहा पाउन सकिन रहेछु | आफ्नो मृत्‍यु चाँडै नै हुँदैछ भन्ने कुरा तिनलाई थाहा रहेछ | हाम्रो सम्बन्ध्-बिच्छेद भैगएको भए त्यसको नकारात्मक असर छोरामा नपरोस र छोराको नजरमा म दोषी नदेखियोस भनेर मलाई बचाउन तिनले त्यसो गरेकी रहेछिन - फलस्वरुप छोराको नजरमा म मायालु लोग्ने हुन पुगेँ |जीवनका झिना-मसिना कुराहरु नै वैवाहिक सम्बन्धलाई टिकाउने खम्बाहरु हुन, न की भब्य महल, गाडी, जग्गा-जमीन र पैसा --यी चिजहरुले त केही टेवा दिने मात्र हो, मुख्य कडी यी होइनन!!!!


तसर्थ आफ्नो ब्यस्त दिनचर्याबाट केही समय निकालेर आफ्नो जीवनसाथीसंग आत्मीयता गाँसौ र जिन्दगीका झिना-मसिना ठानिएका कुराहरुलाई अंगालेर त हेरौँ ! यिनै महत्वहिन ठानिएका कुराहरुले नै वैवाहिक जीवन भत्किनबाट जोगाउँछ| सफलताको कारक तत्वहरुलाई पहिचान गर्न नसक्दा नै मानिसहरुले असफलता बेहोर्छ

विवाह बाहिरको सम्बन्ध



लौन मेरो श्रीमानलाई के भयो-भयो । बान्ता भ'कोभा'कै छ, के खानु भो-भो, होस्  नै छैन । जीउ पूरै छारे रोगमा झैं कामेको कामेइ छ । लौन छिटो हेरिदिनु न ।  छिटो...लौन छिटो... ।'
करिब २ वर्ष जतिको बच्चा बोकेकी दिदी राति १० बजेतिर आत्तिँदै आकस्मिक  कक्षभित्र छिरिन् । म जुरुक्क उठेँ र बाहिर ट्याक्सीमा रहेका उनका  श्रीमानलाई भित्र ल्याउन दौडिएँ । समय खेर नफालिकन हामी दुई नर्स र एक  डक्टर उनको उपचारका निम्ति जुट्यौं ।
'दाइले के खानुभएको हो ? कसले देख्यो ?' एकजना भाइले ठूलो स्वरमा बोले, 'दाइले विष खानुभएको ।'
'तुरुन्तै त्यो बट्टा लिएर आउनुस् ।'
ती भाइलाई घरतिर पठायौं र नाकबाट पाइप छिराएर पेट सफा गर्ने कोसिस गर्न  थाल्यौं । उनको शरीर झट्का हानेझैं भएर कामिरहेको थियो । आँखा मास्तिर  फर्किरहेका थिए, जसलाई कम गर्न नसाबाट औषधी दिइयो, तर काम गरेन । छातीमा  लिड तार राखेर मुटुको चाल र काम हेर्ने इसिजी मोनिटर जोड्यौं र अक्सिजन  सुरु गर्‍यौं । शरीरमा ९० प्रतिशतभन्दा माथि अक्सिजनको मात्रा हुनुपर्नेमा  निकै तल झरेको मेसिनले देखायो ।
'डक्टर, अक्सिजन ४६ प्रतिशतमात्रै', म कराएँ ।
डक्टर अक्सिजन दिन लाग्नुभयो । अहा.. अक्सिजनसँग बिरामीको शरीरले कुनै  नाता जोड्न चाहेन । हुँदाहुँदै स्वचालित श्वास-प्रश्वास बन्द भयो, हाम्रो  कोसिस सफल भएन ।
म बिरामीको छातीमाथि दुई हातले लगातार मसाज गर्न लागेँ र डक्टरले मुखमा  राखेको पाइपबाट एम्बु अक्सिजन दिन थाल्नुभयो । बीस-पच्चीस मिनेटको कृत्रिम  श्वास-प्रश्वासपछि पनि मुटुले केही सकारात्मक प्रतिक्रिया देखाएन ।
यत्तिकैमा ती भाइ आइपुगे र भने, 'सिस्टर दाइले खानुभएको झोल यही बट्टाको  हो ।' त्यो त अग्र्यानोफोस्फोरस पोइजन पो रहेछ । धेरै खाएको र अस्पताल  ल्याउन ढिला भएकाले अवस्था गम्भीर भएको कुरा प्रस्ट भयो । कम उमेरको बिरामी  भएकोले केही चमत्कार होला कि भनेर हामी प्रयासरत थियौं । अन्ततः ईसीजी  मोनिटरमा मुटुको चाल देखाउने रेखा सिधा भयो । एकदम सिधा... । घोषणा भयो-  मृत्युको । तपाईंको श्रीमान रहनुभएन । डक्टरको मुखबाट निस्केका यी तीन शब्द  सुन्नेबित्तिकै बोकेको छोरोसहित ती दिदी भुइँमा पछारिइन् । परबाट १२  वर्षकी छोरी हतासिँदै आइपुगिन् र आमालाई घचघच्याउन थालिन् ।
आमा के भयो, किन यस्तो गर्नुभा'को, बोल्नु न के भयो....। काखको छोरो  एकातिर ठूली छोरी अर्कोतिर रोइरहेका थिए । दिदी केही बोलिनन् । दर्शकको  भीडबाट एउटा आवाज आयो, 'जाऊ नानी भित्र..., बाबासँग अन्तिमपल्ट भेट गर ।'  अनि ती बच्ची मलाई पछ्याउँदै आइन् र मेरा औंला समाएर तान्न लागिन् । म
झस्किएँ । 'सिस्टर, मेरो बाबा निदाउनुभा'को है..., उहाँ मर्नुभा'को हैन  है... ।' उनको यो 'हो या होइन'मा दिनुपर्ने छोटो जवाफ पनि मलाई बडो लामो  लाग्यो । म एकटकले हेरिरहेँ । न केही बोल्नसकेँ, न सान्त्वनाका हात उनीमाथि  उठाउन नै सकेँ । म झट्ट आफ्नो औंला उनकोे हातबाट हटाएर बाथरुमभित्र छिरेँ ।  बाक्लो मोटो भित्तो छेडेर बाथरुमभित्र पनि बाहिरको चिच्याहट रुमल्लिरहेको  थियो ।
अगाडि भएको ऐनामा आँखा पुग्यो, त्यहाँ आफ्नो नभई उही बच्चीको प्रतिविम्ब  थियो । अनि उनका ओँठमा अघिकै प्रश्न । म भक्कानिएँ । आफूलाई सम्हाल्न सकिन र  मेरा आँखाबाट पनि आँसु र्झनथाले । केही बेर आफूलाई शान्त पारेर म बाहिर  निस्किएँ र विस्तार-विस्तार पाइला चाल्दै उनको मृत बाबालाई सुताएको बेडछेउ  गएँ । उपचारको क्रममा लगाइएको अक्सिजन पाइप, छातीका तार, हातका सुई सबै  निकालिदिएर सेता कपडाले मुखसम्म छोपिदिएँ ।
फेरि थप एक जीवन आत्महत्याले सिध्यायो ।
उनको आँसु र बोली एकैचोटी पोखियो, 'दाइले व्यवहार दुइटा गर्नुभएको रहेछ,  यता भाउजू र दुई छोराछोरी छन्, उता अर्की गर्भवती भइछन् । दुवै परिवारको  माया लाग्ने रहेछ । दुवैलाई छोड्न पनि सक्नुभएन, साथमा मिलाएर राख्ने आँट  पनि गर्नुभएन । कुनै विकल्प नदेखेर अन्त्यमा आफैंलाई सिध्याइदिनुभयो ।'  बल्ल मैले बुझेँ, 'यो त हिजोआज सहर-बजारमा घट्दै गएको एक्स्ट्रा म्यारिटल  अफेर -विवाह बाहिरको सम्बन्ध) को थप नतिजा पो रहेछ ।'
जहाँ सधैंजसो साँढेको जुधाइ, बाछाको मिचाइ हुन्छ । साँच्चै डरलाग्दो समय  आँखा अगाडि आइपुगेको छ । मन यसै नमिठो भयो र यस्तै नमिठै-नमिठोमा आजको नाइट  ड्युटी बित्यो ।
भोलिपल्ट फेरि अर्को नाइट ड्युटी सुरु भयो । आफ्नो ठूलो भाइ, आमाजू र  जेठानीलाई लिएर एउटी दिदी राति आठ बजे इमर्जेन्सीमा आइन् । उनको समस्या  थियो, महिनावारी भएको दस दिन बितिसक्दा पनि रगत बग्न रोकिएन । उनीसँग  व्यक्तिगत विवरण लियौं । उमेर ३० वर्ष, पढाइ १० पास, दुई छोरी एक छोरा,  गृहिणी, श्रीमान विदेशमा, महिनावारी नियमित रूपमा हुने र कुनै पनि दीर्घरोग  नभएको ।
त्यसपछि उनको रगत र पिसाब जाँचका लागि पठाएर रगत रोकिने औषधी दियौं ।  १०.३० बजेतिर रिपोर्ट आइपुग्यो । जसमा थियो- युरिन पि्रग्नेन्सी टेस्ट  पोजेटिभ । अर्थात् उनी गर्भवती
रहिछन् । भर्खर गर्भपतन भएको र गर्भको केही अंश पाठेघरभित्रै रहेकाले  लगातार रगत बगिरहेको पत्ता लाग्यो । हामी स्वास्थ्यकर्मीसँग पनि कुरा  लुकाएर बोलेकोमा डक्टर खुब रिसाउनुभयो । अनि रिपोर्टका बारेमा भन्न बेडतिर  हिँड्नुभयो ।
'एकछिन डक्टर' मैले भनेँ, 'सुरुमा हामी बिरामीसँग कुरा गरौं, त्यसपछि  आफन्तसँग ।' मैले उनका आफन्तलाई हतार-हतार बाहिर पठाएँ र उनको छेउमा गएर  रिपोर्टबारे कुरा गरेँ । दिदी जंगिइन्, 'यो हुनै सक्दैन, मैले यस्तो  नराम्रो काम कहिल्यै गरेकी छैन, कस्तो हस्पिटल हो, जे पायो त्यही रिपोर्ट  निकाल्ने ।' मैले जवाफ दिएँ, 'सबैको अगाडि भिडियो एक्सरे गरेर हेरौं, अनि  आफ्नै आँखाले फोटो हेर्नुहोला ।' उनी डराइन् । कालो-नीलो अनुहार भयो, उनको ।  हात जोड्न लागिन् र गोप्य राखिदिन अनुरोध गरिन् । उनको अप्रेसन कोठामा  लगेर पाठेघर सफा गर्नुपर्ने भएकाले रिसाएका डाक्टर आफन्तको हस्ताक्षर लिन  बाहिर निस्कनुभयो ।
डक्टर ढोकामा के पुग्नुभएको थियो, मैले बीचमै रोकेँ, 'प्लिज डक्टर, उहाँको  घर र माइतीपट्टकिा दुवैथरी यहाँ हुनुहुन्छ, यो रिपोर्टका बारेमा सुनेपछि  भोलि यिनको के
होला ? त्यसैले हामी गोपनीयता अपनाएर नै उपचार गर्न सक्छौं, हुँदैन र ?'  मेरो कुरा टुंगिन नपाउँंदै डक्टर ममाथि खनिनुभयो, 'कर्म अनुसारको फल हुन्छ ।  गल्ती गर्नेले परिणाम पनि भोग्नुपर्छ । आज गुपचुप उपचार गरेर पठाउनुहुन्छ ।  ए...केही हुँदैन रहेछ भनी भोलि फेरि सोही अनुहार दोहोरिएर आउँछ ।  कहिलेसम्म चुपचाप सेवा गर्नुहुन्छ ? त्यसैले आज नै केही गर्नुस्, ताकि भोलि  राम्रो होस् ।'
'हो, डक्टर सबै कुरा ठीक हो, जसले जस्तो कर्म गर्छ, उसले त्यस्तै फल पाउँछ  । तर यहाँ कर्मै नगरिकन उनका तीन छोराछोरीले नराम्रो फल पाउने भए । भोलि  तेरो आमा यस्ती र उस्ती भनेर घर र माइती दुवैतिरबाट फालिन्छन्, ती बच्चाहरू  पनि । आजको हाम्रो सानो झुटले ती बच्चाहरूको जिन्दगी जोगिन्छ । सो प्लिज  डक्टर ।' बिरामीको गोप्यता भंग गर्न नहुने आफ्नो धर्म सम्झेर डक्टर केही  नरम हुनुभएको आभास
भयो । 'म आज र अहिलेमा अल्मलिएर यी दिदीलाई सबक सिकाउनपट्ट िलागेँ, तर  तपाईं उनका बच्चाहरूको भोलिसम्म पुग्नुभयो । सायद यहाँ तपाईर्र्ं नै ठीक  हुनुहुन्छ, सिस्टर । हुन्छ, कुरा गोप्य नै रहोस्, तर यी दिदीलाई सचेत त  गराउनैपर्छ ।' 'धन्यवाद', म थोरै हाँसेँ । म यसर्थ खुसी भएँ कि ती साना तीन  बालबालिकाको जिन्दगी बेवारिसे हुन पाएन ।
यसरी कहिले महिला त कहिले पुरुष एक्स्ट्रा म्यारिटल अफेरको जालो फिँजाउन  रफ्तारमा दौडिरहेका छन् । 'महिला र पुरुषमा फरक छैन, जो जसको पनि साथी  हुनसक्छ' भन्दै आधुनिकतामा ढल्किन खोज्दा भित्रिएका असामाजिक समस्याहरूले  परिवारहरू भटाभट विखण्डन हुँदैछन् । उता दाइ परिवारलाई सुख दिनका लागि  बाहिर घोटिएर काम गर्छन्, यता भाउजू नयाँ साथीसँग रमाइरहेकी हुन्छिन् । यता  भिनाजूको आयु लामो होस् भनेर दिदी पानीसम्म नपिई व्रत लिन्छिन्, उता  भिनाजू टर्रो-मीठो पानी पिउँदै नानीसँग व्यस्त हुन्छन् । अहिलेका अधिकांश  पढेलेखेका जागिरदार मानिसहरूको दिनचर्या यस्तो हुनथालेको छ । डक्टर, अफिसर,  हाकिम, वकिल, सुरक्षाकर्मी, नेता, अभिनेता सबै दिनानुदिन गासिँदैछन्, यो  विनाशकारी डोरोमा । घर-घरमा यस्तो अवस्था आउन थालेपछि विरक्तिएका साना  नानीहरूको आउने दिन कसले सपारिदेला ।

सम्झना


जब बर्षन्छन् आँसु झरी                                                            


जब पृथिवीमा बादल आउँछ
    जीवनमाथि विषाद
    उरमा शुष्क उजाड
जब सब तर्क बिलौना बन्छन्
    पीडा मनका याद
भूकम्पपछिका स्वप्न शहर
    सम्झनु अौंसी रात

चिच्याहट मरुभूमिमा, पुग्दछ हात निधार
जीवन, बन्दछ धिक्कार, सफल बलीटो पार ।
गर्छु बिरानो निष्ठुरी संसार-जङ्गलभित्र पुकार
जब जिउन नै बन्दछ बोझा, मनमा हाहाकार ।
तब सम्झन्छु आँसु अडाई पलकविषे तिमीलाई

सम्झनामा खिल्दछ उपवन
    रङ्ग र रस पाई ।
हराभरा भै उठ्छ बलौटो
    खेल्दछ शीतल जल
गाउँछ कोकिल मनमा ल्याउँछ
    एक वसन्त मृदुल ।
तिम्रो श्वास सुवास भरी
    चल्दछ मलय-लहर
सम्झनामा सुतिरहेका
    उठ्छन् तिम्रा मधुर स्वर ।

भिखारी (कविता संग्रह)