कुहिरोभित्रको काग



जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौँ, हजारौँ, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको सागरमा । जुलुसबाहेक अरू सम्पूर्ण कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा ठेलाको आडमा बसेर म हेर्दै छु सभातिर ।नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आँखा भेट्छु कि भनेर आँखा दौडाउँछु । आँखाहरू निराश हुन्छन् । अलिक पर 'पत्रकार' लेखिएको टिर्सट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडक्रस लेखिएको ब्यानरमुनि स्वयम्सेवकहरू सेवा गर्न तल्लिन मुद्रामा उभिएका छन् । पत्रकारको भीडबाट एकजोर आँखाहरूले पछ्याएझैँ लाग्छ । ती आँखाहरू कालो चस्माभ्रि्र कैद छन् । तर पनि हेराइ र शरीरको बनोटले मलाई पछ्याएझैँ लाग्छ । म यथावत् रूपमा ठेलामा अडेस लगाएर उभिरहेकी छु अनि हेरिरहेकी छु नेपाली हुनुको विडम्बना । एकपछि अर्को जुलुस कोणसभामा परिणत हुन्छन् । कार्यक्रम सञ्चालक शान्तिपूर्ण सभा गर्न सबैलाई आग्रह गरिरहेछ । एकछिनपछि एउटी कवय्रि्री कवितापाठ गर्छिन् । राजपरिवारलाई गाली गरेको बाहेक अरू बुझ्दनँ । म केही र्सतर्क हुदैचारैतिर आँखा दौडाउँछु । किनभने कुनै पनि समय ढुङ्गामूढा बर्सेर भागदौड हुनसक्छ । फेरि पनि ती जोरआँखाले मलाई पछ्याइरहेका हुन्छन् । म त्यो हेराइलाई बेवास्ता गर्दै मन्त्रमुग्ध भई कार्यक्रमतिर ध्यान बटुल्छु ।
एकछिनमा लोकगायकको गीत बज्छ । आन्दोलनकारीहरू उत्तेजित हुदैनाच्न थाल्छन् । म आफ्नै ठाउँबाट मौन र्समर्थन जनाउँछु । छरिएका धेरै मानिसहरू तान्छ त्यस गीतले, म र्सतर्कता अपनाउने क्रममा फेरि आँखा दौडाउँछु । फेरि उही आँखाले पछ्याएको पाउँछु । म आफूलाई लुकाउँछु र चोर नजरले हेर्ने गर्छु फेरि पनि ममाथि आँखाहरू बिछ्याएको नै पाउँछु । कतै चिरपरिचित हो कि म ध्यान बङग््याउँछु । होइन, कतै भेट भएको छैन । ऊ त पत्रकारजस्तो पनि लाग्दैन । पत्रकार भए टिर्सट लगाउनुपर्ने, म एक्लिँदै कार्यक्रमतिर ध्यान बटार्छु ठेलामा काँक्रा र खरबुजा बेच्न राखिएका छन् । केही मानिस त्यतैतिर आउँछन् । खरबुजा खान । मेरो ध्यान मोडिन्छ । त्यतैतिर त्यस हूलमा उक्त कालो चस्मा लगाउने मान्छेलाई देख्छु । पुरुषहरू नारीलाई किन यति बिध्न चासो दिएर हर्ेछन् - हुन त पुरुषलाई हेर्न नारीको सङ्ख्या पनि समाजमा कम नहोला । तर म त्यति बिध्न सुन्दरी पनि छैन कसैको नजरलाई यति बढी आकषिर्त गर्न सकूँ ! ऊ मेरो छेउमा आउँछ ।
"मलाई चिन्नुभएन ?" अप्रत्याशित शब्दहरूले मलाई आक्रमण गर्छन् । म झस्कन्छु ।
"अहँ "
"ल, अब भन्नोस् !" उसले चस्मा फुकाल्छ ।
"त्ापाई श्रीकान्त नेपाल '" मेरो मुखबाट अनायास निस्कन्छ ।
"हो ।" बल्ल हेराइको रहस्य खुल्यो । म छक्क परेँ ।
"त्ापाई किन त्यस झुन्डमा र ?"
"म्ा पत्रकार हुँ ।"
श्रीकान्तले 'कार' उपाधि पाइसकेछ । हामी कुनै समय एउटै कक्षाका सहपाठी थियौ । ऊ पत्रकारिता पढ्न गएछ, मलाई थाहा थिएन । अहिले ऊ चिनीनसक्नु भएछ । भौतिक बनोट पनि असाध्यै आकर्ष देखिन्छ । म पत्रकारहरूलाई सम्मानजनक नजरले हेर्ने गर्छु किनभने जनआन्दोलनमा उनीहरूको भूमिका सराहनीय छ । जुलसमा मध्यस्थताको भूमिका उनीहरूले निभाएका हुनाले रगतको खोलो बग्न कम भएको छ । तेह्रौ दिनदेखिको जनआन्दोलन चरम उत्कर्षा पुगेको छ । कतिचोटि कतिपय ठाउँमा पत्रकारहरू स्वयम्ले पनि रगतको खोला बगाउनुपरेको थियो अनि निरङ्कुशताको बज्रपातपनि सहनुपरेको थियो । कतिपय जनताले त राजतन्त्रप्रतिको आस्था मरेर तेह्रौ दिनको काम कपाल समेत खौरेर गरेका थिए ।
''म पत्रकारलाई इज्जत गर्छु'' मैले छोटकरीमा भनेँ ।
करिब दस वर्षछि हाम्रो भेट भएको थियो । मेरो निधारको टीका र घाँटीको मालाले विवाहिताको परिचय दिएको थियो । मलाई पनि ऊसम्बन्धी व्यक्तिगत खुल्दुली जाग्यो तर अवस्था अनुकुल थिएन । कुनै पनि समयमा भागदौड हुनसक्थ्यो । मैले आफ्नो बचाउका लागि भाग्नुपथ्र्यो भने ऊ अरूको बचाउका लागि कुदनुपर्ने अवस्था थियो । त्यसैले परिवेशप्रतिको संवेदनशीलताले हाम्रो संवादलाई बाधा दिइरहेको थियो । धेरै दिनको बन्दले आमजनताले पालेको तनावले म पनि ग्रस्त थिएँ भने ऊ पत्रकारहरूलाई गरेको कुटपिटले आक्रोशित थियो ।
ऊ कसरी, किन यो सहरमा देखा पर्‍यो, कौतुहलको आँधीले घेर्‍यो मलाई ।
"तपाई पत्रकार, तर तपाईको नाम कतै पत्रिकामा देख्दिनँ नि -" हुर्लिदो मानसिकताले उत्सुुकता मेटाउने प्रयास गरेँ ।
"म छद्मनामले लेखहरू लेख्छु ।"
म असाम्ाज्स्यको लिङ्गे पिङमा मच्चिन्छु । एउटा पत्रकार छ जसको नाम सन्देश हो । उसका रचनाहरू म असाध्यै मन पराउँछु । उसलाई म मेलमार्फ धन्यवाद र बधाई पनि दिइरहन्छु । म अनिश्चतताको कालो बादलमा मडारिन्छु कुहिरोको काग भएर, परिवेशजस्तै । म अत्यन्त प्रभावित छु उक्त पत्रकारका लेखहरूबाट । त्यसैले उसलाई मेलमार्फ आफ्ना मनका धेरै कुराहरू गर्छु । म आन्तरिक पीडा पोखिरहेको छु मेलमा-
'जीवन गहिरो छ, जति बहँदै गयो उति नै गहिरिँदै जाँ दो रहेछ । किन हो तपाईको लेखहरूले मलाई नयाँ ऊर्जा दिन्छ । नयाँ शक्ति दिन्छ । त्यो शक्तिले मलाई सधैँ तानेजस्तो लाग्छ । अनि ती हातहरू हेरूँ-हेरूँ र चुमूँ-चुमूँ जस्तो लाग्छ जसले यति सुन्दर शब्द, भाषा र शैलीहरू पोख्छन् । कहिले म पागल भएर तपार्इँका शब्दहरूसँग उडिरहूँ कल्पनाको आकाशमा अनि कहिले यथार्थमा नफर्कू जस्तो लाग्छ तर यो असम्भव छ । मलाई थाहा छ । तर म त्यही असम्भावनामा रमाउन चाहन्छु ।'
मलाई आफ्नो मेल सम्झेर लाज लागेर आउँछ । म धकाउँछु । श्रीकान्तलाई उसको छद्मनाम सोध्ने आँट आउँदैन कतै श्रीकान्त नै होइन उक्त पत्रकार ! भए के भो त आखिर मैले पनि त छद्मनाम नै प्रयोग गरेकी छु उसले कसरी थाहा पाउँछ र -
एउटा चर्को भाषण सुरु हुन्छ । हाम्रो ध्यान भाषणले तान्छ । म उसलाई त्यति चासो नदिएको नाटक गर्छु म नाटकमा सफल हुने प्रयास गरिरहेको हुन्छु । घरीघरी म मेलका वाक्यहरूमा अल्झन्छु -
"प्ा्रत्येक दिन म तपाईको रचनाको प्रतीक्षामा हुन्छु । रचना आउन केही दिन ढिला भयो भने मलाई छटपटी बढ्छ । त्यस छटपटीलाई म शब्दमा बदल्न सक्तिनँ ।"
ऊ प्रायजसो छोटा मेल पठाउने गर्छ ।
'तपाईहरूजस्ता पाठकले नै मेरो लेखनशक्तिलाई बढाइदिएको छ ।'
"त्ापाई अहिले के गर्दै हुनुहुन्छ -" उसको वाक्यले म यथार्थमा पछारिन्छु ।
"त्ापाईसँग गफ गर्दै छु ।" म हल्का जबाफ दिन्छु । कतै मेरो मुखबाट पत्रकारलाई मेल गरेको वरा फुस्कन्छ कि - म अझ र्सतर्क हुन्छु ।
भ्ााषण अझ जोसिलो बन्दै जान्छ । आन्दोलनकारीहरू बुरुकबुरुक दै ताली मार्छन् । भाषणले भन्दै छ -
'राजाले गोलीगट्ठा तयार गरेको छ तर हामी जनताको गोली बोली हो । हामीले चार दिनका लागि भनेर मात्र तयार गरेका थियौँ । तर तेह्रौँ दिन बित्दा पनि हाम्रो बोली कसरी जीवित भइरहेछ भन्ने कुरा निरङ्कुश राजाले बुझ्दैनन् । ऊ शक्तिको भरमा टिकिरहन चाहन्छ । ऊ दमनको सास फेर्छ र अत्याचारको भात खाइरहेको छ ।'
भाषणले सबैलाई तताउँछ । हामी पनि उत्तेजित हुँदै ताली बजाउँछौँ ।
"तपार्इँ कतिको लेखहरू पढ्नुहुन्छ -" उसले मेरो ध्यान मोड्दै सोध्छ ।
"पढ्छु राम्रा लेखहरू, पत्रकारमध्ये सन्देशका लेखहरू खूब चाख दिएर पढ्छु ।" उसको छद्मनाम सोध्ने अझै पनि ममा साहस छैन । त्यसैले चोरसंवाद गर्दै छु ।
"म भोलि नै काठमाडौँ र्फकदै छु ।" ऊ सानो जानकारी दिन्छ ।
"ए ! किन यति चाँडै -"
"हिजो यहाँ पत्रकारमाथि भएको दमन र कुटपिटका लागि काठमाडौँबाट मानवअधिकार अनुगमनटोलीमा आएको थिएँ । त्यसैले रिपोर्ट लिएर फर्किहाल्नर्ुपर्छ । म आफू विगत र वर्तमानको अनुगमनमा तल्लिन छु । ऊ हाई स्कुल पढ्दा कत्ति नपत्याउँदो केटो थियो । अहिले ऊ राष्ट्रिय स्तरको लेखक, पत्रकार, र मानवअधिकारवादी भइसकेको छ । जे भए पनि आफूसँगै पढेको साथीलाई राष्ट्रिय स्तरको व्यक्तित्वको रूपमा चिन्न पाउँदा म पुलकित हुन्छु । अर्को एउटा साथीले उसलाई 'सन्देशजी' भनेर बोलाएर लिएर जान्छ ।
सम्भावित शब्द सत्यमा प्रमाणित भएको सुनेर म रोमाञ्चित र लज्जित हुन पुग्छु । ऊ गएको विवश आँखाले हेर्ने गर्छु वातावरण रमाइलो लाग्छ । र्सर्ूयका किरणहरूलाई लुकाउँदै बादल पानी झार्न तयार देख्छु । गर्मीको महिना तर्राईको परिवेश भए पनि मौसम रमणीय लाग्छ । अब मेरा आँखाको पालो आउँछ उसलाई पछ्याउने । यो समय नबिते हुन्थ्यो, नहराए हुन्थ्यो जस्तो लाग्छ । ऊ केही पर साथीहरूसँग गफ गर्दै छ । आफूलाई मनपर्ने लेखकलाई यति नजिकबाट फेरि साथीको रूपमा चिन्न पाउँदा म हषिर्त हुन्छु । फेरि नजिकिने लालसाले म एकोहोरिन्छु । उसलाई बोलाउन चाहन्छु तर मेलका वाक्यहरूमा अल्भिmन्छु- 'कतै हाम्रो भेट भयो भने हामी अपरिचित हुन्छौँ होला हैन - सायद तपाईको वास्तविक नाम मलाई थाहा नहुन सक्छ र मेरो वास्तविक नाम तपाईलाई थाहा नहुन सक्छ । तर त्यो अनिश्चितताले एउटा नौलो अनुभूति दिन्छ । किनभने म त्यही अपरिचिततामा बाँच्न चाहन्छु । हामी आँखामा मात्र विश्वास गर्र्छौँ त्यसैले हामी दोष र गुण छुट्ट्याउन विवश हुन्छौ । जसले हाम्रो सम्बन्धलाई टुक््रयाइदिन्छ । अनि म मीठो अनुभूतिबाट सधैँ टाढा हुन विवश हुन्छु ।' एक्कासि पुलिसको लाठी मेरो टाउकामा बजारिँदा म ब्यूझन्छु । म भाग्न असफल प्रयासमा छु । पुलिसको लाठी मेरो टाउकोमा बज्रन खोज्दै छ । अचानक कसैले लाठी समाउँछ । म बेहोस हुन्छु ।
होस आउँदा म नर्सिङ होममा हुन्छु । आफन्तहरू छेउमा बसेका छन् । उनीहरू कुनै पत्रकारले फोन गरेर जानकारी दिएका कुरा गर्दै छन् । अनि पर्स र डायरी पनि उही पत्रकारले जिम्मा लगाएको कुरा बताउँछन । पत्रकार भन्नेबित्तिकै श्रीकान्तको खोजीमा आँखा दौडाउँछु । निराश हुन्छु ।
केही दिनपछि डिस्चार्ज हुन्छु । समय बिताउन मेल हेर्छु' कुमुदिनी, स्वास्थ्य कस्तो छ - भगवानका कृपाले अब हामीलाई कहिल्यै भेट नगराइदिऊन् ।'
शब्दले म सन्तुष्ट हुन्छु । झ्यालबाट बाहिर हेर्ने गर्छु लोकतन्त्र आइसकेको छ । कुहिरो फाटेर आकाश सफा र स्वच्छ भएझैँ लाग्छ । कागहरू निर्दिष्ट बाटो हिँडिरहेका छन् ।

देउता




लघु कथानन्दलाल आचार्य
म सानै थिएँ । धेरै कुरो बुझ्ने उमेर पनि भएको थिएन । एकदिन मानिसहरूले देउता ठानेर ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति पुकारे पनि त्यसले आवाज निकालेन । ‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थालेँ । हान्दाहान्दै ढुङ्गो फुट्यो तर देवता बोलेनन् । ‘ला, देवता त मरेछन्’ भनेर म आत्तिएँ । हत्त न पत्त लुक्दैलुक्दै घर पुगेँ । चारैतिर सुनसान थियो । बाहिर दलानमा बुबा मस्त निद्रामा हुनुहुन्थ्यो । म उहाँसँगै सिरकमा गुट्मुटिएँ ।

भोलिपल्ट म बिउँझिनुपूर्व नै चारैतिर हल्लाखल्ला मच्चिसकेको थियो । गाउँमा नास्तिकहरूको धर्मविरोधी कार्य बढ्दै गएको कुरा चल्दै थियो । म भने डरले थुरथुरी थिएँ । कतिपयले त देवतालाई टुक्रा पार्न सक्ने तागत कुनै मनुष्यमा नरहेको दाबी गर्दै थिए । लगतै जोखाना हेरियो, धामीझाँक्रीले ढ्याङ्ग्रो ठोक्न थाले । उनीहरूले वनकाली रिसाएर यो उपद्रो गरेकी हुन् भन्दै सात दिनभित्र कालो बोको बली दिनुपर्ने बताए ।

वनकालीले अरू उपद्रो मच्चाउलिन् भनेर गाउँलेहरू चिन्ताले आकुलव्याकुल भए । म भने आफ्नो दोष वनकालीमा सरेकोमा भित्रभित्रै प्रशन्न भएँ ।

सानो प्रेमपत्र प्रेमीलाई




प्रियतम,
मीठो सम्झना तथा अदितीय मायाका थुँगाहरू
जीवनको यो मोडमा आएर तिमीप्रतिको मेरो प्रेमलाई यसरी व्यक्त गर्नुपर्दा तिमीलाई अचम्म लागेको होला । हो, म तिमीलाई प्रेम गर्छु तिमीलाई म क्षणिक शारीरिक आर्कषणमा आशक्त भएर होइन, जन्मजन्मान्तर म तिम्रो प्र्रेमको छहारीमा सुस्ताउन चाहन्छु । म तिम्रो प्रेमको स्वप्निल संसारमा डुब्न चाहन्छु । आऊ, तिमी र म भएर प्रेमको एउटा नयाँ परिभाषा दिऔँ अनि यो संसारले हाम्रो उदाहरणीय प्रेमलाई लिएर फेसनझैँ फेरिने प्रेमको घृणा गरून् अनि क्षणिक आसक्तिमा रमाउन तिरस्कार गरून् ।
हाम्रो प्रेममा विभिन्न बाधा अवरोधले तगारो हाल्न आउलान् र यो समाजले पनि सजिलै स्वीकार नगर्ला तर आऊ, अजर अमर हाम्रो अप्रमेयलाई युगौँयुग अनुकरणीय बनाउने प्रण गरौँ । म तिम्रो प्रेममा जीवन्त बाँच्न चाहन्छु । प्रत्येक श्वासमा तिम्रो प्रेमको आभासमा लिप्त हुन चाहन्छु ।
प्रेमको जति नौ भाव फैलाए पनि जति नै शैली लम्ब्याए पनि अनि जति नै शब्दले भराए पनि तिमीप्रतिको मेरो प्रेमाशक्ति भाव कमै हुन जान्छ । शाहजहाँ ले मुमताजका लागि मजनूले लैलाका लागि हिरले राझाका लागि अनि मदनले मुनाका लागि आफ्ना प्रेमिकाका लागि प्रेम जीवन्त बनाएजस्तै आऊ, हामी पनि एकआपसमा डुबौँ अनि रमाऔँ क्षितिजपारिको प्रेमिल संसारमा ।
तिम्रो र मेरो प्रेम आज हैन , बीस वर्षगाडि नै सुरु भएको थियो । त्यस बेला म भर्खर यौवनको खुड्किलामा चढ्दै थिएँ । त्यस समयमा मलाई कुनै अदृश्य शक्तिले तानिरहेको र म कतै हराइरहेको भान हुन्थ्यो । मलाई थाहा थियो त्यो आकर्षाको बिन्दु तिमी नै थियौँ भनेर । अचेतन मेरो मन कतै डोरिरहन्थ्यो । मलाई तिम्रो प्रेमको केही मात्रामा भए पनि आभास त थियो तर त्यसलाई आब्रति दिन सक्ने मेरो सामर्थ्य थिएन । तिम्रो र मेरो प्रेम फस्टाउन , फुलाउन हामी कतै एकान्तमा घुम्न जानुपथ्र्यो अनि हराउनुपथ्र्यो एकआपसमा । तर त्यो समय, त्यो समाजमा घर छोडेर छोरी मान्छेले एक्लै बाहिर कतै जानु भनेको अपराध गर्नु बराबर थियो । प्रेमको उजागर गर्नु भनेको आफ्नो हत्या आफैँले गर्नु बराबर थियो । यस्तै विवशता र बाध्यताले तिम्रो मेरो प्रेमको बीजारोपण हुन नपाउँदै कतै शून्यमा हराएर गयो ।
त्यसपछि मैले परिवेशको दास भई कतै एउटा सम्झौता गर्नुपर्‍यो । त्यो जीवनको अति महत्वपूर्ण निर्णयपनि थियो । त्यो निर्णय मलाई दाम्पत्य जीवनमा बाधिन बाध्य तुल्यायो । त्यसपछि म, तिमी र तिम्रो भावानाबाट धेरै टाढा पुगेँ । म आफ्नो वैवाहिक जीवनमा यसरी रुमल्लिएँ कि तिम्रो र मेरो आकर्षाको सूक्ष्म आभाससम्म मलाई भएन ।
वैवाहिक जीवनको गाडी चलि नै रह्यो । त्यसपछि मैले दुई छोरीका आमा हुने सौभाग्य पाएँ । म सानैदेखि आत्मास्वाभिमानी र स्वावलम्बी प्रवृतिको मान्छे थिएँ । यसै प्रवृतिले मलाई जागिर खुवायो अनि म स्वावलम्बी भई बाँच्न सक्ने बनायो । तर मान्छेले आफ्नो चाहना सत्यलाई पन्छाएर पनि बाँच्नुपर्दो रहेछ । जीवनका वास्तविक कतिपय यथार्थबाट म अनभिज्ञ रहेछु । म सामाजिक विसङ्गति विब्रतिबाट पीडित भएँ । म नारीहुनुको पीडाले थिचिएँ । म राष्ट्रियताको पीडाले निचोरिएँ र रुढीग्रस्त समाजदेखि विरक्तिएँ । हो, यस्तै पीडाले म तडपिएँ । म जीवनको सत्यको खोजीमा भौतारिएँ । मैले आफूले आफूलाई प्रत्रि्रश्न गर्न थालेँ, जीवन के हो अनि सत्य के हो - अनि आस्तित्वबोध के हो - मैले आपत्तिको यो अवस्थामा तिमीलाई सम्झन पुगेँ । तिमीबाहेक अरू कसैबाट सहारा पाउन सक्दिनथेँ । तिमी नै मेरो अस्तित्व जीवन्त राख्न सक्थ्यौ, सत्यलाई बोध गराउन सक्थ्यौ ।
म आफ्ना विगतका पानाहरू पल्टाउन थालेँ । संस्मरणका बहावमा म बग्न थालेँ अनि तिम्रो हृदयमा शरण लिन पुगेँ तर यो समाज, यो व्यवहारले तिम्रो र मेरो प्रेमलाई सजिलै स्वीकार गर्लान् त - स्वीकार गरे पनि कुन रूपले र कसरी गर्लान्, मलाई डर लागिरहेछ । मैले झण्डै छ सात वर्षघि छद्मनाम 'नीहारिका' प्रयोग गरी तिमीप्रतिको प्रेमासक्तिलाई उजगार गरेको थिएँ । तिम्रो गहिरो प्रेममा डुबेर मैले मेरो तिमीप्रतिको भावनालाई यसरी आकार दिएको थिएँ । त्यसको सबुत सप्रमाण म तिमीलाई यहाँ यसरी उपकथाबाट पेश गर्न चाहन्छु ।
असफल सङ्र्घर्ष
आज उसलाई हेर्न आउने भएका छन् केटापक्षहरू । अब उसलाई कुनै नौलोपना लाग्न छोडिसकेको छ । हेर्न र हेराउने कार्यक्रमबीच ऊ अभ्यस्त भइसकेकी छे । उसका अगाडि नाच्छन् लमतन्न परेको बैठक कोठामा कुँदेको सोफामाथि बेहुलो हुने केटो र छेउछाउमा एकदुइजना साथीहरू अथवा आमा, दाजु, भाउजू आदि । पाँच वर्षेखि उसको जीवनमा शृङ्खलाबद्ध रूपमा सम्पन्न हुँदै आएको कार्यक्रम हो यो । सुरुमा त ऊ डराएझैँ हुन्थी । ऊ सोच्थी अब विवाह भइहाल्नेछ र उसले माइतीघर सदाका लागि त्याग्नुपर्नेछ तर होइन रहेछ, यहाँ त दाइजो, रूप, घर रहनसहन आदिको मोलतोल भएर मात्रै जीवन गाँसिने रहेछ । त्यसैले अब उसको मस्तिष्कमा कुनै प्रतिक्रिया हुँदैन । मानौँ ऊ परिचित व्यक्तिसँग भेटघाट गरिरहेकी छ, साँच्चै हेर्न आउने प्रत्येक कालो, गोरो, मोटो, पुड्को कुनै पनि मानिससँग ऊ परिचित छे । किनभने हेरेर गइसकेपछि उनीहरू आफ्नो नकारात्मक धारणालाई विभिन्न फूलबुट्टा भरेर तेर्स्याइदिन्थे । ऊ यसलाई सहर्षस्वीकार गर्थी । त्यसैले आज फेरि हेर्न आउने पात्रको उत्तरप्रति ऊ ज्ञात छे ।
सोफामा सबै बसेका छन् । ट्रेमा चिया तयार छ तर बाहिरबाट 'ल्याउनूँ' भन्ने आदेश आएको छैन । चियाको बाफसँग उसको कल्पना उडेर निराशाको बादलमा ठोकिएर छताछुल्ल हुन्छ । त्यसै बेला बाहिरबाट 'चिया ल्याउनू' भन्ने हुकुम हुन्छ । नीता चिया लिएर जान्छे । परिचयको औपचारिकतापछि नीता भित्र पस्छे । केटो राम्रो, बोलक्कड र बान्की परेको थियो । उसको व्यक्तित्वलाई सुन्दरताले अझ उजिल्याइदिएको थियो ।
बैठक कोठाको छेउमा बाहिरको वार्तालाप सुन्ने गरी बसी, नीता । केटो स्वतन्त्र विचारको उच्च आदर्श र मर्यादाको पालना गर्ने खालको लाग्यो नीतालाई । केटो उसकै सहपाठी स्वरूपाको अफिसमा काम गर्ने रहेछ । ऊ स्वरूपाको भेटघाटको समयमा हराउन पुगी ।
स्वरूपा आफ्नो अफिसको दृश्य यसरी प्रतिविम्बित गर्दथी उसलाई । मिलेको नाकनक्सा, छरितो जीउ भएकी स्वरूपामाथि धेरै पुरुष सहकर्मीहरूका आँखा गाडिन्थे । चञ्चले स्वभाव र यौवनले उन्मत्त भएको जवानीमा ख्यालठट्टा र हँसीमजाकले थप सुन्दरता थपिदिन्थ्यो । अफिसको काम जिम्मेवारीपर्ूवक ननिभाए पनि उसलाई कुनै प्रतिक्रिया हुँदैनथ्यो । आफ्नो लापरबाहीलाई हाँसेर नै सबैको सामु मादकताको रसपान गराउँदथी । कतिले विवाहबन्धनमा बाँधिने प्रस्ताव पनि राखेका थिए । जति उसको सौर्न्दर्यमा निखार थियो भविष्यप्रति ऊ त्यति नै सजग थिई । विवाह भइसकेपछि अविवाहिताको जस्तो स्वतन्त्रपना नहुने र वैवाहिक बन्धनले आफ्नो चाहनालाई बाँध्ने हुनाले तुरुन्त यस कुरामा निर्णयगर्न सकेकी थिइन तर प्रब्रतिमाथि पुरुषको विजय भएजस्तै उसको जीवनमा पनि प्रेमको बीजारोपण भयो । कुनै एउटा सहकर्मीसँग होटल, पार्क, सिनेमाघर आदि घुम्न थाली स्वरूपा । सम्पूर्ण रमणीय स्थलहरूमा मगमगायो उनीहरूको प्रेमगाथा । प्रेमको थुँगा मालामा परिणत भइसकेको थियो । मात्र अब पहिरिन बाँकी थियो तर स्वरूपाले सो व्यक्तिको विवाह पहिले भएर पारपाचुके भइसकेको कुरा अन्त कतैबाट थाहा पाई । आफूसँग जीवनको यति गहिरो सत्यबाट टाढा राखेको हुनाले सो व्यक्तिप्रति स्वरूपालाई अविश्वास जागेर आयो । सोही अविश्वासले उनीहरूलाई धेरै टाढा पुर्‍याइदियो । त्यसपछि स्वरूपाले अर्कै अफिसको आफूभन्दा माथिको हाकिमसँग विवाह बन्धनमा बाधिई । स्वरूपाको कुरा उसलाई फिल्मको कथाजस्तै लाग्दथ्यो । छाती चरक्क चिरिन्थ्यो । कहाँ ऊ सोकेसमा सजिएर बिक्री हुन बसेकी गुडियाजस्ती, जसलाई ग्राहकहरू मोलतोल गरेर छोड्छन् भने कहाँ स्वरूपा जो आफ्नो जीवनसाथी बनाउन पुरुषहरूको मूल्याङ्कन गर्दथी । आफ्नो अभिशप्त जिन्दगीदेखि भागेर अन्तै जान मन लाग्छ नीतालाई, तर परिवार, समाज र संस्कार पहाड बनी छेकिदिन्छ । उसका अपहृत चाहनाहरू संस्कारको वेदीमा बलि दिइसकेका छन् । उसका उत्कण्ठा र भावनाहरू शून्यमा हराइसकेका छन् ।
नीतालाई फेरि बाहिर कोठामा बोलाइन्छ । केटा र नीताबाहेक अरू सबै हिँड्छन् । केटाले आफ्नो विगतका घटनाहरू भन्छ र व्यक्तिगत कुराहरू पनि भन्छ र नीताको बारेमा थोरै सोध्छ । छोरी मान्छेले थोरै बोल्नुपर्ने र लजालु स्वभावमा हर्ुर्किनुपर्ने संस्कारको अनुशासनलाई राम्ररी पालना गरेकी छे नीताले, अन्तिममा उसले आफ्नो पहिली श्रीमतीसँग सम्बन्धविच्छेद भएको कुरा गर्छ । र यसै कारणले एउटी प्रेमिकाले धोका दिइसकेको हुनाले यसपटक उसले पहिले खुलस्त पारेको कुरा पनि भन्छ । नीता छाँगाबाट खस्छे । उसलाई असमञ्जसताको झोलुङ्गे पुलमा हल्लिएझैँ लाग्छ, रिंगटा लाग्छ । स्वरूपाको जीवनसँग भएको अपूर्ण कथा ऊसँग आएर पूरा हुन्छ भन्ने उसले सपनामा पनि सोचेकी थिइन । उसलाई लाग्छ स्वरूपाझैँ अस्वीकार गरिदिऊँ तर उसका इच्छाहरू बन्धकमा राखिएका छन् । स्वरूपाझैँ स्वतन्त्र विचारमा उड्न उसका पखेटाहरू काटिएका छन् । उसले विरोध गर्न ठूलो सङ्र्घर्ष गर्नुपर्नेछ र त्यो सङ्र्घर्षमा उसको पराजय निश्चित थियो । ऊ सङ्र्घर्षका लागि पाइला चाल्छे र बिस्तारै भित्र जान्छे । भित्र सबैजना आशा र निराशाका नजरले हेरिरहेका हुन्छन् । बढ्दै गएको आफ्नो उमेरसँग घट्दै गएको आमाको मायाले थकाइ मार्न चाहेको देखिन्छ । दाजु, भाउजू यसपाला त आफू दायित्वबाट मुक्त हुने सपना देखिरहेका हुन्छन् । सबैका आँखाले नीतासँग प्रश्न गरिरहेका हुन्छन् । सबैको चाहना र इच्छाले नीताको भावनालाई थिचिदिन्छ, किचिदिन्छ ।
नीहारिका
मैले यसरी छदमनामप्रयोग गरेको हुनाले कसैले पनि तिमीप्रतिको मेरो प्रेमोभावलाई थाहा पाउन सकेनन । तर होइन रहेछ समाज बन्धन अनि व्यवहारसँग डराएर कसैसँग प्रेमगर्न सकिँदैन रहेछ । एउटा निष्कपट विशुद्ध र स्वच्छ प्रेमलाई र्सार्वजानिक रूपले स्वीकार गर्नु पर्दोरहेछ नत्रभने त्यो प्रेमको भ्रुणहत्या हुन्छ भन्ने अवश्यभावी छ । त्यसैले मैले केही समयअघि नै हाम्रो प्रेमको शङ्खघोष गरिसकेको छु । जुन शङ्खघोष शुभमङ्गलका साथ प्रारम्भ भएको छ । म तिमी विनाको कुनै पनि क्षणको कल्पना गर्न सक्दिनँ । आऊ, एउटा दह्रो प्रतिज्ञा गरौ अविस्मरणीय मिलनको । तिमी मलाई तिम्रो विशाल हृदयमा राखेर शिवशक्तिझैँ एकीकार हुन देऊ अनि बाँच्न देऊ मेरो अस्तित्व, व्यक्तित्व र आफ्नोत्वलाई युगयुगान्तरसम्म ।
अन्तमा यस उपकथाकी नीता म स्वयम हूँ भन्दा मलाई यौटा फरक अनुभूति हुन्छ । त्यो तिमीले बुझ्यौ होला बुझ्नु पर्छ । हो, यस्तै धेरै उपकथाकी नीता हुँ म, जसले समाजका धेरै विकृति, विसङ्गति र वितृष्णाहरूसँग जुधेकी छे । पछारिइएकी छे र सङ्र्घर्ष गरिरहेककी छे । समाजमा रहेका यस्ता विब्रतिलाई म तिमी मार्फ देखाउन चाहन्छु । त्यसैले म तिमीलाई आफूभित्र साक्षात्कार बनाउन चाहन्छु । अनि तिमीभित्र आफूलाई समेटन चाहन्छु । म अवश्य यस कुरामा विश्वस्त छु कि हाम्रो मिलन अजर, अमर र अप्रमेय हुनेछ ।
तिम्रो हृदयमा समाहित हुन चाहने
उही तिम्रो पुरानी प्रेमिका नीहारिका

पवित्र सम्बन्ध




जीवनको यो मोडमा आएर पनि म एउटा कथाका यी हरफहरू बारम्बार दोहोर्‍याई-तेहर्‍याई प्रायः पढ्ने गर्दछु ।
एउटा परस्त्रीले परपुरुषसँग गर्ने प्रेम सधैँ अवैधानिक हुन्छ । यस्तै मान्यता र संस्कारबाट परिपोषित थिएँ म । त्यसैले यस्ता प्रेमका कथाहरूलाई जहिले पनि गैरकानुनी आँखाले हेर्थ अनि क्षणिक आवेगात्मक तिर्सना र मुर्ख्याइको संंज्ञा दिन्थे । यस्ता कथाहरू प्रचलित सामाजिक संस्कारप्रति पनि कडा अव्यावहारिक प्रहार हो भन्ने ठान्दथेँ । तर होइन रहेछ , प्रेमको परिभाषा असीमित र अपरिमित रहेछ । प्रेम जहाँ पनि जसरी पनि फुल्न सक्दो रहेछ । तर त्यो पवित्र हुनुपर्दछ भन्ने कुरालाई अहिले म मान्यता दिन थालेकी छु ।
तिमीले दिएको प्रेम मेरोलागि एउटा शाश्वत र स्वीकार्य थियो । तिमीले सत्यको पक्ष लिएका थियौ । संसार सारा मेरो विरुद्ध एक हुँदा तिमीले मेरो साथ दियौ । मेरो लागि बौद्धिक वकालत गर्‍यौ । तिमीले सत्यलाई विजयी बनायौ अनि मलाइ विजयी बनायौ । हो, यसरी विजारोपण गर्‍यौ तिमीले हाम्रो मायालाई । त्यो मायामा आदर्शता अनि सत्यको आकर्षा थियो । त्यसमा न त क्षणिक आनन्द थियो न त यौनतृप्तिको चाहना । त्यो नदेखिएको अनि नछोइएको माया अति पवित्र थियो । यदि त्यो छोइएको र देखिएको भए अपवित्र र दूषित हुन सक्दथ्यो । त्यो माया सिप्पिभित्रको मोतीझँ पवित्र र शुद्ध थियो । त्यहाँ न कुनै दाग थियो न कुनै क्लेश ।
मायामा नै सृष्टि हाँस्छ अनि सिर्जना फुल्छ । हो, तिम्रो मायाले मलाई परिभाषित जीवन बाँच्न लालायित बनायो । मायाको त्यो राप यति रापिलो थियो, त्यसमा धेरै इष्र्या, डाहहरू जलेर खरानी हुन सक्थे । त्यसैले त्यो राप म सधैँ तापिरहन चाहन्थेँ । तर भौतिकवादी जीवनले आर्दशवादी जीवनलाई बाँच्न दिदैन । त्यसैले व्यवहारले तिम्रो र मेरो मायाबीच धेरै तगारो हाल्न आइदिन्छ तर म त्यसलाई अग्निपरीक्षाको अर्को रूप मान्न पुग्दछु । यसै अग्निपरीक्षामा तिम्रो मायालाई सुरक्षित राख्न धेरै कोसिस गर्दछु । किनभने जीवनको मोडमा धेरै घटनाहरू घट्दछन् । तर सबैभन्दा महत्वपर्ूण्ा घटना तिम्रो र मेरो मायाको वीजारोपण भएको पवित्र घटना हो । म यसैमा बाँच्न चाहन्छु यसैमा हराउन चाहन्छु अनि यसैमा आफूलाई भुल्न चाहन्छु । किनभने मैले कहिल्यै मायाको त्यो राप पाइनँ जुन मायामा उमङ्ग हुन्छ, उत्साह हुन्छ अनि जीवनप्रति सचेत भएर अघि बढ्ने सपनाहरू हुन्छन् ।
म देख्छु तिम्रा आँखाहरूमा मेरा सफलताका लागि अभीष्ट तैरिरहेको अनि म त्यसलाई पढेर बुझन खोज्दछु । मेरो अँध्यारो मुखसँग त्रि्रा भावहरू कुण्ठित हुन पुग्दछ्न् । अनि त्रि्रा दुखित भावहरूसँगै थाहा नै नपाई म पीडित भइरहेको हुन्छ । सबै कुरा चाहेर हुँदैन अनि सबै नचाहेका नहुन पनि सक्दैनन् । त्यसैले यसलाई नै प्रेमको अर्को रूप मान्न सकिन्छ । म तिमीदेखि भागेर टाढा जान खोज्दछु । तर समय र परिस्थितिले हाम्रो प्रेमलाई यति नजिक बनायेा कि त्यो कहिल्यै टाढिन नै सक्दैन । सायद उचित मलजल र उचित वातावरणले यसलाई मौलाउँदै लग्यो । त्यो झाँगिएर एउटा विशाल वृक्ष बन्न पुग्यो । जसको छहारीमा हामी सुस्ताउन थाल्यौँ ।
केही समय अगाडिदेखि एउटा सानो आत्मीयताको डोरीबाट शुरु भएको हाम्रो प्रेमले एउटा दह्रो झोलुङ्गे पुल बनाइसकेको छ । जहाँबाट हाम्रा अव्यक्त भावहरू ओहोरदोहोर गर्दछन् अनि अप्रत्यक्ष रूप्ामा प्रतिक्रियाहरू व्यक्त हुन पुग्दछन् । एउटा दह्रो प्रेमको लागि सुन्दर आत्मा हुनपर्दछ अनि स्वच्छ विचार पनि । जसमा प्रेमका सुन्दर फूलहरू म्ाुस्कुराउँदै फुल्न सक्दछ । कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि हामी हाम्रो प्रेममा तीखा काँडा उमार्न पुग्दछँै । त्यसको घोचाइवाट म पिडीत हुन पुग्दछु । तर त्यस दुखद अनुभूतिलाई म हाँसी-हाँसी स्वीकारिरहेको हुन्छु । सायद तिमी पनि मर्माहत बन्न पुग्छौ होला । अनि यसको समाधानका लागि हामी सोच्न बाध्य हुन पुग्दछौँ । प्रेममा मुटु दुख्नु स्वभाविक हो । जसमा मिठास हुन्छ स्वर्गीय आनन्द हुन्छ । जसले प्रेमलाई माझ्दछ अनि नौनी खर्‍याएझैँ खर्‍याउँदछ । माझिएर, खारिएर निस्केको प्रेम विशुद्ध हुन्छ । त्यो आत्मीय प्रेम स्वीकार्य पनि हुन्छ । तिमी मजतिको भावुक नहुन पनि सक्छौ । तिमीले जीवनको सबैभन्दा ठुलो मान्यता व्यवहारलाई दिएका छौ । तर म व्यवहारसँग सिद्धान्त खोजिरहेछु । म जीवनलाई कलात्मक रूपमा आदर्शताले सजाउन चाहन्छु । त्यो तिमीमा नहुन पनि सक्छ ।
कहिलेकाहीँ अचेतन मन उड्न खोज्दछ, स्वतन्त्र भई अनि बहकिन थाल्दछ प्रेमको वासनासँगै । तर यो असान्दर्भिक हुन पुग्दछ हाम्रो जीवनको लागि । त्यसैले त म यसलाई बाध्न चाहन्छु र लगाम दिन चाहन्छु । यो आवश्यक पनि छ किनभने लगाम विनाको घोडाले कहिले पनि सफलता प्राप्त गर्न सक्दैन । अनि नबाधिएको हाम्रो माया पोखियो भने धेरै कुरो बगाउन सक्दछ । त्यसैले समाज व्यवहारबाट अछुत राखेर म हाम्रो माया बाध्न चाहन्छु ।
मसँग प्रेमको भण्डार छ । किनभने म जीवनलाई पीडादायी बनाएर बाँच्न चाहन्नँ । मैले निस्वार्थ प्रेम खर्च गरिसकेकी छु । तर तिमीप्रतिको मेरो प्रेममा अकै लगाव छ, अर्कै आकर्षा छ । प्रेमको अन्तिमरूपी मिलनलाई म मान्दिनँ । अमर प्रेम जहिले पनि मिलनमा बिलाउँदछ । हाम्रो प्रेम नवयौवनाहरूले क्षणिक आनन्दमा रमाउने प्रेम होइन । हाम्रो प्रेम शाश्वत हो, सत्य हो अनि अमर हो । जुन प्रेम सूर्यको किरणसँगै, फूलको वासनासँगै , क्षितिजको उषासँगै हाँसिरहन्छ अनि बाँचिरहन्छ ।
यस्तै अभिव्यक्ति पोखिएको थियो उनको कथामा । उनको कथा प्रकाशित हुँदा निकै हलचल भयो रे । अन्त्यमा यही कथाको कतिपय अंशले उनको श्रीमान्सँग पारपाचुके भएकेा कुरा हल्ला मार्फ मेरो कानमा परेको थियो । यो कथा प्रकाशित भएपछि उनका श्रीमान्लाई अफिस सकिएपछिको खाजासँगै उसका साथीहरूले कथाको प्रसङ्ग उठाइ "भाउजूको मनको मन्दिरमा अरू कोही छ, जस्तो छ बिष्णुजी, साहित्यकारहरूको विश्वास हुँदैन" भनेर शङ्का उपशङ्काका बीउ मस्तिष्कमा छरिदिएका थिए रे ! अनि त्यही बीउ झंगिएर वृक्ष बनेर ढल्यो रे ! उनको भाग्यमा मैले यस्तै हल्ल्ाा सुनेको थिएँ ।
एकदिन हामी सबै साहित्यिक भेलामा रमाउन पुगेका थियौँ । त्यो दिन घर जान ढिलो भएको थियो । उनका श्रीमान् धेरै समयसम्म ताला लगाएको ढोका रुँगेर बसे रे । यसै निहूँमा गूढ कुरा अर्कै पोखियो रे उसमाथि । झगडाको बीउ चर्कदै गयो । उनले भनिन् रे कथाकारले जे पनि लेख्न सक्छ । त्यो वास्तविक नै हुन्छ भन्ने छैन । कतिपय काल्पनिकतामा फूलबुट्टां पारेर लेखिन्छ । सबै कथा आफ्नै परिवेशमा मात्र हुँदैन । तर जति नै सत्य ओकले पनि उनका श्रीमान् मान्न तयार भएनन् रे ! उनी आफनो स्वतन्त्र लेखकीयतामा अरूको हस्तक्षेप मन नपराउने स्वभिमानी महिला थिइन् । त्यसैले उनीहरूको सहचर्या धेरै दिनसम्म टिक्न सकेन । अनि एकदिन पारपाचुकेमा गएर टुङ्गियो उनीहरूको कलह ।
साहित्यिक गतिविधिमा भाग लिने क्रममा धेरै समय हामीसँगै हुने गथ्यौँ ।
मलाई थाहा थिएन उनको कथामा कतिको यथार्थ थियो वा थिएन भनेर । तर कतिपय ठाउँमा सत्यको पक्ष लिने क्रममा म उनलाई साथ दिने गर्दथेँ । यो क्षेत्रमा इष्र्या, डाह र खुट्टा तान्ने प्रवृति भएको हुनाले म सधैँ उनको निश्चल र शुद्ध व्यवहारको पक्ष लिने गर्दथे । जीवनलाई सिर्जनात्मक र कलात्मक बनाएर सजाउने क्रममा विभिन्न व्यक्तिहरूसँग सर्म्पर्कमा रहनुपर्ने हुन्छ । त्यसक्रममा कोही पनि कसैको व्यक्तित्वसँग प्रभावित हुन सक्दछ अनि त्यसको सुगन्ध सिर्जनामा फैलिएको पनि हुन सक्दछ । तर यहाँको समाजको संकिर्णताले त्यस सुगन्धलाई दुर्गन्धित बनाई फैलाउने प्रयास गर्दछ । त्यसमा अद्वितीय प्रतिभाहरू मुनामा नै ओइलाउन सक्दछन् ।
हाम्रो समाजले त्यति धेरै पाचनशक्ति पैदा गरिसकेको छैन जसले एउटा विवाहिता महिलाले कसैमाथि प्रेम गरेको कुरालाई सजिलै पचाउन सकोस् । यहाँ पुरुषहरूले जे पनि गर्न सक्छन अनि जे पनि लेख्न छुट छ । उसले खुुलारूपमा कसैलाई प्रेमको उजगार गर्न सक्छ अनि दुइटी र तीनवटीको पतिपरमेश्वर बनेर मर्दको उपाधि जित्न सक्छ । तर एउटी महिलाले स्वतन्त्र रूपले लेखेर काल्पनिकतालाई अँगालो मार्न पनि सक्दिन । उनको श्रीमान्ले मसँगको उसको सम्बन्धलाई शङ्कास्पद रूपमा हेरेको कुरा चर्चा मार्फ मैले पनि सुनेको थिएँ ।
मैले पनि मेरो एउटा कथामा उनको कथामा पोखिएको भावजस्तै पोखेको थिएँ । तर म पुरुष थिएँ त्यसैले कसैले मेरो प्रतिकार गर्न सक्दैनथ्यो । तर उनले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने क्रममा ठूलो सजायको भागीदार हुनुपर्‍यो । यो समाजको दोष थियो अनि उनको श्रीमान्को प्रवृति र विचारको यसमा मैले गर्न सक्ने हिम्मत केही थिएन सबैले आ-आफ्नो भागको पीडा आफैले बोक्नुपर्दछ । त्यो अरूले बोकिदिएर हुन्नरहेछ । हुने भए म उनको सम्पूर्ण पीडा बोकेर उनलाई सुखै सुख मात्र दिन चाहन्थेँ । तर यो सम्भव थिएन । त्यसपछि उनको र मेरो समिप्य टुङगिएको थियो । किनभने शङ्काका बीउहरू असरल्ल छरिएका थिए हाम्रा वरिपरि । त्यसैले यसको निवारण गर्न मैले धेरै कोसिस गरे तर सब र्व्यर्थ भए । उनको जिन्दगीमा यति ठूलो बज्र पर्न गयो जुन म मूकदर्शक भएर हेरिरहन बाध्य भएँ । आफ्नो प्रिय बस्तु, मुटुको टुक्रा एक्लोपनमा दुखी जिन्दगी काट्नु पर्दा मलाई पनि मुटु नदुखेको होइन । यसै दुखाइले एकदिन मलाई उनी भए ठाउँमा पुर्‍यायो । मैले विकल्पको खोजी गर्दै प्रश्नको मियो तेर्साएको थिएँ उनको अगाडि -"तपाईको जीवनप्रति मलाई सहानुभूति छ । यो सबको कारक म नै हुँ कि -"
उनले मेरो प्रश्नको मियोमा विचारहरू पोख्तै भनिन् -"मेरा सिद्धान्तहरू बन्धक छन् । त्यसैले मैले आफूलाई स्वतन्त्र राख्न चाहेको हो । यसमा तपाईको कुनै दोष छैन । यो मेरो भाग्यको दोष हो । अनि यथार्थको प्रतिबिम्ब पनि । तपाई र मेरो पवित्र सम्बन्धलाई नकारात्मकरूपले मात्र हेरिएन मेरो सिर्जनशीलतालाई नै ठूलो चुनौति भएको हुनाले जिन्दगीलाई सम्झौता गर्ने क्रममा मैले यो निर्णय लिनुपर्‍यो । हाम्रो पवित्र सम्बन्धलाई नै मैले जीवनको मूल उद्देश्य लिएर बाँच्ने प्रण गरेकी छु ।
उनले हाम्रो सम्बन्धप्रति नै उत्सर्ग जाहेर गरेकी थिइन् । मलाई धेरै वर्षम्म उनको लागि केही गर्न सकिनँ भनेर पश्चाताप भइरह्यो । समयको वहासँग उनको मेरो सम्बन्ध टाढिदै गयो । अतीतको कुहिरोले हाम्रो सम्बन्धलाई धमिलो बनाउँदै लग्यो ।

मेरा कल्पनाका फूलहरू हो ! तिमीहरू कहिल्यै नओइलाउनू !




भनिन्छ बिहेपछि पुरुषको वास्तविक जीवन पूर्णविराम लाग्छ र नारीको जीवनको शुरुआत हुन्छ । तर विहेपछि मेरो जीवन सुरु भयो । विहेपछि दुई सन्तान अनि जागिर प्राप्त भयो । त्यसपछि चाहिँ मेरो जीवनमा पनि पूर्णबिराम लागेको अनुभव भयो मलाई । अब जीवनले कुनै उपलब्धि हासिल गर्नुछैन । जीवन उद्देश्यविहीन, आशाविहीन भएर कतै स्थीर भएर अड्कियो । मेरा हातहरू छन् चलेका छैनन् । खुट्टाहरू छन् दौडेका छैनन् । मस्तिष्क छ तर सोच्नका लागि कुनै सिद्धान्त छैनन् । उड्दाउड्दै गरेको जीवन लाग्यो कहीकतै रुखमा अल्झिएको छ । यस्तै निरउद्देश्यीय जीवनले साहित्यको सहारा लिएर चलायमान हुन थाल्यो । लगभग वि.स. २०५० सालपछि म लगातार साहित्यिक पत्रिका गरिमा , मधुपर्क र अन्य पाएसम्मको् पुस्तक अध्ययनको नसामा डुब्न थालेँ । नसामा डुब्दाडुब्दै मभित्र कल्पनाका फूलहरू फुल्ने गर्दथे । मेरा कल्पनाका फूलहरू यसरी फुल्थे र भाव पोख्थे - 'म ठूलो साहित्यकार भएको र मानिसहरू मलाई भेट्न समय लिएर पर्खेका ।' तर ती कल्पनाका फूलहरू फूल्नुबित्तिकै १२ बजेकोपछि ओइलाउने घन्टीफूलझैँ ओइलाएर झर्थे । नझरुन पनि कसरी - एउटी मामुली पर्ूवप्राथमिक शिक्षिका कसरी यति ठूलो साहित्यकार हुनसक्छ - कल्पना मात्र पनि सम्भव छ र - बिहान बेलुका घरधन्दामा बित्दथ्यो । दिनभर स्कुलमा अनि दुईछोरी, सासू, इष्टमित्र घरव्यवहार कसरी सम्भव होला र - दिनहरू बित्दै गए । समयहरू र्सर्दै गए । मैले अध्ययन गर्न छोडिनँ । मेरा कल्पनाका फूलहरू फुल्न छोडेनन् ।

देशको राजनीतिले अनेकौ रुप फेरिरह्यो । । वि.स. २०४६ सालपछिको बहुदलपछि दलहरूले फेरेको कालो रूप ज्वालामा परिणत भयो । त्यही कालो रूपको ज्वालाले डामिएका माओवादी जङ्गल पसे । दसवर्षो जनयुद्धका लागि । देशले जनयुद्धको महामारी भोग्नुपर्यो । मेरो कलमले लेख्दै राख्दै गर्नथाल्यो । जनयुद्धको विध्वसकारी ताण्डव नृत्यले मेरो कलम रगतपच्छे भयो । मैले रातो रगतमा सेतोफूल मुस्कुराइरहेको देखेँ । मैले कोपिलाहरूले रगतको आँसु रोएको देखे । जे देखेँ त्यही लेखेँ । फूलहरू पीडाले अट्टहास गरेको लेखेँ । स्कुलमा साहित्यिक वातावरण थियो । जसले मेरा कल्पनाका फूलहरूलाई फुल्न र सके मलजल गर्न सहयोग गर्यो । जस्तोसुकै विषम परिस्थितिमा, कठोर समयमा, निर्मम वातावरणमा पनि मेरा कल्पनाका फूलहरू मुसुक्क मुस्कुराउनु छोडेनन् ।

जीवन बग्दै गयो । समष्टिमा 'असफल सङ्धर्ष छापिएपछि मेरा फूलहरू अझ हौसिएर फुल्न थाले । जब जीवनले गति लिन थाल्यो । तब मैले 'सानी' बालमनोवैज्ञानिक बालउपन्यास प्रकाशित गरे । प्रकाशित गरेमात्र होइन यसबाट साझा बालसाहित्य पुरस्कार पनि प्राप्त गर्न सफल भएँ । त्यसपछि मेरा कल्पनाका फूलहरू घण्टीफूलहरू मात्र नभई हौसला र उमङ्गका हजारौँ बाह्रमासे फूल भएर उम्रन थाले । ती फूलका सौर्न्दर्यको दृश्यपान गर्ने सबै मन्त्रमुग्ध हुने गर्दथे । बिस्तारै ती फूलहरूले र्सवप्रथम रचनामा त्यसपछि गरिमा, मधुपर्क, समष्टि, मिर्मिरे, समय, नेपालमा मलजल सहित मौलाउने अवसर पाउदै गए । जीवन एकनास हुँदैनरहेछ । प्रचण्ड गर्मी हुरीबतास, पानी जम्न्े चिसो सबैसँग पोठेजौरी खेल्दै मेरा फूलहरू क्यानभासमा सजिन आइपुगे त्यो थियो- समयको क्यानभासमा । म आफ्नो सौर्न्दर्ययुक्त फूलहरूलाई देखेर मख्ख र गमक्क पर्ने गर्दथे । त्यै माथि प्रशंसक र शुभचिन्तकहरूले मानापाथी भर्दै चुली परिदिएको प्रशंसाको धुरीलाई नै हात्ती मानेर दौडेको महसुस गर्दथे ।

मैले पन्ध्र वर्षो साहित्यिक त्याग, तपस्या, र साधना रोपकी थिएँ यस क्यानभासमा । मसँग छोटो समय थियो तर काम धेरै । कतिपय घरायसी कामहरू काँटछाँट गर्दै छोट्याउदै फूलहरू स्याहार्ने गर्दथे । कतिपय सामाजिक व्यवहार निफन्दै , पन्छाउदै फूलहरू गोड्ने गर्दथे । मनोरञ्जन, आनन्दलाई दराजमा थन्काएर मोटो भोटे ताल्चा लाइदिएकी थिएँ । सामाजिक व्यवहारहरू इमान्दारीतापूर्वक पूरा नगर्दा आउने आरोप र प्रत्यारोपका क्षेप्यास्त्रलाई यी फूलका सुगन्धलाई कवचको रुपमा प्रयोग गर्दथे र आफू सुरक्षित हुने असफल प्रयास गर्दथे । तर यी अवरोधहरू अस्थायी हुनपछि स्थायी बन्ध्याकरण गरेझैँ आफै नियन्त्रित हुनेछन् भन्ने आशामा एउटा गन्तव्यमा दौडिरहेँ म । गन्तव्यमा दौड्दा घरपरिवारमा कति धेरै अप्ठ्याराका काँडेझार उम्रिसकेका हुन्थे । मिल्काउन खोज्दा आफैलाई च्वास्सच्वास्स घोच्दै रगतपच्छे पार्दथ्यो । तर पनि मेरा कल्पनाका फूलहरू उम्रन छोडेनन् । विभिन्न चन्दा आतंक, अपहरण आतंकले आक्रमण गर्दा पनि ती फूलहरू प्रत्येक दिन प्रत्येक पल फूल्न भुलेनन् । वास्तवमा फूलहरू अरूलाई सुखदिन आफू दुखमा रमाउन फुल्दारहेछन् । तर अरूलाई आनन्द दिन फुलेका मेरा क्यानभासका फूलहरूलाई मैले र्सार्वजनिक गर्न सकिनँ । म चाहन्थे चाँडोभन्दा चाँडो मेरा ती फूलहरू र्सार्वजनिक हुन् तर वित्तिय सुनामीको डरले मैले आँट गर्न सकिनँ । यो क्यानभास र्सार्वजनिक गर्न मैले शुभचिन्तकको शुभसल्लाह मानेर अक्सफोर्ड पव्लिकेशनमा बुझाएँ । तर अक्सफोर्ड पव्लिकेशनले ६ महिनापछि यो शुभसमाचार दियो कि 'हामी साहित्यिक पुस्तक छाप्दैनौँ ।' तर त्यहाँबाट डा. दयाराम श्रेष्ठज्यूबाट यस क्यानभासको सौर्न्दर्यको प्रशंस्ााले मेरो चेतनाबिम्बमा नयाँ ज्योति फैलियो । उहाँले भन्नुभयो 'यो कथासङ्ग्रह धेरै राम्रो छ साझामा दिनुहोस् । साझाले छाप्छ साझाले छाप्यो भने साझापुरस्कार पाउन सक्छ ।' साँच्चै मलाई हात्तीमा चढेर प्रसिद्धिको चुचुरोमा .चढेको भान भयो । त्यसै अनुरुप त्यो कथासङ्ग्रह साझामा बुझाएँ । झण्डै एकवर्षजतिपछि साझा प्रकाशनको नछाप्ने मति देखियो । वास्तवमा हात्तीमा चढेको रहेछु घोडामा चढेको भए अवश्य सफलताको शिखर पुग्नसक्थेँ । त्यसपछि आफै किन नछापू आफ्नो सिर्जनापुञ्जलाई भन्ने सोचले आफैले छाप्ने निर्णर्य गरे । निर्णर्य गरिसकेपछि मेरो यो क्यानभासलाई सौर्न्दर्यका पारखी दिग्गज साधक आदरणीय गोबिन्ददाजुको प्रशंसाको रङ्गले भरु भन्ने मनसायले दाजुलाई बुझाएँ । यस अघि नै कथाका प्रसिद्ध साधक आदरणीय दाजु परशु प्रधानबाट सुगन्धमयी श्रृगार गराइसकेकी थिएँ । म चाँडोभन्दा चाँडो मेरा कल्पनाका फूलहरूलाई र्सार्वजनिक गर्न चाहन्थेँ । तर समयलाई अर्कै मन्जुर रहेछ । गोबिन्ददाजुले समयअनुकुल हुनु बित्तिकै मलाई पुस्तकको काम गर्न बोलाउनुभयो तर म त्यो बेला निकै बिमारी थिएँ । झण्डै पन्ध्रदिन म ओछ्यान परेकी थिएँ । त्यसैले मैले चाहेर पनि मेरा फूलहरूलाई समय दिन सकिनँ । मन साह्रै छटपटियो । गोबिन्ददाजु आफैँले तालमेल मिलाउन थाल्नुभयो । सबै कुरा मिलाइसकेपछि दाजुलाई अचानक बेलायल जानुपर्ने भयो । म जतिसक्दो चाडो मेरा फूलहरूलाई र्सार्वजनिक गर्न चाहन्थे तर समयलाई अर्कै मन्जुर रहेछ । हुन त समयले मलाई यसरी नै सानी छाप्दा र सानीको साहस छाप्दा पछारेर रन्थनाएको थियो । मैले सोचेँ, सायद समयले मेरो धर्ययताको परीक्षा लिईरहेको छ ।

अब मेरा क्यानभासका फूलहरू ओइलाउन थाले । म प्रत्येक दिन ती फूलहरूलाई आश्वासन दिँदै ताजगी गराउँदथे । म प्रत्येक दिन ती फूलहरूलाई सुमसुमाएर रुने गर्दथे । जसरी एउटी गर्भिणी आमा आफ्नो गर्भमा रहेको बच्चालाई स्नेहले सुमसुमाएर चुम्ने गर्दछिन् । म प्रत्येक दिन तिनीहरूलाई आश्वासन दिने गर्दथे 'तिमीहरू चाँडै आफ्नो स्ाौर्न्दर्य र्छन सफल हुनेछौ मेरा प्रिय फूलहरू हो ! तिमीहरू नआत्तिऊ । मैले तिमीहरूलाई धेरै दुख गरेर सिँगारेकी छु । अलिकति कविताका रङ्ग चोरेर तिमीलाई सिगाँरेकी छु । अलिकति निबन्धका पराग सोसेर तिमीहरूलाई गरेर सिँगारेकी छु । तिमीहरू भाग्यमानी छौ तिमीहरू सिपालु कालिगढको हातबाट सिँगारिँदैछौ ।' मैले तिमीहरुलाई बिहानीमा आशका थोपाथोपा शीत बनाएर सिचेकी छु, मध्यान्हमा बौद्धिकताको न्यानो रापमा तपाएकी छु- गोधुलीमा सूर्यस्ताको अनेकौ रगले सप्तरगी बनाएको छु । साँच्चै मेरा क्यानभासमा फूलहरू भाग्यमानी रहेछन् । उनीहरू पाण्डुलिपिको रूपमा नै गोविन्ददाजुसँगै साहित्यिक यात्रा घुमेर आउने सौभाग्य पाएछन् । क्यानभासलाई सजाउने क्रममा फुर्सद भएमा हर्ेन भनी दाजुले साहित्यिक यात्रामा लिएर जानुभएको रहेछ । कस्तो अकल्पनिय सौभाग्य ! विश्वप्रसिद्ध दिग्गज साहित्यसाधक सेक्सपियर र पाश्चात्य साहित्य सभ्यताका केन्द्रभूमि बेलायत घुमेर आउन सफल मेरा क्यानभासका फूलहरू तिमीहरू कति भाग्यमानी रहेछौ !

मेरा क्यानभासका फूलहरू हो ! अर्ढाई वर्षो गर्भकालीन पीडा भोग्नु परेपनि तिमीहरूले यति ठूलो सौभाग्य प्राप्त गर्न सक्यौ । अब तिमीहरू चाँडै नै र्सार्वजनिक हुन पाउँदैछौ । तिमीहरूमाथि भविष्यले ठूलो आशा गरेको छ । त्यो आशालाई सफल बनाउन धेरै कालिगढहरूबाट सिँगारिँदैछौ । अब तिमीहरूले निराशाका दिनहरूलाई बिर्सिदिनुपर्छ । अहिले म उनीहरूलाई सुमसुमाएर सौभाग्यका किरण आफूमा संप्रेषित गरिरहेकी छु ।
मेरा कामनाका बिम्बहरू उनीहरूमा यसरी संप्रेषित गरिरहेकी छु - मेरा कल्पनाका फूलहरू हो ! तिमीहरू कहिल्यै नओइलाउनू । किनभने तिमीहरूले मुर्तरुप लिन अझै धेरै बाँकी छ

In the Canvas of Time




Dear storywriter Diwakar Nepali! I was that unlucky woman, who had to be separated before saturated with your words of thanks. You might have forgotten the moment and the day, but how can I forget them? If possible, I wish that moment be a ray of sunlight, which I could get every morning. I wish that moment be a warm quilt, which I could wrap around me during the cold nights. I wish that moment be a cool fragrance, which I could breathe in the summer. I wish the moment be a canvas, where our stories could be written, but this is also not possible.

A bus heading for Jogbani from Biratnagar―that day I was going to Jogbani as usual. It was not possible to get a seat as I got into the bus in the middle of its journey. It might rather be possible to win a lottery in noodles, but to get a seat riding the bus in the middle of the journey is like winning the lottery of hundreds of millions. A man suddenly rose from his seat, beside which I was standing, and got off. I really won the lottery. Another man was still there. I had not noticed him properly. The man was wearing French-styled hat and was in his fifties. I was about to sit beside him when he said, “Please, be seated here.” I found closeness in his words. Then I looked at him head to heels. I must have seen him somewhere, heard or read him somewhere.

“Where are you going?”

I reply him analytically.

“Jogbani.”

“Thank God! I am also going to Jogbani, came from Kathmandu and I do not know well about the road. It would be good if you helped me.”

This unknown stranger was urging me for a help. What do I say to him in the present situation? What kind of person he could be? The word "Yes" slipped through my mouth while I was pondering.

“Would you tell me where do you live here?”

“Tintolia.” How could a man of Kathmnandu know Tintolia?

“Where do you work then?”

“I am a librarian in a campus.”

“I am Diwakar Nepali and came from Kathmandu. I need to buy some goods. Would you mind helping me, sister?”

I am delighted as soon as I heard the name ‘Diwakar Nepali’. Oh! I am speaking with my favorite author from so close. I had never imagined it in my life. The time was morning. The sunlight was struggling with fog in its attempt to come out. The bus was running with its intermittent stops on the way. However, I was unmindful about when the bus used to stop unnecessarily in some places. Instead, my heart was flying high wearing the feathers of happiness. I am having this chance to hear my favorite author today. My heart pounds faster and in such moments, I usually remember God. I feel myself a bit inconvenient. He might have noticed a little impatience in me.

“Okay thanks, don't worry if you have inconvenience. I myself will buy the things for me and return.”

I say with restlessness, “No….No….It's not like that. I will surely help you. You are from Kathmandu, a new person is cheated here.” I cannot tell him the truth that I wanted to spend maximum time with him. I was being unable to tell him that he was my beloved storywriter. He might not have behaved with me in a normal way if only I told him that. Exposing him open, I wanted to read him, wanted to see him scattered into each word. I had been getting the image of his strange behavior by reading his stories, but now I was trying to study him at physical level. That is why I was giving him my identity as a stranger, not as an avid reader of his stories.

I start making an interim plan. After the completing to purchase things in Jogbani, I will take him in a rickshaw. He will be with me about half an hour on the way back. At that time, I will tell him everything about myself. Then I will take his mobile number and e-mail address too.

How my interest in literature increased―it does have a story. Near my house, there used to live a wholesaler of Hindi magazines. Before marriage, I would have enough time and used to read Grihashova, Manorama, Kadambini, Sarita, among others. Those days, only a few Nepali magazines were in the market. The stories published in those magazines aroused a deep interest for stories in me. I used to be an avid reader of the stories of Prem Chand, Rabindranath Tagore, Satya Jit Ray. The wholesaler also would give me books to read as much as I wanted. I was settled in Biratnagar after my marriage. After marriage, I got a job as a librarian in a campus. There used to be frequent leisure times in the library, and discussions and interactions about the books helped to grow my interest in stories or fictions. I started to read the books of stories or fiction written by national and international writers. In the course of reading, author Diwakar’s story impressed me a lot. Thereafter, I started to read his each story. His stories analyze the man-woman relationship in such a way that the readers would forget themselves whether they are males or females. In his artistically written stories, the reader would forget whether they are living in past or future. These characteristic features of stories had fascinated me. His new stories would often come on the websites. I would read them. Then the stories would be published in the magazines. But, the same stories published on magazines would be stale to me.

There would have been interactions about his stories in the library. We generally talked about books. We felt proud if we could tell the names of Nepali or foreign writers after reading something. To be frank, I would feel proud to take the names of foreign writers such as Maupassant, Kafka, Leo Tolstoy, Knut Hamsun, Ernest Hemingway, Tasalima Nasarin, Samarset Mom etc. as if I was an expert of English literature. Thus, I would spend time reading books while many other women spent their time watching serials. Sometimes, I wished I could write stories. Once, a strong interest of writing stories came upon my mind. For a number of days' brainstorming, I had given birth to a plot of a story. It was a holiday, when I sat to write the story. No sooner had I started writing, my daughter came to me saying she was hungry. As I was heating milk to feed her, son came to ask for money to buy a bunch of robber band chungi to play with. I had no change in my purse. So, I sent him with a hundred-rupee note, telling him to return the money after buying. Daughter also insisted to go with him and went. After a few minute, both returned with handful of things of that one hundred rupees note. Looking at the things, I started to scold them. The milk had already boiled over. When I sat to write after a while, a neighboring sister came to ask for cement. How should I say that I had no cement, while actually I had? I just came to know that she needed only five kilos and she further said that she did not get a the little amount of cement from a broken sack. Then, I went to the shop to weigh the five kilos of cement. Finally, after ducking and diving in these spasmodic chores, I sat to write the story. Alas, I was again disturbed by a friend's phone call – “Give me the digital camera you have for one day, okay?” I could not say “No.” “Also charge the camera if you have the charger.” Oh! How shamelessly she could ask the camera and again asked me to do her work. It is also an art. I searched the camera, and also charged its battery for her.

I hardly completed the story while giving an eye towards the children. My story was published in the campus memorial. I myself started to talk about my story thinking that at least someone would praise, however no one said it was good. Then, my interest with the story writing had faded away, but how nicely Diwakar writes stories, which touch every reader’s heart. It seems as though his stories are capable of giving a complete picture of a society. His stories are imbued with patriotism and a pain of being ‘I.’ Female sufferings related to sexuality are exposed in such a way that it seems whole society has been reflected in the stories. The sexual pains of females, which the society has been neglecting so far, or let's say the society has added fuel to flame by baseless accusations and allegations on the females, while the society has been turning its deaf eyes over them. But, Diwakar has exposed them nicely in his stories like a doctor does in his operation.

“Jogbani, Jogbani!” a boy spoke at the top of his voice. My dearest author was beside me. He was lost in thought. We had not interacted up to now.

“Brother…let’s go on rickshaw; we can reach sooner.”

“Ok,” he agreed.

We rode on a rickshaw. Oh! My beloved storywriter is sitting being stuck with me. How great he is! I came to know that he has his last name ‘Nepali.' Otherwise, his family name was Upadhdhyaya. I had read this in his interview. We all are Nepalese. All Nepalese have one caste, which is Nepali. In fact, in this time when our society is rampant with the mist of communalism, this kind of feeling and notion can give a moral to the society. Besides, he had set an example by marrying a girl from the cast, which was supposed to be lower than his cast. He might not have realized that how closely I know him. Between us was no space. We were packed so tightly that even a small gust of wind could not pass through the space between us. The sunrays had a partial victory over the hazy weather. I wished that that time would stop, because after a moment we would no more be anonymous to each other. I was hurrying to say that I was really an avid reader of his stories. He might be happy to get his readers even in such a distance. I was eager see the change in his facial expression at that moment.

“I just came to know that cold is as same as in Kathmandu, isn’t it, sister…?”

How lovely are his words, how sweet they are!

“Yes, brother…the atmosphere is cold when here is cold wave.”

I felt like kissing his hands. How enchanting the words of his stories were, sweeter than rasbari, how romantic the dialogues were, strong enough to arouse a feeling of shyness. The meanings were so amorous, far greater than the sexual satisfaction.

My hairs would touch his cheek. I wish I had been a hair. He might not have been interested to read my mental state, otherwise, he might have already understood the state mind of any ordinary woman like me. It was not difficult for a writer who could make millions of his readers follow his ideas with the magic of his pen. Probably he wanted to fix himself like an ordinary person, otherwise, he could have stripped me off or sifted through me or could see me unveiling, by now. But he was not interested to do all the things. The first major reason behind this could be that new place, where he had come all the way from Kathmandu, and the next could be the moody nature commonly found in writers.

I asked the rickshaw puller to stop a little farther because there in the corner was a wholesale shop of kurta salwar for women. He might have loved his wife dearly, but he might not have been getting the same love from his wife. I have read that the litterateurs cannot satisfy their consorts. Therefore, he is going to take the kurta salwar for his wife.

“Which color does the sister-in-law like, brother?”

“She likes pink, but I love blue color, sister? See…all the deep things are blue. How blue is the color of the sky….how blue is the color of the ocean…” He spilled himself a little and I drank it lifting on my hands. That was a storywriter dwelling inside him – Yes, how long can a man stop or obstruct the huge store within him? But, he managed to control within himself. Thus, he was able to be a great and popular storywriter. I was waiting for a time when we would be returning to Jogbani in a rickshaw after purchasing the goods. He purchased two sets of kurta salwar.

“What other good things are found here in cheap price, sister…?”

“Biscuits, clothes and utensils are found in cheap price, brother.”

“Let it be…it will be difficult to carry a heavy load; let’s buy only some biscuits…and that would be enough.”

I decided not to buy anything because I can come to Jogbani the next time also. But, I might not again meet author Diwakar.

However, I had to buy pantie and bra – how should I buy in front of him? If I take him with me to buy them, what will he think? But those clothe items were quite essential for me.

“Brother, would you mind staying here for some time? I will come back soon buying something for me and then we go together.”

“Well, all right. Go and buy the things for you as well. Sorry if I have been disturbing you?”

How fast he had understood the feeling of my heart. Why could not he understand the feelings of an ordinary woman like me while he understands the psychology of many characters?

“No. No. Your presence is not disturbing me. It’s my good luck to meet the person like you…” My God! The reality had nearly slipped away from my mouth. Yes, it's true that man is nothing in himself. How hard one tries to keep oneself in self-restraint, there is something else to guide. I was lost in the thought about how I would express my feelings to him in the rickshaw. So, I entered into the other shop to buy pantie and bra, but that took a long time when I could not find the bra with the number to match my size. I rushed back to my dear author, but to my surprise, he was not there. I was nervous. I felt like deserted. Where might have he gone? New person! New place! Might he have gone missing? Or, might the merchants are hard selling their goods to my best author? Did I say something to pinch to his heart? It is said that authors are highly emotional.

Now I regretted for not asking his mobile number. My dreams of returning to Biratnagar in a rickshaw and having a lunch together with him shattered. I was perplexed and puzzled for a long time when I could not decide what to do and how to find the writer Diwakar amidst the sea of people. Then, I bought a few more things for me and waited for a long time at Jogbani bus-stand, but could not see him again. The bus I rode was pack with passengers, but I felt vacuous and felt like losing something. I felt like leaving my own shadow somewhere behind me. The thing I had been sitting beside him in the rickshaw and purchasing goods with him constantly came into my mind. How unlucky I was. I lost the opportunity of understanding my favorite storywriter from very close. If I had not gone to buy the pantie and bra, I could have talked and talked about the moment in a speed of 90 kilometers per hour to my friends. But everything came to a standstill. I was empty and alone.

Dear Diwakar, I was that unfortunate woman whom you had abandoned in Jogbani, knowingly or unknowingly. I even had got no opportunity to introduce myself to you. I think it is now meaningless to introduce myself to you. Did sister-in-law like the kurta salwar? I guess she might not be angry knowing that I had liked you so much. I am only an example; he has thousands of fans and admirers across the country. If the mountain hid its beauty, no one might have been enchanted with it. If the flowers did not spread its beauty and fragrance, no one might have given importance to the flowers. If humans had not worshipped the God, its existence would already have been faded. No shepherd girls in the thousands of number would run after lord Krishna. Thousands of fans would not have shoved each other to take autographs from their favorite singers. Rainbow appears when rain stops, but there was no certainty that it appears in each rainfall. Life is like the seven colors a rainbow. Who knows when or where the happiness is drawn in the canvas of life? 

आत्मालापको क्यानभासमा





कथाकार दिवाकार नेपालीज्यू, अहिले म मेरो पात्रको आत्मालापलाई फोटोकापी गरेर मेरो कथाको क्यानभासमा उतारिरहेकी छु । 
मेरो पात्र भन्दै छ - कथाकार अनामिकाज्यू, म तपाईँको कथाको पात्र त्यो पनि प्रमुख होइन-सहायक पात्र । आज आफ्नो व्यथा पोखिरहेकी छु । त्यसै पनि तपाईँले मलाई आफ्नो कथाको प्रमुख पात्रमा नराखेर मलाई अन्याय गर्नुभएको थियो । जसरी तरकारी बेच्ने पसलले मूल्य विनाको तरकारी थोरै छेउमा राखेको हुन्छ, जसरी एउटा फिल्म निर्देशकले् सानो भूमिका दिएर चलचित्रमा खेलाएको हुन्छ, जसरी एउटा मासु पसलले मासुको भाउ बेग्लै तोकी मूल्यविनाको टाउको र खुट्टा बेग्लै बेच्ने गर्दछ । हो त्यहीस्तरमा तपाईँले मलाई आफ्नो कथामा सानो भूमिका दिनुभएको थियो । भूमिका सानो भए पनि गहन र संवेदित थियो । मेरो कथाबाट पाठक अत्यन्त भावुक हुन सक्थ्यो । मेरो कथा यसप्रकारको थियो - देशमा द्वन्द्व चलेको समय थियो -सरकारीपक्ष र व्रि्रोहीपक्षको । राकेश र मेरो स्कुल पढ्दादेखिको प्रेम थियो क्याम्पस पुगेपछि हाम्रो प्रेम अझ मौलाउँदै र झ्याङ्गदिै गएको थियो । राकेशको सपना नै जागिर खाएर मलाई बिहे गर्ने थियो । द्वन्द्वकालीन समयमा प्रहरीमा जागिर पाउन उसलाई गारो भएन । ऊ इन्सपेक्टर बन्यो । उसले जागिर पाइसकेपछि हाम्रो मिलनलाई कसैले रोक्न सक्दैनथ्यो । मेरो परिवारमा सबैजनाले द्वन्द्वकालीन अवस्थामा इन्सपेक्टरसँग बिहे नगर्ने सल्लाह दिएका थिए । तर हामीले सँगै मर्ने सँगै बाँच्ने कसम खाएका थियौँ । त्यसैले हाम्रो कसमकोअगाडि कसैको केही लागेन । हाम्रो बिहे भयो । हाम्रो दुवैजनाको परिवारलाई दुख र अभावले लखेटेको थिएन । त्यसैले सम्पूर्ण खुसीहरू हामीलाई बाटो देखाउदै अघि लाग्न थाल्यो । हाम्रा सपनाहरू विपना हुन पाएकोमा खुसीले नाचिरहेको थिए । यति धेरै लामो समयको पर्खाइपछि दुइआत्मा मिलन भएको थियो । लाग्थ्यो यो धर्ती र आकाशको मिलन थियो । हाम्रो खुसीको परिधि असीमित थियो । तर ..तर ..भाग्यले हामीसँग यसरी इष्र्या गर्ला भन्ने मैले सोचेकी थिइनँ । बिहे गरेपछि एक महिना पनि सँगै बस्न नपाउँदै राकेशको भिडन्तमा मृत्यु भयो । संसार शून्य भयो । पृथ्वीको गति रोकियो । हावा हावाविहीन भयो । प्रकाश प्रकाशविहीन भयो । मेरो भाग्यमा जताततै अध्यारोले साम्राज्य गर्यो । म राकेशसँग मर्न पनि सकिनँ । कृष्णले छोडेर गएपछिको विरहणी राधाझै म पनि विरहको धुनमा केके भन्दै लेख्दै हिड्न थालेँ । उसको सम्झनामा दिन बिताउनु कापी केके लेख्दै फ्याक्दै गर्नु मेरो नियति भएको थियो । एकदिन आफ्नो मनको बह कापीमा यसरी उतारेकी थिए

न त मरिजानु न त गरिखानु पायौ तिमीले किन 
चुडाल्यौ मायाको बन्धनलाई निठुरी त्यो हातले किन

सोचेको थिए मायालाई तिम्रो सिउरिनेछु चुल्ठोमा सधैँ
सोचेको थिए प्रत्येक ढुकढुकीमा त्रि्रै नाम जपिरहने

संसार जलेन मात्र तर मात्रै खरानी भए म किन 
लाशमाथि दागबत्ति बल्दैन मात्रै बलिरहे म किन -

जिउँदो लाश मात्रै भइरहन बाँच्नु छ भने
यो संसार त्याग्दैन यो शरीर किन -

सांसारिक बन्धन तोडे आत्माको बन्धनलाई
तोड्न सक्नेछौ तिमीले मसँगको जनमजनमको सम्बन्धलाई

यो शरीर भौतिकरूपमा मात्र जीवित थियो । आत्मा त राकेशसँगै गइसकेको थियो । कसरी फेरि जीवनले जीवन पायो मैले थाहा पाउन सकिनँ । भौतिक शरीर भौतिक नै हुँदो रहेछ । ऊ आफै हाँस्न जान्दो रहेछ, आफै रमाउन जान्दो रहेछ । राकेश जहिले पनि भन्ने गदथ्र्यो - 'म मरिहाले भने तिमीले अर्को जीवन सुरु गर्नु है ।' उसको यो वाक्य बारम्बार मेरो कान प्रतिध्वनित भइरहन्थ्यो । वास्तवमा एउटा प्रहरीको पत्नीले यी सम्भाव्यतालाई पहिले नै आत्मसात गरिसकेकी हुँदीरहिछे । त्यसैले होला राकेश विना पनि मैले जीवनलाई सम्झौता गर्न सिकाएँ । आस्था, विस्वास र प्रेम पाल्न सिकाएँ र गोरेटोमा एक्लै डोरिन सिकाएँ । तर जति हिँडे पनि नसकिने जीवनले थकाइ मार्न चौतारोको खोजीगर्न थाल्यो । सहारा दिने वैशाखी खोजी गर्न थाल्यो । शीतल छहारीको आवश्यकता महसुस गर्न थाल्यो । यस्तै रहेछ जीवन बाँचेर बाँच्न नसकिने । बुझेर बुझी नसकिने । भोगेर भोगी नसकिने । वसन्त फुल्ने यौवनमा मरुभूमिको तातो वाफले निसासिन्थेँ म । मजस्तै सयौँ विधवाहरू हेरेर मन बुझाउने गर्दथे । हामी तडपीतडपी बांच्न बाध्य थियौँ । हाम्रो सिउँदो क्रान्तिको आलो रगतमा उजाडिएको थियो । लोग्नेको न्यायो अँगालो हाम्रो लागि अकल्पनीय थियो । पुरुषको र्स्पर्श, गन्ध , आर्कषण हाम्रो लागि असम्भव थियो । वर्तमान हामीलाई सिस्नो पोलेझैँ पोल्ने गर्दथ्यो । भविष्य हाम्रो अन्धकारको गर्तमा भासिएको थियो । त्यसै पनि विधवाले समाजमा अपहेलित भएर बाँच्नुपर्ने बिडम्बना । न कतै खुसी थियो, न कतै उमङ्ग । न कुनै उद्देश्य थियो न कुनै भविष्य । धागो चुडिएको चङ्गाझैँ आकाशमा फगत उद्देश्यविहीन उडिरहनु हाम्रो नियति थियो । 
कथाकार अनामिकाज्यू मेरो कथा यस्तै थियो । मेरो कथालाई प्रमुख पात्रमार्फ लेखाउनुभएको थियो । मेरो भूमिका सानो भएपनि सशक्त र समसामयिक थियो । जुन कथाले राजनीति गरेर मन्त्री भएकाहरूको् हृदय हल्लाउन सक्थ्यो । उनीहरूको आँखामा चेतनाको बिम्ब झल्काउन सक्थ्यो । त्यसैले तपाईँले सानो भूमिका दिएर भएपनि कथामा राखिदिनु भएकोमा म अत्यन्त खुसी थिएँ । किनभने धेरैले यो कथा पढनेछन् र हाम्रो मरुभूमि बनेको जीवनमा कोही त वसन्तको पालुवा फुलाउन तयार होलान् कि भन्ने मलाई आशा थियो । तर्सथ सानै भूमिकामा भएपनि त जीवन्त हुन पाएकोमा औधी खुसी थिए“ । 
तपाईँको प्रमुख पात्रले पनि मलाई सहनुभूति देखाएको थिए । मैले सोचे अरू नभए पनि लेखकहरू संवेदित हुन्छन् र मेरो आर्तनादलाई निर्मूल पार्न कुनै पाइला चाल्नेछन् । तर तपाईँको प्रमुख पात्र लेखकले मलाई सहनुभूतिको शब्दपोखेर आफू हिँडिदियो । मेरो भाग्य उठाउने कोशिश नै गरेन । त्यसको बदलामा उसले आफ्नो विभिन्न समस्या र बाध्यताहरूको बन्धनले लाई बाँधेर आफूचाहिँ फुत्त उडेर भागिदियो । त्यै पनि मैले सोचै, जे जति भए पनि मेरो पीडा कथामा र्सार्वजनिक भएको छ ऊ नभए पनि अरू कोही मेरो भाग्य बनाइदिने बिधाता त अवश्य आउला । यस्तै आशामा मनमा अनेकौ रङ्गीविरङ्गी भावना उमार्दै जीवनको सप्तरङ्गी खुसीहरू मनमा खेलाउँदै आफू र्सार्वजनिक हुने दिनको प्रतिक्षामा थिएँ म । 
म र्सार्वजनिक भएं अर्थात् मेरो कथा छापियो । त्यो दिन शनिबार परेकोे थियो । म राष्ट्रिय पत्रिका मार्फ घरघरमा र दोकानदोकानमा पुगेकी थिएँ । म मा चञ्चलता र उत्सुकता बढेको थियो । पक्कै पनि मेरो कथा धेरै जनाले पढ्ने छन् । अनि कोशीको बाढीपिडितको हृदयविदारक दृश्य देखेर सहयोग गर्ने हातहरू निस्केझैँ मेरो वेदनामा साथदिने पाइलाहरू निस्कनेछन् । तर कथाकार अनामिकाज्यू, सबै सोचेको कुरा पूरा हुँदो रहेछन् । तपार्इँ त कथाकार कथा लेख्नु भयो कुनै पत्रिकामा दिनु भयो अनि सम्भव भए कुनै अर्को पात्रलाई बलीको बोका बनाउन खोज्न थाल्नुभयो होला । तर म त पत्रिका मार्फ पाठकको हातहातमा पुगेकी थिएँ । म सबै प्रकारको पाठकसँगै साक्षात्कार गर्दै थिएँ । र्
र्सवप्रथम म एउटा हाकिमकोमा पुगेँ। ऊ कुनै मन्त्रालयको सचिव त्यस्तै केही रहेछ । उसले सबैभन्दा पहिला सरुवाबढुवा अनि भष्ट्राचारको लिस्टमा कसैको नाम पर्छ की त्यो मात्र हेर्यो । उसले कथा भनेर साहित्यविधा त हेर्दै हेरेन । यदि मेरो कथा पढेर संवेदित भएर मलाई बिहेको प्रस्ताव राख्यो भने बूढो नै भए पनि के भो – काठमाडौँमा घर, गाडी, बैङ्कव्यालेन्स भएपछि के चाहियो - जीवनले एउटा र्समर्पण र संरक्षण खोजेको छ । त्यो पनि पाइहालिन्छ भन्ने सोचेकी थिएँ तर उसले त त्यो स्तम्भ नै हेरेन । त्यसपछि म एउटा कपडा पसलेकोमा पुगेकी थिएँ । कपडा पसलेले एकछिन पत्रिका पढ्यो । उसले राजनैतिक घटना पढ्यो अनि व्यवसाय स्तम्भको केही लेख पढ्यो । त्यसपछि उसले साहित्यस्तम्भ त हेर्दैहेरेन । एकछिन पछि त मेरो कथा भएको पानामा त उसले कपडा बेरेर पो बेच्यो । मलाई सारै नराम्रो लाग्यो । कम से कम एकपल्ट त पढी दिएको भए हुने नि † त्यो व्यापारी कति राम्रो र जवान थियो । ठ्याक्कै मैले कल्पना गरेको मेरो सपनाको राजकुमारजस्तै । अझ भनौँ द्वन्द्वमा मारिएका मेरा पतिजस्तै । मेरो मन कुँडियो । म त्यही कपडामा बेरिन बाध्न भए । मेरो अस्तित्त्व र मूल्य त्यही कपडामा बेरिन बाध्य भयो । एउटा कथाकारले कत्रो मिहिनेत गरेर भोकप्यास नभनी , छोराछोरी, लोग्ने वा स्वास्नी नभनी कथा लेख्छ । तर उसको कथा हविगत देखेर मलाई मेरोभन्दा पनि तपाईँहरूजस्ता कथाकारप्रति सहनुभूति जागेर आयो । जे हुनु भइहाल्यो अब अरू पनि त हजारौँ पाठक त छन् नि कसै न कसैले त सहिष्णुता त उमार्ला नि । त्यसपछि म एउटा लेखककोमा पुगेँ । लेखकले बडो ध्यानपुवक मलाई पढ्यो । उसले पढ्ने त भइगयो । सायद उसले तपाईलाई चिनेको पनि हुनसक्थ्यो । ऊ भावुक पनि भयो तर उसको घरको हालत देखेर मलाई रुन मन लाग्यो । उसकी स्वास्नी दसैँको खर्च मागेर गनगन गरिराखेकी थिई । छोराछोरी दूध विस्कुट खान नपाएर प्याकप्याक परिराखेका थिए । उसले मप्रति सहनुभूति जनायो । शायद ऊ म बाट अर्को फेरि नया कथा लेख्न चाहन्थ्यो होला । तर मलाई किन हो उसको सहनुभूतिको कुनै प्रभाव परेन । 
त्यसपछि म एउटा मन्त्री को घरमा पुगेँ । तर मन्त्रीज्यूहरू त यति व्यस्त रहेछन् । उसले पत्रिका पढ्नुको के कुरा उठाएर हेर्नसम्म भ्याएन । फेरि मेरो चित्त भाँचियो । ती मन्त्रीहरू हाम्रै लोग्नेको आलो रगतको होली खेलेर मन्त्री बन्न पुगेका थिए । तर तिनीहरू सबले बिर्सिए । केही राहतको चारो माछालाई फ्याकेझैँ फ्याकेर उनीहरू दायित्त्वबाट पन्छिए । मरुभूमिमा तडपेको माछालाई त्यो चारोको के महत्त्व हुन्थ्यो र - एउटा सानो घर सुखी परिवार र लोग्नेको संरक्षण हामीलाई चाँहिदैन र - चारैतिर ब्वाँसाहरू तिनीहरूबाट कतिञ्जेल बचेर हिँड्नु - मेरो मन सारै गल्यो - अपमान र वितृष्णको ज्वालाले । देशको क्रान्तिमा होमिएकाहरूका विधवाहरूप्रतिको सरकारको मौनता देखेर मेरो हृदय कहालियो । कतिपय देशमा मैले सुनेकी थिएँ लर्डाईमा विधवा भएकाहरूलाई विवाह गर्नेलाई सरकारले सुविधा र भत्ता दिएको हुन्छ । तर हाम्रा देशका तिनै नेताहरू हिजो हाम्रा श्रीमानका टाउकाहरू ग्रिनेटले उडाएर आज जेटमा उड्न सफल भएका छन् । तिनलाई हाम्रो अवस्थाबारे सुन्ने र पढ्ने र महसुस गर्ने फुर्सदसम्म छैन । मलाई लागेथ्यो व्यक्तिगत रूपमा कसैले हाम्रो पीडा महसुस नगर्ला तर सरकारी भत्ता चपाएर रातदिन समाचारको अघिल्लो पानामा छाइरहने मन्त्रीहरू र जनताका आवाज बोकेर संसदमा पुगेका सांसदहरूले त हाम्रो भावना बुझ्लान् । तर मेरो आशामा डढेलो लाग्यो । मेरो मात्र हैन मजस्ता हजारौँ द्वन्द्वपीडित विधवाहरूको भावना डढेलोसँगै धुवाँधुवाँ भएर आकाशमा विलीन भयो । जुनसुकै कुरालाई पनि आन्दोलनमार्फ अभिव्यक्त हुने र पूरा हुने हाम्रो राजनैतिक र सामाजिक संस्कारमा हामीले कुन परिभाषामा मार्फ हाम्रो भावना व्यक्त गर्न सक्छौ । सक्नुहुन्छ भने हामीलाई त्यस्तो परिभाषाको आन्दोलन गर्ने तरीका सिकाइदिनु होला - 
कथाकार दिवाकर नेपालीज्यू, यो एउटा द्वन्द्वपीडित महिलाको आर्दनाद हो । मैले यो दन्दपिडीत महिलाको कथा लेखेर र्सार्वजनिक गरेको केही समयपछि साच्चै एकल महिलाको लागि सरकारले बजेट भाषणमा केही सुविधा दियो तर त्यो त्यति र्सार्दभिकता थिएन किनभने त्यहा एकल महिलालाई बिवाह गर्नेलाई सरकारले मात्र पचास हजार दिने व्यवस्था गरेको थियो । यसले एकल महिलाको स्वभिमानमा ठेस पुग्न सक्थ्यो । सरकारले त्यसरी सुबिधा दिनु भन्न्दा लर्डाईमा शहिद भएकाहरुको विधवालाई विबाह गर्नेलाई अन्य सरकारी सुबिधा भत्ता दिनुपर्दथ्यो जुन अन्य देशहरुमा पनि गरिएको हुन्छ । तर मेरो पात्रले सरकारले त्यो सुबिधा दिएपछि केही मात्र भएपनि सरकारले विधवाको मर्म बुझिदियो भनेर चित्त बुझाइ होला त्यसपछि मलाई केही भन्न आइनन् ।
वास्तवमा द्वन्द्वमा यस्ता धेरै नारीहरु विधवा भएका छन् । तिनीहरू आफ्ना भावनाहरू सडकमा ल्याई अन्य पीडितपक्ष्ँले झै आन्दोलन गर्न सक्दैनन् । त्यसैले उनीहरूको जीवनलाई एउटा लक्ष्यमा पुर्याउन सरकारले कुनै गतिलो पाइला चाल्नै पर्छ ।

मेरो पात्रको प्रेमकथा र म


ऊ मेरो पात्र, मसँग विद्रोही बन्दै प्रश्न गर्छ, "तिमीहरू साहित्यकार नयाँ युग र नयाँ चेतनाका अधिकर्ता । नयाँ प्रयोग र नयाँ धाराका भाषण गर्र्छौ, के हाम्रो समाजले सबै विचारलाई आत्मसात् गरेको छ - तिमीहरू समाज डोर्याउने सपना देख्छौ अनि विपनामा शब्दका विगुल फुक्छौ । खोइ डोर्यायौ समाज - नत्र भने बारुद गोलीको मात्र कुरा गरेर समाजलाई जङ्गल मुक्ति र आन्दोलनको भयावह विपत्तिबाट प्रेम र आदर्शको परिकल्पनामा किन तान्न सक्दैनौ तिमीहरू - तिमीहरू समाजका दास हौ । त्यसैले समाजका विक़तिहरूलाई जलाएर खरानी पार्नुको सट्टामा धुपौरे बनी बालिरहन्छौ ।"

ऊ अर्थात् मेरो पात्र, ऊ कसैलाई प्रेम गर्छ । उसको विरह र बिलौनाले भरिएको प्रेमकथालाई आज म साहित्यिक कथाजालमा बुनेर आफ्नो साहित्यिकधर्मिता पूरा गर्न गइरहेको छु । उसको प्रेमलाई समाजले र्समर्थन पनि गरेन अनि स्वीकार पनि गरेन । आदर्शताले भरिएको उसको प्रेम सामाजिक विकृति र विसङ्गतिले पिल्सिएको थियो । त्यसैले उसको प्रेमलाई समाजले कुनै मूल्य र मान्यता दिएन । उसको प्रेमको पक्षधर समाजमा नभएका होइनन् तर तिनीहरू शक्तिहीन, निमुखा र लाचार थिए । त्यसैले उनीहरूले उसको पक्षमा कुनै ठोस पाइला चलाउन सकेनन् । 
ऊ आफ्नी प्रेमिकालाई हृदयदेखि नै चाहन्छ । उसको प्रेम हिमालको कञ्चन हिउँ जस्तै शुद्ध र स्वच्छ थियो । उसको प्रेम उषाको क्षितिजझैँ मनमोहक थियो । उनीहरूको प्रेम उषाको आदित्य लालिमासँगै लुकामारी खेल्दै यौवनको खुड्किलोमा चढ्दै गएको थियो । वनपाखा, डाँडाकाँडा, भञ्ज्याङ्ग चौतारामा सबैतिर उनीहरूको प्रेम सुवासित भइरहन्थ्यो । झरनाको ध्वनीसँगै र सल्लाको सुसेलीसँगै वयेली खेल्दै माधुर्य संगीत छर्दै वनपाखा चर्न पुग्दथ्यो । खोलाको कलकल ध्वनिले उनीहरूको प्रेममा संगीत भथ्र्यो । तर उनीहरूको सपना वास्तविक हुन पाएन । कल्पनाले एकीकार लिन सकेन । उनीहरूका प्रेमका विरोधीहरूले षडयन्त्र रचे अनि निर्ममतापुवक उनीहरूको प्रेमको हत्या गरिदिए । यस्तो दर्दनाक स्थितिमा उसका विरह र वेदना छालहरू किनारा खोज्दै मेरा संवेदनशील पोल्टामा ठोक्किन आइपुग्छन् अनि पोखिन्छन् यसरी ः- तिम्रो साहित्यले घाउलाई खोतलेर अझ गाढा घाउ बनाइदिन्छ तर त्यसलाई निको पार्ने र निको पार्न लगाउने क्षमता तिमीहरूमा छैन । तिमीहरूले प्रेम र खुसीलाई बिर्सिसक्यौ । त्यसैले मेरी प्रेमिका शान्ति हराउँदा मेरो भावनाको उपहास मात्र गर्यौ । किनभने मेरा भावनामा संवेदनशील भएर यो समाजको विरुद्ध एक जुट भई मेरो प्रेमलाई सफल बनाउन सकेनौँ । यो निष्ठुरी समाजले मेरो प्रेमको घाँटी निमोठी हत्या गरिदियो । मेरो प्रेमका खलनायक यही समाजमा ब्याप्त छन् । खै तिमीहरूले चिनेर बुझेर पनि आवाज उठाउन सक्यौ - खोइ, मेरो अधिकार स्वतन्त्र विचारको संरक्षण गर्यौ - तिमीहरू स्वतन्त्र विचारका पुजारीहरू मेरो शान्ति, मेरो ढुकढुकीलाई कसैले अपहरण गरेर लाँदा मूकदर्शक भएर हेरिरह्यौ । म निष्प्राण भएर बाँच्न बाध्य छु । तिमीलाई थाहा नै छ । म र मेरी प्रेमिका शान्ति कसरी प्रेमिल संसारमा रमाउन पुग्थ्यौँ । हामी दुइले एक पल पनि नछुट्टनिे प्रण गरेका थियौँ । केही समय अलग भएर बस्नुपर्दा हामी पानी विनाको माछाझैँ तड्पिन्थ्यौँ । अनि तुरुन्त सर्म्पर्कमा आउन चिठ्ठी, फोन वा च्याटिङ्गको उपभोग गर्दथ्यौँ । एक आपसमा भावना, अनुभूति नपोखी हामी कुनै क्षण बस्न सक्दैनथ्यौँ । हाम्रो मायाको थुंगा मालामा परिणत हुन नपाउँदै धुजाधुजा पारिदियो परिवेश र परिस्थितिले । मधुर मिलनको परिकल्पनामा बाँचेको हाम्रो प्रेमको मुना फस्टाउन नपाउँदै निमोठियो अनि किल्चियो । 
तिमीहरू साँच्चै समाज डोर्याउन सक्छौ भने अब बन्दुक र गोलीहरूका होइन प्रेमको विगुल फुक अनि सबैजना रमाऊन प्रेममा । मैले जस्तो अधुरो प्रेममा मर्माहत भएर कसैले बाँच्नु नपरोस् । अनि मान्दछु म तिम्रो अगुवाइलाई । 
ऊ अर्थात् मेरो पात्र, साँच्चै नै शान्तिको लागि जन्मेको थियो । अनि शान्ति उसको लागि जन्मेकी थिई । उनीहरूको सम्बन्ध जूनसँग जुनेली, आकाशसँग क्षितिज, उषासँग किरण, घामसँग छाँयाझैँ अकाट्य थियो । उनीहरू एकअर्काका लागि बनेका थिए । तर समाज परिस्थिति र परिवेशको निर्मोही हातले उनीहरूलाई अलग बनाइदियो । मेरो पात्र मलाई पनि खलनायक बनाउन पुग्दछ । म साहित्यकार भएको नाताले उसको भावना नबुझेको होइन । मैले उसको प्रेम समाजका अगाडि नराखेको होइन । तर के गर्नु समाज परिवर्तन हुन पनि त समय लाग्छ । औषधि खाने बित्तिकै विमार निको हुने पनि होइन नि त्यसको लागि पनि समय चाहिन्छ । तर ऊ आफ्नो अपहरित प्रेमिका विना एक पल पनि बाँच्न नसक्ने अभीष्ट व्यक्त गर्दछ । हो समाज परिवर्तनशील छ, म मान्दछु । मानव विकासको अभ्युदय देखि नै समाज परिवर्तित र विकसित हुँदै आएको छ । यही परिवर्तन हुने क्रममा समाज विभिन्न धारमा बगिरहन्छ । त्यस्तै धारलाई आधार मानी साहित्यले साहित्यरस बगाइरहन्छ । अहिले समाज व्यक्ति स्वतन्त्रताको हकमा अघि बढिरहेछ । वादहरूको साँढे जुधाइमा धेरै बाच्छाबाच्छीहरूको बाँच्ने अधिकार खोसिँदैछ । विचारहरू बाझिरहेछन् । समाजमा अनिश्चितताको कालो बादल मडारिरहेछ । यस्तो विचार, क्रान्ति र युद्धको मन्थनले कुन किसिमको बौद्धिक धारणाको उत्पत्ति हुन्छ भन्नेकुरा कसैले सोच्न सकेको छैन । यहाँ प्रत्येक व्यक्ति अन्यौल, त्रास र अभावको गुजुल्टोमा अल्झेर लडिरहेछन् । यस्तो अवास्थामा मेरो पात्रको प्रेमविलौना मुनासिब छ । यहाँ मेरा पात्रजस्ता धेरै पात्रहरू छन्, जसले अर्धमुर्छित अवस्थामा बाँच्नु परिरहेछ । तिनीहरूले शरणार्थी, अपहेलित र विक्षिप्त अवस्थामा जिन्दगीको गति नापिरहनु परेको छ । हाम्रो समाज एउटा कथाकारको अधुरो कथा भएको छ । जहाँ पात्रहरू निर्दिष्ट बाटो हिँड्न सकेका छैनन् । जहाँ मेरो पात्रझैँ धेरै पात्रहरूको अतृप्त चाहनाहरू मेघ गर्जेझैँ गर्जिराखेका छन् । 
म मेरो पात्रप्रति सहानुभूति जनाउंछु । तर ऊ त्यो सहानुभूतिलाई आत्मसम्मान प्रति चोटिलो प्रहार ठान्दछ । उसलाई म बुझाउन खोज्दछु । म पनि ऊजस्तै कुनै शान्तिलाई प्रेम गर्छु अनि पूजा गर्छु तर समाजमा उत्पन्न हुने विभिन्न व्यवधान र परिस्थितिले हाम्रो प्रेमलाई नराम्रो गरी निमोठ्न खोज्दछ । म पनि ऊजस्तै आ प्रेममा आएको अकल्पनीय कुठाराघातबाट विचलित हुन पुग्दछु । स्वतन्त्रताको पक्षधर हुँदाहुँदै पनि म नैतिक वकालत गर्न सकिरहेको छैन । मलाई थाहा छ कसैको सम्झनामा मुटु दुख्दा कस्तो हुन्छ भनेर । त्यसैले म मेरो पात्रप्रति अत्यन्त भावुक हुन पुग्दछु । 
समाज परिवर्तनको क्रममा म, मेरो पात्रजस्ता धेरै प्रेमीहरूको प्रेम पेण्डोराको बक्सामा बन्द भएका छन् । हाम्रा खुसी र चाहनाहरू खलनायकत्वको भूमिकामा रूपान्तर भइरहेका छन् । त्यसैले हामीले प्रत्येक पल बाँच्दै मर्दै गर्नु परिरहेछ । हामी यस्तो समय पर्खिबसेका छौँ जब हामीभित्रको खलनायकत्वको भूमिका समाप्त हुनेछ । अनि प्रभावकारी नायकत्वको भूमिकामा प्रेम, खुसी र चाहनाहरू स्वतन्त्र धरातलमा विचरण गरिरहेका हुनेछन् । त्यस समयमा म, मेरो पात्र जस्ता धेरै पात्रहरू आफ्नो प्रेमको सुमधुर मिलनमा हराउनेछन् । अनि आफ्ना उद्देश्य पूरा भई निर्दिष्ट बाटोमा हिँड्नेछ । अनि मेरो यो अकथाले कथाको रूप लिनेछ ।

बाँसुरीको धुन




तीन वर्षपछि म माइत आएकी थिएँ । घरमा चारैतिर मेरो आगमनले एक किसिमको रोमाञ्चकता छाएको थियो । विवाह भएपछि एकपल्ट मैतालु फर्काएपछि मैले श्रीमानसँगै विदेश जान पाएकी थिएँ । तीन वर्षम्म माइत आउन नपाएकी चेली म आउने खबर तीन महिना अघि नै चारैतिर फैलिसकेको थियो । अझ म आउने दिन र समय पनि धेरै जसोलाई कण्ठस्थ थियो । मैले पनि बा-आमा, काका-काकी, दाजु-भाउजू, ठूलोबुवा-ठूलीआमा, सानोबुवा-सानीआमा आदिलाई गच्छेअनुसारको उपहार ल्याएकी थिए । आफूभन्दा सानालाई भागअनुसारको भागबण्डा लगाइदिएकी थिएँ । विदेशी साडी, घडी, खेलौना, कपडामा खुसीहरू साटिएका थिए । त्यो दिनभर घरका कुना कुनामा खुसी र उमङ्गका लहरहरू फैलिएको थियो । विदेशी गफ र फोटोहरूमा घडीको सुई चलिरहेको थियो ।


लोग्नेमान्छे खलक मेरो श्रीमानसँग र स्वास्नीमान्छे खलक मसँग गप्फिन व्यस्त थिए । मेरी काखकी छोरीले झन् सुनमा सुगन्ध छरिदिएकी थिई । मसिना केटाकेटीहरू मेरी छोरीसँग मस्त थिए । मेरो बुवाको नाक घोक्रेर घिरौला जत्रो भएको थियो । छोरीले राम्रो जुवाइँ पाएकी अनि विदेश गएर दुईचार लाख रूपैयाँ पनि ल्याएकी हुनाले आफैँ गर्वले फुलेर मख्ख हुनुहुन्थ्यो । मेरी आमा भने मैले ल्याएका सामानहरूको अनुमानित मोलतोल गर्दै असल कमसल मूल्याङ्कन गर्न व्यस्त हुनुहुन्थ्यो । घरका भाँडावालहरू सबैका मुहारमा उत्सुकता र उमङ्गका भावहरू छरिएका थिए ।

पहिलो दिन कति चाँडै बित्यो मलाई थाहा पत्तै भएन । दोस्रो दिनदेखि मेरो चासो र उत्सुकता घरको संघार काटेर छिमेकीको आँगनतिर पुग्न थाल्यो । मैले आमासँग छिमेकीको बारेमा पनि सोधीखोजी गर्न थालेँ । मैले आफ्ना पुराना नमा छिमेकीको एउटा झ्यालसंग नाता गाँसिएको अनायास सम्झना गर्न पुगेँ । मेरो जीवनको पानामा त्यो झ्यालसँग अतीतका केही घटना गासिएको थियो । त्यहाँ सुधिरको चित्र थियो । मैले आमासँग सुधिरको बारेमा सोधीखोजी गरेँ । हाल सुधिर कुनै प्राइवेट स्कुलमा टिचिङ्ग गर्दैछ भन्ने कुरा पत्ता लगाएँ । त्यसपछि म घरायसी काममा व्यस्त भएँ । विदेश बसेर आएको मेरो माइतमा मैले श्रीमानको टहलपहल गर्नुपर्ने अभिभारा थियो । साँझ पर्‍यो, हामी खाना खाएर केही छिन सपरिवार गप्फिएर सुत्नतिर लाग्यौँ ।

राति अचानक कतैबाट बाँसुरीको धुन बज्न थाल्यो । त्यो बाँसुरीको धुनसँग मेरो अतीत नाच्न थाल्यो । म छटपटाएँ । सुत्न सकिनँ । मेरो श्रीमान्ले सोधे- के भयो - मैले भने- "हेर्नोस् न कसैले कति नमीठो गरी बाँसुरी बजाइरहेछ ।" उसले सजिलै उत्तर दियो - "होला कोही आफ्नो प्रेयसीको विरहमा बजाउने ।" उसको मार्मिक उत्तरले मेरो मुटु ढुकढुक गर्न थाल्यो । कतै उसले थाहा पायो भने । हुन त हामी यस्ता कतिपय गफहरू खुल्लारूपमा गर्र्छौँ । ऊ पनि विवाहअघि आफूलाई मन पराउने केटीहरूको लिष्ट नै सुनाउँथ्यो । म पनि केही कम थिइन । अझ मरमसला थपेर स्वादिष्ट व्यञ्जन बनाएर पस्कन्थेँ । यस्ता व्यञ्जन पस्कने क्रममा हाम्रो होडबाजी नै चल्दथ्यो । अनि अन्त्यमा मैले नै हार खानु पर्दथ्यो ।

म सुत्न नसके पनि ओछ्यानमा पल्टेर बाँसुरीको धुन सुनिरहें । त्यो करुणरसले भरिएको धुनको तालसँगै मेरो अतीत तरङ्गति हुनथाल्यो । आजभन्दा करिब चारवर्षअघिको कुरो, म धकढ्य बाबुकी छोरी थिए । सुधिर उही बाँसुरी बजाउने युवक छिमेकमा कोठा लिएर बसेको थियो । ऊ निम्नवर्गीय थियो । हामी दुवै साइन्स क्याम्पस पढ्थ्यौँ। ऊ मभन्दा एक वर्षसिनियर थियो । प्रायः घरमा अनि क्याम्पसमा हाम्रो देखादेख हुन्थ्यो । सुरुमा म उसलाई त्यति चासो राख्दिनथे“ । क्याम्पसमा आफ्नै व्याजको केटाहरू, त्यो पनि सम्पन्न परिवारको केटाहरूसँग मात्र मेरो सर्म्पर्क हुन्थ्यो । उसको लवाइ साधारण थियो, तर बोलचालमा भने केही गम्भीरता र दार्शनिकता थियो । ऊ कहिलेकाहीँ आफ्नो झ्यालबाट हाम्रो महलको भव्यता, शान, शौकत एकोहोरो हेरिरहन्थ्यो । ठूलो घर, ठूलो परिवार अनि ठूलै रौनकतालाई ऊ गाउँको मान्छे भएर आकषिर्त गरेको होला म ठान्दथेँ । तर होइन रहेछ ऊ त विशाल आकाशमा चन्द्रमाको चाँदनीमा शीतलताको अनुभव गर्न चाहँदोरहेछ । मैले पछि थाहा पाएँ, ऊ मसँग नजिक हुन चाहँदोरहेछ । क्याम्पसमा पनि के के बहाना बनाएर मसंग बोल्न खोज्दथ्यो । कहिलेकाहीँ कविगोष्ठीमा कविता सुनाउँदा मलाई नै भनिरहेछ भन्ने भान हुन्थ्यो । बिस्तारै उसको चासोको पारो चढ्न थालेको थियो । हुन त मेरो अनुपस्थितिमा मेरी आमासँग मेरो पढाइको विषयमा सोधीखोजी गर्दथ्यो । मेरी आमालाई 'साइन्स गाह्रो हुन्छ मसँग पढ्न पठाइदिनोस् म पढाइदिन्छु' भन्दथ्यो । आमा उसको कुरालाई फोटोकपी गरेर मलाई सुनाउनु हुन्थ्यो, तर म वेवास्ता गर्दथेँ।

हाम्रो घरमा एकसेएक स्मार्ट र पढेलेखेको केटाहरूको आवतजावत हुन्थ्यो । कोही काकीको भाइ, कोही भाउजूका दाजु, अनि कोही भाँडावालका आफन्तहरू । सबै मसँग वैवाहिक सम्बन्ध गाँस्न केही न केही बहाना लिएर आउँदथे । विस्तारै घरमा मेरो विहेको कुरो चल्न थाल्यो । म भने तुरुन्त विवाह गर्ने पक्षमा थिइनँ । समय लम्बिदै गयो । बीचमा क्याम्पस केही दिन बन्द भयो । ऊ त्यो झ्यालमा देखा पर्न छोड्यो । मैले सोचेँ सायद ऊ घरमा चामल र खर्च लिन गयो होला । मलाई ऊप्रति किन हो विस्तारै दया र सहानुभूति जागेर आउँन थाल्यो । केही दिन पछि ऊ पुनः देखा पर्‍यो । किनभने उसले आफ्नो पढाइ खर्च पूरा गर्न केही ठाउँमा ट्युसन पनि पढाउने गरेको थियो । घरबाट आएको दिन उसले यति मीठो बाँसुरी बजायो- म सुनिरहेँ । उसले बजाउन पहिल्यै नै सिकेको हुनुपर्छ । नत्रभने यति छोटो समयमा कसरी सिक्यो होला । ममा कौतूहलता जाग्यो । कौतूहलतालाई मौनताको बाकसमा बन्द गर्दै दैनिक क्रियाकलापमा आफूलाई व्यस्त बनाएँ ।

उसले फेरि मेरी आमालाई मेरो परीक्षाको चिन्ता गर्दै नोटकापी लिन आउन समाचार छोडेछ । मैले पनि आफूलाई फाइदा हुने काममा किन पछि पर्ने भनेर एकदिन उसको कोठामा गएँ । उसको कोठामा स्टोभ बलिरहेको थियो । कराहीमा भात र तरकारी एकै ठाउँमा पाकिरहेको थियो । मैले झट्ट देखेँ । उसले हतारहतार छोप्यो । अनि स्टोभ बन्द गर्‍यो । सायद गफ गर्दा डिर्स्र्टब हुन्छ भनेर होला । मैले 'किन बन्द गर्नु भएको पाकोस न्' भन्दा 'हैन पाकिसक्यो' भनेर मलाई विशुद्ध झुटो बोल्यो । मैले त्यो काँचै छ भन्ने अनुमान लगाइसकेकी थिएँ । कुराको सर्न्दर्भ मोड्दै मैले आफ्नो परीक्षाको विषयमा सोधीखोजी गरें । उसले केही कुरा सिकाइदियो अनि नोटकापीहरू पनि दियो । त्यस समयमा म अलिक उट्पट्याङ्गे स्वभावकी थिएं । त्यही माथि यौवनका उन्मुक्त छालहरू हसीमजाकमा तरङ्गति हुने समय थियो । मैले उसलाई 'खाना खुवाउनु हुन्न' भनी ठट्टा गरे । उसले मेरो कुरा नकार्न सकेन- मलाई प्लेटमा अलिकति हालेर दियो । मैले उसको खाना काँचो छ भनेर आफूले बोलेको कुरालई सत्य साबित गराउन 'खाना खुवाउनु हुन्न' भनेको थिएँ । साँच्चिकै खाना काँचो थियो । मैले 'यो पूरै काँचै छ' भनेर एक चम्चा मात्र मुखमा हालेर मिल्काइ दिएँ । उसलाई सायद नराम्रो लाग्यो होला । उसले अनुहार नमीठो बनायो अनि 'फेरि पकाउँछु' भनेर गम्भीर भयो । म भने उसको यथार्थको खिल्ली उडाउँदा र आफूले बोलेको कुरा सत्य साबित गर्न पाउँदा खुसी भएकी थिएँ । मेरो व्यवहारले सायद उसलाई चोट पर्‍यो होला, किनभने पीडा भोग्नेलाई मात्र थाहा हुन्छ पीडाको भोगाई । त्यो रात उसले रातभर बाँसुरी बजाइरह्यो । मध्यरातमा म ब्यूझिँदा पनि बजाइरहेको थियो । सायद मैले उसको विपन्नताको नचाहिँदो प्रदर्शन गरेर होला उसको आत्माबाट वेदनाहरू छरिएर बांसुरीको सुरसँग निस्किरहेको थियो । मलाई आत्मग्लानी भएर आयो । मैले आफ्नो सम्पन्नता र वैभवकताको मादकतामा कुनै निर्धनको उपहास गर्नु ठीक थिएन । उसले मलाई धेरै पटक सहयोग गरेको थियो । मैले उसलाई कृतज्ञताको बदला कृतघ्नता दिइरहेकी थिएँ । मलाई उप्रति दयाको साथसाथै माया र सहानुभूति जागेर आयो । त्यसपछि ऊ प्रत्येक रात बाँसुरी बजाउँथ्यो । कुनै रात बजाएन भने म छट्पटिन्थेँ, किन बजाएन भनेर, म उसलाई निकै चासो दिन थालेकी थिएँ ।

केही समयपछि ऊ क्याम्पस आउन छाड्यो । उसलाई मैले नोटकापी बुझाउनु पर्दथ्र्यो तर्सथ मैले उसको डेरा जाने निश्चय गरेँ । योजना मुताबिक म उसको डेरामा पुगेँ । डेरामा उसकी आमा आउनुभएको रहेछ । ऊ निकै विमारी भएको रहेछ । मैले नोटकापीहरू दिएँ र धन्यवाद पनि । ऊ निकै सिकिस्त भएको रहेछ । म पनि गम्भीर भएँ ।
"नानीको घर कहाँ हो -" उसको आमाले परिचयको पर्दा खोल्नुभयो । मैले पनि सम्पूर्ण औपचारिकता पूरा गरेँ । अनि उहाँले भन्न थाल्नुभयो- "हेर न्, नानी बाँसुरी नबजाउनू छातीको विमार छ भनेर डाक्टरले भनेको थियो, मानेन । अस्ति जवरजस्ती घर जाँदा लिएर आयो । सायद रातभरि बजायो होला । बिमारी भएछ । पढ्नेमान्छे यसरी विमार भएर कहाँ हुन्छ र म यही समाचार सुनेर आएको नि नानी ।" उसको आमाको कुरा सुनेर म स्तब्ध भए“, आत्मा पोल्न थाल्यो । त्यो बाँसुरी बनाउन बाध्य गर्ने त म नै थिएँ । उसको पहेँलो अनुहार, दार्शनिक हेर्राई अनि असक्तताले मलाई पिरोल्न थाल्यो । उसको आमालाई सब कुरा भन्न पनि सकिनँ अनि असमञ्जस्यताको खाडलबाट उक्लदै 'राम्रो उपचार गर्नुपर्छ' भन्ने सल्लाह दिँदै म बाहिरिएँ । कोठाबाट बाहिरिए पनि त्यो घटना र परिवेशबाट बाहिरिन सकिनँ ।

मैले घरमा आमासँग आएर यो सब कुरा सुनाएँ । किनभने मेरी आमा मेरो प्रत्येक क्रियाकलापको निगरानी राख्नु हुन्थ्यो र म पनि उहाँलाई अनभिज्ञताबाट टाढा राख्न सक्दिनथेँ । उहाँले मेरो र सुधिरको विषयमा भित्रभित्रै धेरै कु
रा मनन गरिरहनुभएको थियो । उहा“को पनि ऊप्रति सहानुभूति थियो । हाम्रो घरमा गाई पालिएको थियो । मैले उसलाई दूध पठाउन आमालाई भनेँ । आमाले पनि मैले भने मुताबिक नै गर्नुभयो । उसको कोठामा मेरो आवतजावत केही बढ्न थाल्यो । उसले बाँसुरी बजाउन छोडिसकेको थियो । कहिलेकाहीँ म उसको कोठामा जाँदा बाँसुरी हेरिरहन्थ्यो । मेरो सुधीरसँग सर्म्पर्क केही बढेकोले घरमा गाइगुइँ कुरा चल्न थाल्यो । म घरको जेठी छोरी थिएँ । मैले केही काम गर्दा पनि सबैको आँखा र्सतक हुन्थे । अनि घरभरि मसम्बन्धी कुराहरू असरल्ल छरिएका हुन्थे । त्यो समयमा छोरीलाई परपुरुषस“ग हेलमेल बढाएको राम्रो मानिदैनथ्यो । अझ प्रेम सम्बन्धलाई अपराध जत्तिकै मानिथ्यो । मेरो विवाहको कुरामा घर, खान्दान, सम्पत्तिको कुरा अगाडि आउदथ्यो । यी सब कुराको अगाडि हाम्रो प्रेम लाचार र विवश थियो । मेरी आमाले यी सब कुराबाट विज्ञ भए पनि केही गर्न सक्ने हिम्मत उहाँमा थिएन । म आफैँ पनि घर, खान्दान र सामाजिक प्रतिष्ठाको बली दिएर सुधिरसँग सम्बन्ध गाँस्न सक्दिनथेँ । तर म ऊप्रति कसरी हो धेरै नजिक हुँदै गएकी थिएँ । 

मैले वास्तविकतालाई क्षणिक प्रेमले अन्धो बनाउन हुँदैन भन्ने कुरालाई मनन गरेँ । उसले जस्तै म पनि उसलाई प्रेम गर्थे । तर प्रेम भनेको प्राप्ति मात्र हैन बलिदान पनि हो । प्राप्तिले भन्दा प्रेम बलिदान र त्यागले अमर हुन्छ र सधैँ स्मरणीय पनि । मैले यो सब कुरा उसलाई अवगत गराएँ । ऊ मेरो सबै जसो कुरामा सहमत भयो । मैले अब उप्रान्त बाँसुरी नबजाउनू भन्ने वाचा समेत गराएँ। घरमा मेरो विवाहको कुरा चलिरहेकोथ्यो । भनेजस्तो कुलटुम्ब अनि विदेश पढ्न जाने योग्य वर सबैबाट स्वीकृत भएपछि मेरो विवाह भयो । विवाह पश्चात म दुइपल्ट माइत आएकी थिएँ । मैले उसप्रति खासै चासो राखिनँ । त्यसपछि म तीन वर्षा लागि विदेशिएको थिएँ । अचानक छोरीको रुवाइले मेरो तन्द्रा टुट्छ । उसले बाँसुरी बजाउन छोडिसकेको हुन्छ । म बिहान उठेर ऊसँग भेटेर गफ गर्ने निश्चय गरेर निदाउन प्रयत्न गर्न थालेँ ।

विहान म उसको कोठामा पुगेँ। कोठामा ताला लगाइएको थियो । म छक्क परेँ । यति विहान ऊ कहाँ गयो भनेर । मैले उसको घरवेटीलाई सोधेँ। उसको घरवेटीले मेरो हातमा सानो पत्र राखिदियो । 'सानु म तिम्रोजीवनदेखि धेरै टाढा जान चाहन्छु । त्यसैले यो ठाउँ छोडेर जाँदै छु ।तिम्रो सफल जीवनको लागि शुभकामना - उही सुधिर ।' पत्र पढेर म केहीछिन स्तब्ध भएँ । अनि परिचित छिमेकीसँग केही औपचारिक गफ गरेर त्यहाँबाट सधैँलागि विदा भएँ। मन एक तमासको भइरह्यो । सुधिरको अनुहारले पछ्याइरह्यो......। उसले भनेझैँ लाग्यो - 'अब मेरो लागि कुनै सोधखोज नगर्नू ।' 

बोर्डिङ्गे माष्टर (लघुकथा)




लघु कथानन्दलाल आचार्य
अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् ।

‘खट्नु, खट्नु, खट्नु, बेस्कन खट्नु ! कत्ति खट्नु ! खट्दा, खट्दै शरीर खस्कँदै गयो ।’ त्यत्तिकैमा उनी फत्फताए ।

‘कथी भेलौ बौवा !’ (के भयो, बाबु !) त्यत्तिखेरै डेरा मालिक्नीले लेघ्रो पसारिन् ।

‘के हुनु र आमा ! स्कूलमा मरेर काम गर्छु, यहाँ पनि स्कूलकै काम गर्नुपर्छ । गरेको देख्ने कोही होइन । काम पछि माम भेट्नुपर्ने हो तर यहाँ बाँच्नसम्म पाइन्न । भोकै र तिर्खै खटिरहनुपर्छ । यसो केही भन्न खोज्यो कि तलब दिएकै छ नि त भनिन्छ ।’ उनले दुखेसोका साथ स्पष्टीकरण दिए ।

‘ओ तोहोर बात भेलै । महिना लागले हमरा कोठाभाडा ला न !’ (त्यो तिम्रो कुरा भयो । महिना लाग्यो मलाई कोठाभाडा देऊ ।) डेरा मालिक्नीको कर्कस बोली फेरि गुञ्जियो । उनी तर्सिए ।

‘दिन्छु आमा ! दिन्छु । पेट काटेर भए पनि दिन्छु । टिउसन पढाएर भए पनि जोहो गरेको छु । स्कूलले दिएको तलवले मुखमा माड लगाउन त धौधौ हुन्छ । घरभाडा पुर्याउन त उही हो ।’ उनको तर्क सुनेर मालिक्नी गम खान थालिन् ।

‘हँ, हमर पोतों पढैछे । स्कूलों हमरा सभक मारमे पारै छै । तूँ सभ टिउसनके नाम पर हमरा सभक खर्चा बढाबै छी ।’ (हँ, मेरो नाति पनि पढ्छ । स्कूल पनि हामीलाई मारमा पार्छ । तिमीहरू पनि टिउसनको नाममा हाम्रो खर्च बढाउँछौ ।)

‘ए बाबा ! दान मागेको छैन । लुटेको पनि होइन । मानसिक श्रम गरेर दुई पैसा कमाएको त हो नि । बोर्डिङ्गे माष्टर भए पछि तलवकै भरमा बाँच्ने कुरा आएन । टिउसन पनि नपढाए त भाग्नुको विकल्प रहन्न ।’ सुनिल सरले पनि मुखभरिको जवाफ फर्काए ।

आमै चुपचाप मुण्टो हल्लाउँदी भइन् ।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
पत्राचार - लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी

अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा










साउदीका हरेक पत्र-पत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ
 म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा ब्यस्त रहन्थे ।
 तर आज अचानक पत्रिका परेको नजरले अचम्मैबनायो ।


हुन त मलाइ पनि कहाँ अरबी पढ्न आउथ्यो र ?
 राजको मोबाइलमा देखेको फोटो को कारणले चिनेको मात्रै हो ।
 मैले प्रतक्ष्य देखेको भने थिइन ?
 कालो बुर्का { साउदीमा महिलाले लगाउने कालो लुगा } लगाएर यात्रारत हुन्छन् यिनीहरु ।
 रुखले त बरु आफ्नो पात बोक्राले ढाक्दैनतर उनीहरुको शरीरको कुनै ठाँउ पनि ढाक्नबाँकी राख्दैनन् ।राजलाइ झुन्ड्याएर मारिएको महिना दिन नहुँदै नुरको आत्महत्याले म मात्र होइन नुरका परिवार पनि अचम्मित भए होलान् ।
 आज नुरको आत्महत्याको खबरले राजको अन्धकार पुर्ण दिन अनी उसलाइ गुमाएको पलझलझल आँखामा आउन थाल्यो ।

साउदी अरबको एक प्रतिष्ठित कम्पनिमा हामी दुबै जना सँगै काम गर्थ्यौ ।
 हामी मतलब राज र म ।
 हामी साउदीको मुटु राजधानी यानीकी रियादमा थियौ ।
 राज सप्लाइ डिपार्टमा कार्यरत थियो ।
 उनी सप्लाइको क्रममा साउदीका घर-घरमा जानु पर्थ्यो ।
 त्यसै क्रममा राजको भेट नुर सँग भएको थियो ।
 राज सँधै उनको बारेमा बताउथे ।
 नुरको प्रशंसा गरेर कहिले पनि नथाक्ने राजको ब्यवहार देखेर म आफै थकित हुन्थे त्यस्तै साथको खोजीमा ।

राजको ब्याख्यानमा म आफै अलमल्ल हुन्थेँ ।
 आखीर नुरमा के छ यस्तो ? मलाइ राजले फोटो देखाए पनि म रुपमा कहिल्यै बिस्वास गर्दैन थेँ । रुपमा किन मर्छस् राज ? सुन्दर फुल भित्रको राग-अनुराग अनी बिषादीको पनि अध्यन गर्न जरुरी हुन्छ ।
 हुन त तेरो रोजाइ नराम्रो त हुन सक्दैन तर पनि होस् गर राज यहाँको कानुन तैले सुनेकै छस् । फेरी हकिकतमा देख्न नपरोस्।

राज भावुक बनेर भन्थे “बिशाल,मायामा ज्यानै दिन परे पनि म तयार छु ।
 उनले दिएको यती माया नै मेरो जिन्दगीको पुर्ण खुसी बन्नेछ ।
 हेरौ जे लेखेको छ यो भाग्यमा त्यही हुन्छ ।

मलाइ यही मर्न लेखेको छ भने म पराइकै माटोमा मरौला ।
 हो मलाइ मेरो स्वच्छ पशुपतीमा ठाँउ नमिल्ला,बाग्मती को पानीले चोखीन नपाइएला, चन्दन सँगै जल्न नपाइएला तर मायामा दिएको ज्यान कहाँ खेर जान्छ र बिशाल ?
 हुन त म अभागी ठहरीनेछु बिदेशको माटोमा पुरीँदा तर पनि माया भनेको माया हो ।

नेपाल रहँदा सम्म कोही कसैमा आँखा नपरे पनि यहाँ उनीमा आँखा पर्नु मेरो भाग्यकोखेल हो बिशाल जे होगा देखा जायगा ।।।
 नुर र राजको प्रेम देखेर मलाइ पनि डाहा हुन्थ्यो ।
 मलाइ पनि प्रेममा डुब्न मन लाग्थ्यो ।

मरभुमी राप भित्र पनि राजको चमकता र मुस्कानले म सँधै प्रफुल्ल हुन्थे ।उनिहरुको प्रेम झाँगिदै थियो ।
 कहिले भेटेर त कहिले फोन बाट नै लामो समयसम्म उनिहरुको कुराकानी चल्थ्यो ।

म कहिले काँही जिस्काउथेँ “राज तेरो त काम तमाम भो, भाउजु सँग मलाइ नि कुरा गरान त यार।
 म पनि यसो सुनौ मेरी भाउजुको स्वर जुन स्वरमा राज अल्झिएको छ ।
 मेरो कुरा सुने पछी राजले फोन लाउड स्पिकरमा राखेर सुनाउथ्यो ,
 उता बाट आवाज आउथ्यो “ मिन हुवा ?”(को ऊ)
 “ राजले नरम भएर जवाफ दिन्थ्यो:“सदीग”(साथी)”ब िशाल । ।
 उनीहरुको कुरा कती खेर सकिन्थ्यो मैलै कहिले पनि थाहा पाइन ।
 म आफ्नै दुनियामा ब्यस्त हुन्थे उनीहरु आफै भित्र हराउथे ।
 एक कान दुइ कान मैदान ।
 उनीहरुको प्रेम नुरको घरपरिवारले थाहा पाए ।

उनका बाबा आमाले पुलीसमा कम्प्लेन गरे ।
 ठुलो रडाको नै मच्चियो ।
 अन्त्यमा राजलाइ फाँसी सुनाइयो ।
 फाँसी हुने अन्तिम रात राजले एउटा पत्र लेखेको थियो र मलाइ भनेको थियो ।
 राज यो पत्र एक चोटी पढेर नुरलाइ दे है ।
 मैले किन हेर्नु राज ? भन्दा राज भन्दै थिए , सायद तैले नै उल्था गर्नु पर्ला बिशाल ।

मेरो आँखा भरी आँसु टम्म थिए ।
 म डाँको छाडेर रुन पनि सकि रहेको थिइन ।
 तर राजको आँखामा भने डर,त्रास,पिर भनेको पटक्कै थिएन ।
 माया प्रतक्ष झल्किन्थ्यो ।

राजको पत्र लिएर म राज सँग अब अन्तिम पटकभेटेर फर्किदै छु भन्ने थाहा हुँदा मेरोमुटुले ठाँउ छाडी रहेको थियो ।
 मैले भगवानलाइ लाख बिन्ती गरेँ तर पनि भगवानले राजलाइ बचाउला जस्तो लागेन।
 म मन कठोर बनाउदै गाडी सम्म आँए र आफ्नो गाडी स्टार्ट गरेर अपार्ट सम्म आँए ।
 मैले हतार हतार राजको पत्र खोँले अनी पढ्न थाँले ।
 'मेरी नुर
 जुनी जुनी जिउनु ल ।
 तिमी त अन्तिम पटक भेट्न पनि आइनौ ।
 तर पनि मलाइ दुख मन छैन ।
 किनकी म तिमी जन्मेको माटोमा हाम्रो माया बिसर्जन गर्दैछु ।
 तिमीले देखाएको सपनाको महलमा म जिन्दगी बिसर्जन गर्दैछु ।
 भेट्दा,कुरा गर्दाको तिम्रो ब्यवहारले म तिमीमा नै समर्पित हुन्थेँ अनी अनौठो सपना देख्थे ।

तिमीलाइ मेरो सिमली भुवा उड्ने गाँउमा लगेर कोइलीको स्वर सँग दोहोरी खेलाउने ठुलो धोको थियो । तिमीलाइ थाहा छ नुर ?
 मेरो घर पहाडमा छ ।
 प्रकृतीको धनी मेरो गाँउ छहरा,पहरा,लहराल े भरीपुर्ण छ ।
 तिमीलाइ थाहा नै छ होला ।
 पढेकी पनि हौली, म त सगरमाथाको देशको मान्छे ।
 तिमीलाइ सगरमाथा घुमाउने रहर त रहरै भयोनुर ।
 तर पनि मेरो ठम्याइ छ ।
 त्याँहाको प्राकृतीक सौन्दर्यहरु तिमीलाइ देखेर मोहित हुने थिए ।
 कोइलीले आफ्नो स्वर निकाल्नु पहिले तिम्रो स्वर सुन्न चाहन्थ्यो ।
 अनी म तिम्रा हात समाएर सबैको सामु भन्थे- “आना हेब ईन्त नुर”(म तिमीलाइ माया गर्छु नुर ।)
 हुन त तिम्रो र मेरो अन्तिम भेट यही पत्रमा हुनेछ ।
 भाग्यमा भए प्रेम अमर भए अर्को जुनीमा भेटिनेछ ।
 आस छ भर छैन यो भाग्यको ।
 भगवानको मर्जी न हो ।

जे चाहन्छ उही हुन्छ ।
 तिमी भगवान भन्दा बुझ्दिनौ होला ।
 तिमीले भगवानलाइ “अल्ला” भनेर चिन ।
 भगवान भन या अल्ला भन एक हुन मेरो नजरमा ।
 तिम्रा बाबाले म हिन्दु भएकै कारणले मलाइ नकारेका हुन् मलाइ थाहा छ ।
 तिम्रा बाबाले धर्म परिवर्तन गर भनेर नभनेको पनि होइन ।
 तर मैले चाहिन त्यो ।
 किनकी धर्म परिवर्तनमा के नै छ र ?
 म जहाँ जन्मिए, जुन संस्कारमा जन्मिए, उही तरीका ले बाँचे ।
 कसको निधारमा लेखीएको हुन्छ यो मुश्लिम,यो क्रीश्चीयन,यो हिन्दु ....... भनेर ।
 हामीले मान्ने, प्रार्थना गर्ने शैली फरक हो तर भगवान एक हुन् ।
 तिम्रो बाबालाइ सुनाइ देउ नुर ।

मेरो भगवान मानवता हो ।
 तिम्रो बाबाको जस्तो अल्ला मेरो भगवान होइन ।
 हाम्रो प्रेम लाइ आड बनाएर तिम्रो बाबाले लडेको धर्मयुद्ध होइन
 त्यो त अहम् हो आफ्नो एरीयामा कुकुर पनि शेर हुने ।
 धर्म फरक भएकै कारणले म जस्ता कती मेरा नेपाली दाजुभाइ दिदीबहिनी हरु यहाँ हेपीएको चेपीएको तितो यथार्थ छ ।
 मान्छे आखीर मान्छे हो नी नुर, जात,धर्म, स्तर त हामीले बनाएकै त हो ।
 तिमी नै भनत जन्मनु भन्दा अगाडी तिमी कुन धर्मको थियौ ?
 काटे रगत त रातै आउछ नी हैन र नुर ?
 कि हिन्दु को रगत रातो अनी मुश्लिम,क्श्चीय नको सेतो,हरियो हुन्छ
 की हिन्दुको हरियो सेतो रगत हुन्छ तिम्रो बाबालाइ सोध है ।
 हुन त तिम्रो बाबालाइ प्रेमको महत्व के थाहा ?
 सँधै पैसाकै पछाडी कुद्छन् ।

पैसा दिएर धर्म परिवर्तन गर भन्छन् ।
 पैसाले माया पाइने भए संसारमा सबै पैसावालहरुपुर्ण हुन्थे ।
 उपहार दिँदैमा,कुनै एक बिशेष दिनमा मायाजाहेर गरेर माया गरेको भन्ने सोच्ने तिम्रो बाबालाइ माया गर्न सिकाउ नुर ।
 तिमीःलाइ त माया गर्न आउछ नी है ?
 तिमी सँग भेट हुने यही अन्तीम हो ।
 त्यसैले मलाइ यो पत्र टुङ्ग्याउन मन छैनअनी चाहन्न पनि तर पनि लामो गन्थनमा फस्दा लेख्दा लेख्दै अन्त्यमा तिमी सँग बिदा माग्न पनि नपाइयला की झै लाग्छ ।

त्यसैले हाम्रो भेट अब सक्नु पर्छ मैले ।
 यो बेग रोक्नु पर्छ मैले जुन बेगमा म भावना पोखी रहेछु ।
 हाइयाक्अल्ला या नुर,मासलाम !!
 राज !!
 दाइ के छ हो आजको हट न्युज ?
 म झसङ्ग भए ।
 सँगै काम गर्ने भाइ रहेछ ।आजको न्युज बबाल छ कुन्जन ।
 के छ दाजु सुनौ न त हामी पनि ।
 नुरले आत्महत्या गरीछे यार ।
 को नुर ? राजकी नुर ?


अँ हो ।
 त्यसले यतीका पछी किन आत्महत्या गरी त ?
 थाहा छैन यार ।
 मैले केही थाहा पाउन सकेको छैन ।
 कारण के हो कसो हो अब पत्रीका पढ्न जानेको भए पो ।
 एक छिन है मेल आएको रहेछ ।
 अफिसीयल होला ।
 मेल नयाँ ठेगाना बाट आएको थियो ।
 मैले अल्मलीदै खोँले ।
 अरबीमा लेखीएको भएर मैले पढ्न जानीन र कुन्जनलाइ भने ।
 यार भाइ कसरी पढ्ने यो मेल अरबीमा छ त ?
 उसले हाँस्दै भन्यो यार दाइ हजुर पनि, नेट बाट ट्रान्सलेट गर्नु न ।
 यो जमानामा पनि यति कुराको के चिन्ता ?
 मैले आज खासै सोच्न सकिरहेको थिइन अनी हो त नी है भन्दै ट्रान्सलेट गरेर पढ्न थाँले ।
 'नमस्ते देवर बाबु
 सञ्चै हुनु हुन्छ ?
 मैले राजको बारेमा आज मात्र थाहा पाँए ।
 मलाइ फोन,नेट सबै तिर बन्देज लगाइएको थियो ।
 आज मात्रै सबै थोक बाट फुकुवा गरीएको हो ।
 मलाइ मेरो साथीले एउटा भिडियो हेर्छस् भनेर दिएको थियो ।
 त्यो भिडियोमा राजलाइ झुन्ड्याएर मारीएको रहेछ । जुन कुरा मैले सहन सकिन ।
 भिडियो हेर्नु लगत्तै राजको पत्र पनि पाँए ।
 उहाँ सँग मैले पनि पत्रमा भेँटे ।
 बिशाल बाबु हजुरहरुले त मलाइ निष्ठुरी भन्ने सोच्नु भएको होला ।
 त्यसैले मैले हजुरलाइ मेरो बारेमा भन्ने यही एउटा मेलको साहारा लिँए ।
 म निष्ठुरी होइन बिशाल बाबु ।
 मैले पहिलो पटक कसैलाइ प्रेम गरेको थिँएत त्यो राज थियो ।
 अनी गर्नेछु त त्यो पनि राजलाइ ।
 सत्यता थाहा नपाउदा सम्म त राज सँग भेट्ने आसा जिँउदो थियो तर सबै थाहा पाए पछी मैले जिउनुको अर्थ देखीन ।
 म मेरो जिन्दगी अब अरुको नाम कसरी गरौ बिशाल बाबु ?
 मेरा आमा बाबा चाहनु हुन्छ म अरु कसै सँगबिबाह गरौ ।
 तर राजलाइ सुम्पियको यो तन मन कसरी म जिउदै मरेर अरुलाइ सुम्पिदै राजको मायालाइ अपहेलना गरौ ?
 त्यसैले मैले आत्महत्या गर्ने निर्णय गरेँ ।
 मैले गल्ती त गरीन नी है बिशाल बाबु ?
 बिशाल बाबु मैले हजुरलाइ नदेखे पनि हजुरको बारेमा राजको ओठ बाट सबै सुनेको छु ।
 त्यसैले हजुरले निर्दोष ठान्नु भयो भने म राजलाइ उ गएको ठाँउमा गएर मेरो मायाको सर्जिम बक्ने हजुरलाइ देखाउन सक्नेछु ।
 मलाइ माफ गर्नुस् ल बिशाल बाबु ।।
 उही हजुरको हुन नसेकी,
 हजुरले फोनमा जिस्काउने,
 हजुरकी भाउजु
 'नुर' !

मौन विरोध



  लघुकथा

प्राकतिक छटाले भरिपूर्ण एउटा स्थानमा असाध्यै रमणीय पोखरी थियो । त्यस सौर्न्दर्ययुक्त पोखरीमा एउटा माछाको परिवार र भ्यागुताको परिवार बस्दथे । त्यस पोखरीको सौर्न्दर्यपान गर्न धेरै टाढाटाढाबाट मान्छेहरू आउँथे । उनीहरू त्यस पोखरीमा आएर त्यहाँका राम्राराम्रा माछाहरू देखेर आनन्दविभोर हुन्थे । अनि माछाहरूलाई चारो किनीकिनी खुवाउँदथे ।
यसरी मानिसहरूले आफूहरूलाई मात्र माया गरेको देखेर माछाका परिवारमा घमण्ड बढ्दै गयो । त्यही पोखरीमा रहेको भ्यागुताका परिवारलाई कसैले वास्ता गर्दैनथे । माछाहरू भ्यागुताहरूलाई हप्कीदप्की गरेर सानसँग बस्न थाले ।
एक दिन बूढी भ्यागुतीको धैर्यको बाँध टुट्यो अनि पोखियो बूढो भ्यागुतामाथि- "हैन चेपाँगाँडाका बाउ, हेर न ती भुराहरू हामीलाई कसरी हेप्छन् † हामी कसरी बांच्ने यिनीहरूको हुकुमी शासनमा । यसरी चूप लागेर बसेर हुन्छ - केही त गर्नुपर्यो नि । "
खुम्चेको विवशता र बाध्यता फुकाउँछ बूढो भ्यागुतो "खै, के गर्ने मानिसहरू उनीहरूलाई मात्र माया गर्छन् । उनीहरू राम्रा छन् । मानिसहरूलाई मनोरञ्ञन दिन सक्छन् । हामी राम्रा छैनौ“ । सधैँ उनीहरूको आँखाबाट ओझलमा पर्र्छौँ । अनि के गर्नु उनीहरूको चारो खाएर बाँच्नुसिवाय अरू उपाय नै छैन । अनि कसरी विद्रोह गर्नु । "
"कसरी गर्नु भनेर हुँदैन, अब केही गर्नु पर्यो । वर्षौँ भयो यिनीहरूको शासन सहेको, हामी नकराउने हो भने पानी पर्दैन । पानी नपरे कसरी पोखरी राम्रो हुन्छ, अनि कसरी बाँच्छन् यी भुराहरू -"माछाप्रतिको रिस द्वेग यसरी उकेलिन् बूढी भ्यागुतीले ।
बूढाबूढी यसरी कराएको सुनेर भ्यागुताका सन्तानहरू सबै भेला भए । सबैले बूढी भ्यागुतीको कुरामा हो मा हो मिलाए । अब ती भ्यागुताहरूले मौन विरोध गर्ने निर्णय गरे ।
वर्षायाम सुरु भयो । भ्यागुताहरू कराएनन् । पानी पनि परेन । विस्तारै त्यो स्थानको सौर्न्दय लोप हुँदै गयो । खडेरीले गर्दा त्यो पोखरी सुख्खा हुँदै गयो र निर्जन बन्दै गयो ।
एक दिन त्यस ठाँउमा त्यस सहरका ठूला हाकिम घुम्न आए । त्यस्तो सुन्दर ठाउँ यति निर्जन र उराठलाग्दो भएको देखेर त्यस ठाँउको सरसफाइ गर्ने आदेश दिए । सरसफाइ गर्ने क्रममा त्यस पोखरीको पानी हटाउने भनियो । पोखरी सफा गर्दा भ्यागुताहरूले डिलतिर गएर ज्यान जोगाए । माछाहरू सबै मारिए । त्यस पोखरीमा फेरि सफा पानी हालियो र राम्रो बनाइयो । भ्यागुताहरूले अबका माछा राम्रा, असल र मिलनसार आऊन् भनी भगवान्सँग प्रर्थाना गर्दै कराउन थाले ।

अकल्पित भोगाइ



   लघुकथा

“साहुनी ........। दुई कप चिया” प्रत्येक दिनको सुर्यादयको पहिलो भुल्काका साथसाथै उसका कानमा प्रतिध्वनित भइरहन्छन्, यी शब्दहरू । यी शब्दहरूसँग उनी निकै अभ्यस्त भइसकेकी छिन् । “साहुनी” भन्नेबित्तिकै कहिले उनी आफै “कति कप चिया ? भन्न पुग्छिन् भने कहिलेकाही साहुनीले बनाएको चिया कति मीठो भनिदिँदा फुरुक्क पर्छिन । तर जति मीठो चिया, दूध र चिनीको मिश्रणबाट बनाइएको छ त्यति नै टर्रो छ उनको जीवन । तीस बर्षको फर्केको यौवनमा भारततिर गएर रिकुटे भएको उनको लोग्नेले विधवाको पद उपहार दिइसेकेको छ उसलाई । जेनतेन पहाडबाट आफ्नो भागको सम्पत्ति बेचेर माइतीको आडमा चियापसल राख्न पुगेकी छिन् – निरमाया । छेउछाउमा कार्यलयहरू भएकाले उनको चिया र नास्ता राम्ररी नै बिक्री हुन्छ । यसै पसलको आम्दानीले दुई छोरीलाई सरकारी स्कुल र काखको छोरालाई बोर्डिङ स्कुल लगाइदिएकी छिन् । उनलाई असाध्यै रहर छ , छोरालाई बोडिङ्ग स्कुलमा पढाउने । त्यसैले उनले आफ्नो बैंसलाई बन्धक राखेर लाउने खाने रहरलाई छोराको भविष्यसँग साटेकी छिन् । उनको जीवनको एउटै लक्ष्य छोरालाई पढाएर ठूलो मान्छे बनाउने छ, तर उनलाई थाहा छैन ठूलो मान्छे कसरी बन्दछ । उनी कार्यालयका हाकिमहरू आएरर चिया खाँदा आफ्नो छोराको प्रतिविम्ब देख्छिन् । यसै चाहनामा उनको बिहान बेलुकामा परिणत हुन्छ र बेलुका बिहानमा ।

छोरीहरू त अर्काका घर गइहाल्छन् । उनीहरूसँग उनलाई केही आशा छैन । भविष्यका लागि कुनै आशा नभए तापनि वर्तमान ती छोरीहरू आम्दानीका प्रमुख स्रोत भएका छन् । ती दुई छोरी नभए उनी एक्लै चियापसल चलाउन सक्दिनन् । दुइटी छोरीलाई गरिने लालनपालनको खर्च उनले एउटै छोरालाई गरिरहेकी छिन । छोरो भनेको छोरो नै हो । छोरालाई जति खर्च गरे पनि भोलि त्यो साँवामा ब्याज थपिएर आउँछ भन्ने उनको धारणा छ ।


उषाको किरणसँगै परेड खेल्दै वयस्क भएको उनको छोराले स्कुले पढाई सकायो । छोराले एसएलसी पास गरेर क्याम्पस पढ्न थालेपछि खुशीका किरणहरू अगेनामा मात्र सीमित नरही मन मन्दिर नै उजिल्याउन पुग्यो । उनले प्राइभेट क्याम्पस पढाउन सकिनन् किनभने छोरीहरू पनि बढेकाले खर्चको भार चोटिलो थिो । ठूलो आशा र विश्वासमा छोरो हुर्काउँदै थिइन् । कहिले छोराको पढाइ सकिन्छ र कार्यालयको हाकिम भएर आउँछ भनेर कल्पनाका ताना बुन्थिन् । कहिलेकाँही दिउँसै सपना देख्थिन् । सपनामा उनको छोरो हाकिम भएर आएको देख्थिन् अनि सबैले उनलाई ‘हाकिमकी आमा’ भनेर नमस्ते गरेको देख्थिन् ।

समय बग्दै गयो । क्याम्पस जाने छोरो एकदिन दुई दिन गरी हराउन थाल्यो । उनले सोधीखोजी गर्दथिन । बढेका छोराले आमाको कुरालाई बेवास्ता गर्नु साधारण कुरो जस्तै थियो । उनी आफ्नो छोरो भलाद्मी छ कुरा बुझ्छ, बाटो बिराउँदैन भन्ने कुरामा आश्वस्त थिइन् ।

एक दिन उनको सपनाको आकाशमा अचानक कालो बादल मडारियो बिजुलीको गर्जन सहित उनको जीवनमा कठोर चट्टान कठोर बज्रन गयो । जीवन स्तब्ध भयो अनि शुन्य भयो । आवाजविहिन भएर क्याम्पस पढ्न गएको छोरो अचानक हरायो । उनले चारैतिर आवाज उठाइन् तर प्रहरी चौकी, मानवअधिकार संघ अन्य संस्था सबै बहिरा भए । इष्टमित्रहरू औपचारिकताको आँगनमा सहनुभूतिका बिस्कुन फिजाएर जान्थे तर उनलाई कुनै सरोकार थिएन । उनी आफैं विस्कुन रापिएझैं रापिएकी थिइन । पिडाको रापले सुकेर काठझैं भएकी थिइन ।

एक दिन दुई दिन गर्देै पर्खाइको धैर्यले सीमा नाघ्यो । पीडा गुम्सेर शून्य कोठामा छरिन थाले । उनको हातको मिठो चिया मात्र अतितमा सिमित रह्यो । उनी जिउँदो लासझैं भइन् । उनको सोचाई विपरीत उनका छोरीहरूले चियापसललाई यथावत राखे । उनी अर्के संसारमा पुगिसेकेकी थिइन । उनको आँखा एकपटक लगाएर दैलोमा बिहान देखि बिछ्याएका हुन्थे । कहिलेकाँही साँच्चै उनको छोरा हाकिम भएर आएको रहेछ भन्ने भान पर्दथ्यो उनको व्यवहारले चिया खान आउनेलाई अनि सबै कोठा गएर हेर्थे तर यो सब उनको कल्पनाको दृश्य यथार्थमा प्रतिबिम्ब भएका नाटक मात्र थिए । धेरैले यथार्थ अवगत गराउन खोजेता पनि उनी सहमत हुन सक्दिन थिइन् । उनको आफ्नै सोचाई थियो आफ्नै समय थियो । त्यसमा कसैले हस्तछेप गर्न सक्दैनथ्यो । उनको जीवन मात्र कल्पनामा दिन रातमा परिणत हुनु र रात दिनमा परिणत हुनुसम्म सीमित रह्यो ।